अब नउठे कहिले उठ्ने ? — छत्र मैनाली

२०७० असार २२ गते, शनिबार

वर्तमान सरकारले संबिधानसभा निर्वाचनको मिति आगामी मंसिर ४ गतेलाई घोषणा गरेको छ । मंसिर ४ मा चुनाव हुन्छ भन्ने निश्चितता गर्ननसकिने बिध्यमान परिश्थिति छँदा छँदै भएको चुनाव घोषणाले तोकेको मिति भित्रै चुनाव होला त – भन्ने संसय पैदा गरेको छ । निबर्तमान सरकारले पनि चुनाव घोषणा गरेर अन्तत असफल भएको घटना ताजा नै छ । वर्तमान सरकारले कस्तो चुनाव गराउन खोज्दै छ त – भन्ने आम नागरिकमा जिज्ञासा उत्पन्न गरेको छ । जे जसरी हुन्छ चुनाव गराउनुलाई नै उपलब्धि ठान्ने हो भने प्रजातन्त्रको ठेकेदार झैं हुँ भन्नेहरूले प्रजातन्त्रको राग अलाप्न छाडे हुन्छ । यस्तो नक्कली खोल भित्र बसेर अलापेको रागले मुलुकको हित गर्नको साटो हानी हुन सक्दछ । १० बर्षम्म भूमिगत जनयुद्ध लडेर आएको एकीकृत माओबादी पार्टी बैचारिक मतभेद बढेर गठन भएको नेकपा -माओबादी पार्टीीगायत अन्य साना ठुला दल यथास्थितिमा हुने निर्वाचनमा भाग नलिने भन्दै औपचारिक रूपमा बहिष्कार गर्न टुंगोमा पुगेको सर्न्र्द्धवलाई कुन रूपमा लिने – सम्बन्धित निकायले गम्भीरता साथ बिषयलाई लिनु पर्ने हो कि – नपर्ने हो – निर्वाचन गराउनु पूव निर्वाचनसँग सम्बन्धित समस्यालाई टुंगो नलगाएसम्म एकांकी हिसाबको निर्ण्रा हुने चुनाव कसरी निष्पक्ष, धाँदली रहित हुन सक्दछ भनेर आम जनताले बिश्वास गर्न – विश्वासका आधार के हुन् – लौ कथंकदाचित जवर्जस्ती निर्वाचन सम्पन्न भएछ रे । निर्वाचन सम्पन्न हुनासाथ संबिधान बन्ने ग्यारेन्टी, मुलुकले स्थायी रूपमा राजनीतिक निकास पाउने ग्यारेन्टी र आधार के छन् – राज्यको ढुकुटीबाट खर्चेर सम्पन्न हुने कुनै योजना बिषयले र्सार्थकता पाउला नपाउला – यसको लिखितरूपमा सुनिश्चितता हुनु पर्दछ तब मात्र बिषयले र्सार्थकता पाउला हैन भने चुनाव गर्न मात्रलाई पौरख ठान्ने हो भने गरिब जनताको रगत पसिनाबाट जम्मा भएको राज्यको ढुकुटी खर्चिन गम्भीर भएर सोच्नु नै बुद्धिमता होला । यसै सर्न्र्द्धवमा नेकपा एमाले पार्टी संबिधानसभा निर्वाचनसंग संगै स्थानीय निकायको चुनाव पनि संग संगै गर्नसके मुलुक ठुलो आर्थिक भारबाट जोगिन्थ्यो भन्ने प्रस्ताबमा एक हदसम्म लजिकता देखिन्छ । हो यस्ता जनपक्षीय फाइदा हुने काममा सबैको एक मत भइ दिए संसारमा असम्भव के नै छ र – तर यहाँ सस्तो लोकप्रियताको निम्ति १२ ठाउँमा चुंडीएर गाँसेको चप्पल फालेर सुनको जुत्ता नै फालेर त्यागी भएको जस्तो अभिनय गर्नेहरूबाट लोकहितका निम्ति सामुहिक त्याग गर्लान भनेर विश्वासमा पर्नु ठुलो भुल हुन जाला । यहाँ को कति पानी माथि र मुनि भन्ने सबैले राम्ररी बुझने भइसकेका छन् । यसै त मुलुक दिन प्रतिदिन परनिर्भतामा उन्मुख बन्दै गएको छ । रोजगार सिर्जना हुन नसक्दा ठुलो मात्रामा युवा शक्ति विदेश पलायन भइरहेका छन् । अलि अलि बचे खुचेका उद्योग कलकारखाना बन्द हुने क्रम बढ्दै छ । राष्ट्रको गौरबको रूपमा रहेका अधिकांश उद्योग, कलकारखाना राजनीतिक हस्तक्षेपले टाट मात्र पल्टेको छैन । हाम्रो गौरब र स्वाभिमानलाई समेत एक साथ टाट पल्र्टाई दिएका छन् । जसको परिणाम धारो लागेर बिदेशी भूमिमा कठिन भन्दा कठिन श्रम गर्न बाध्य हुनु परेको, पछिल्लो समय जनकपुर चुरोट कारखाना लिमिटेड विधिवत रूपमा बन्द गर्न निर्ण्र भएको छ । चुरोट जस्तो नगदे बस्तु उत्पादन र ठुलो मात्रामा राज्यलाई कर बुझाउने उद्योगको यो हविगत गराएर छाड्नेहरूलाई कुनै कर्तव्य बोध भएन नत यिनलाई पश्चाताप नै, लुटको धन फूपुको श्राद्ध भने जस्तै, सरकारी स्वामित्वमा रहेका उद्योग कल कारखानामा चरम राजनीतिक हस्तक्षेप बढेर अन्तत तिनका अस्तित्व नै नामेट बन्दै गएका छन् । बेरोजगार माथि झन् बेरोजगार संख्या बढेको छ । मुलुकलाई के के न बनाई दिन्छौं भनेर कोरा सपना बाँड्नेहरूबाट नेपाली जनताको सालिनता र अस्मिता माथि गम्भीर खेलवाड भएको छ । त्यसतर्फध्यान नपुग्नु हामी सबैको कमजोरीको अर्को पाटो बनेको छ । अब यहाँ आएर पछुताउनुको बिकल्प देखिंदैन । पछुताएर समय खेर फालेर मात्र पनि त समाधान नहुन सक्दछ । तर्सथ अब सबैमा सामुहिक जागरुकता आउन जरुरी छ । समाजमा रहेर बिबिध क्षेत्रमा क्रियाशील सबैले एकीकृत रूपमा जागरुकता देखाउनु पर्यो गलतलाई गल्ति हो भनेर ल्याउनु पर्यो, ठिकलाई ठिक भन्नु पर्यो । आफ्नो स्वाभिमानको रक्षा हेतु अब नउठे कहिले उठ्ने – भर्खरै पोखरामा सम्पन्न नेकपा -माओबादी पार्टी केन्द्रिय समितिको बैठकले चुनाव बिथोल्ने, फौजी संरचना बनाइ जन ब्रि्रोह गर्नु लगायत कार्यदिशा पास गरेको छ । चार दलीय ‘सिन्डिकेट’बाट गरिएको ११ बुँदे सहमति, बाधा अड्काउ फूकाउमार्फ् अन्तरिम संविधानका २५ वटा धारा संशोधन, बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन जस्ताप्रक्रिया अलोकतान्त्रिक, असंवैधानिक र गलत भएको, संयुक्त सरकारको नेतृत्व राजनीतिक पार्टीीटै हुनुपर्ने मागलाई बेवास्ता गर्दै चुनावको तिथिमिति तोक्ने, निर्वाचन आयोगद्वारा निर्वाचन कार्यक्रमका तालिका प्रकाशित गर्न, मतदाता नामावली सङ्कलन गर्ने जस्ता कामअघि बढाइएकामा विरोध जनाउँदै नेकपा-माओबादी पार्टर्ीीई अलग्याएर हुने जुनसुकै काम स्वीकार गर्ननसकिने भनाइ नेकपा-माओबादी पार्टीध्यक्ष कमरेड बैद्यले पोखरा बैठक पश्चात सञ्चारकर्मीलाई बताएका छन् । निर्वाचन बहिष्कारको क्रममा सिङ्गो पार्टीसम्पूण् जनवर्गीय मोर्चा, आम नेपाली जनता र मोर्चामा आबद्ध ३३ दलहरूको संयुक्त बैठकबाट आन्दोलनको कार्यक्रम तय गर्ने जानकारी खुल्लारूपमा गराइएको लगत्तै सरकारको तर्फाट आफ्नो भनाइ र्सार्वजनिक भएको छ । बार्ताबाट समाधान नभए दबाएरै चुनाव सम्पन्न गराइने धम्कीपूण् भनाइ र्सार्वजनिक भएको छ । यतिबेला देश काल परिश्थिति अन्यौलपर्ूण्ा अवस्थामा रहेको र्सवविदितै छ । र्सवप्रथम यो अन्यौलपूण् बातावरणलाई किनारा लगाउने जिम्मेवारी कसको हो – यस्ता अन्यौलपूण् बातावरण कायम रहेको सर्न्र्द्धभमा निर्वाचन बार्ताबाट नभए दबाएरै गर्न भन्नु राज्य शक्तिको दुरूपयोग गर्नु हो । जहाँनिया हुकुमी शैलीमा वार्ताबाट नभए दबाएरै चुनाव सम्पन्न गरिनेछ भन्ने उत्तेजक अभिव्यक्ति आउनु प्रजातन्त्रको मर्म र भावना बिपरित समेत हो । जो कोहि नागरिकलाई संबिधान प्रदत्त अधिकार उपभोग गर्न अधिकार सुरक्षित छ । चित्त नबुझेका बिषयमा असहमत जाहेर गर्दै छलफलको बिषय बन्नु नै प्रजातन्त्रको उदगम विशेषता हो । तर बिडम्बना छ हाम्रो जस्तो गरिबी र पछौटेपनमा परेको मुलुकमा प्रजातन्त्रको मुल्य र मान्यताको कुरा गर्न हास्यास्पद हुन जाला, । यहाँ जसले जे बोले पनि उत्तरदायी बन्न नपर्ने कुसंस्कार स्थापित छ । जसको कारण जिम्मेवारतहका व्यक्तिमा समेत बोलीको ठेगान हराउदै गएको छ । बिहान बोलेको कुरा मध्यान्हसम्ममा बदलि सकेको हुन्छ भने मध्यान्हमा बोलेको साँझ नपर्दै बदलि सकेको हुन्छ । छेपारोको रंग बदलिन समय लाग्ला तर हाम्रा जिम्मेवारहरूको बोलि फेरिन कुनै समय नलाग्ने गरेको छ । ताक परे तिवारी नत्र गोतामे भने जस्तै भएको छ । जताततै अविश्वासका खाडल बढ्दै गएको छ । अहिले मुलुकलाई सहि दिशामा ल्याउनको निम्ति सफल नेतृत्व कर्ताको जरुरी छ । जसले नेपाली राजनीतिको मीयों बनेर सबैलाई एकै लाइनमा कुदाउन सकोस जतिपनि असरल्ल थुप्रेका बिस्कुनलाई सहजै तह लगाउन सकोस । व्यक्तिगत, दलगत स्वार्थलाई तिलान्जली दिएर सामुहिक स्वार्थलाई आत्मसात गर्नसक्ने आर्थिक क्रान्तिको पथमा लम्केर आमुल परिवर्तनको दिशामा लान सक्ने, राष्ट्रिय एकता कायम गरेर राष्ट्रियता मजबुत बनाउन सक्ने कुशल, नैतिकवान, त्यागी, विद्वान पात्र मुलुकले खोजि रहेको छ ।

प्रतिक्रियाहरु