आँखामा पट्टी बाँधेर मुर्ति बनाउदै

२०७० असार १६ गते, आईतवार

काठमाडौं, असार १६ – चौध वर्षको उमेरदेखि मुर्ति बनाउन सुरु गरेका मेघराज (अशेष) तिमिल्सिना आफ्नो प्रतिभा प्रदर्शन गर्दै विश्व रेकर्ड राख्ने दौडमा हिँडेका छन् ।इटहरी ८ सुनसरी घर भएका तिमिल्सिनाले पत्रकार सम्मेलन गरेर हालसम्म पाँच सयभन्दा बढी मुर्ति बनाई सकेको जानकारी दिँदै उनले आफूले आँखामा पट्टी बाँधेर मुर्ति बनाउन थालेको र अब विश्व रेकर्ड राख्ने तयारीमा रहेको बताए ।
पत्रकार सम्मेलनमा तिमल्सिनाले भने ‘हात खुट्टा नभएकाहरुले आत्माले मुर्ति बनाएको कल्पना गर्दै मैंले पनि आँखामा पट्टी बाँधेर मुर्ति बनाएको हुँ ।’
उनले गौतम बुद्ध नेपालमा जन्मेको प्रमाणित गर्न पनि आँखामा पट्टी बाँधेर मुर्ति बनाएको भन्दै राष्ट्रको नाम राख्ने अभियानलाई नेपाल सरकारले सहयोग गर्ने अपेक्षा राखे ।माटो, ढुङगा, मैन, ढलौट, सिमेण्ट, सङ्गमरमर, फोहर मैलालगायत झिल्ली बोराहरुबाट पनि मुर्ति बनाई सकेका तिमिल्सिनाले राष्ट्रको नाम राख्नका लागि विश्व कीर्तिमानको तयारीमा लागेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले हालसम्म भगवान शिव, गौतम बुद्ध, गोविन्द मल्ल गोठाले, ओशोलगायत विभिन्न शीर्ष व्यक्तित्वहरुको मुर्ति बनाईसकेको बताएका छन् । आँखामा पट्टी बाँधेर र खुट्टाले समेत मुर्ति बनाउन सक्ने तिमिल्सिनाले नेपाल लगायत भारतमा पनि आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन् ।

प्रतिक्रियाहरु