असफल नेता कि राज्य ? – छत्र मैनाली

२०७० असार १५ गते, शनिबार

मुलुकको वर्तमान अवस्थाबारे समाजमा रहेर विभिन्न क्षेत्रमा क्रियाशील बुद्धिजीवी, शिक्षाविद, धर्मगुरु, राजनीतिककर्मी, संचार जगत्, र्सवसाधारणलगायत सम्पूण् राष्ट्रवादी, देशभक्तहरू मुलुकको गिर्दो अवस्थाबारे चिन्ता र चासो प्रकट गरिरहेकै बेला भर्खरै एक अन्तर्रााट्रय संस्थाले नेपाल असफलताको नजिक पुगेको तथ्यांक र्सार्वजनिक गरेको छ । अमेरिकास्थित फरेन पोलिसी नामक संस्थाको अगुवाइमा फन्ड फर पिस नामक संस्थाको सहकार्यमा सन् २०१३ को तथ्यांक र्सार्वजनिक भएको छ । विफल राष्ट्रको सूचकांकमा संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त र्सार्वभौम मुलुकलाई मात्र समाबेश गरिएको दावी आयोजक संस्थाको छ । फेल्ड स्टेट -असफल राज्य) शर्ीष्ाकमा तयार पारिएको र्सार्वजनिक तथ्यांकमा दक्षिण एसियाली मुलुक श्रीलंका, बंगलादेशलगायतका मुलुक समाबेश छन् । सन् २०१० को तथ्यांकमा २६ औँ नम्बरमा रहेको नेपाल सन् २०११ र २०१२ मा क्रमशः २७-२७ नम्बरमा रहेको तथ्यांक छ भने सन् २०१३ को परिणाममा ३० औँ स्थान ओगटेर असफल राष्ट्रहरूको र्सर्भेक्षण पंक्तिमा उभिएको छ । असफल राष्ट्रको र्सर्भेक्षण मापन सम्बन्धित मुलुकले हासिल गरेको जनसांख्यिक दबाब, मानवअधिकार, शान्ति सुरक्षा, अर्थतन्त्र गिरावट, बाहृय हस्तक्षेप, असमान विकास, सुरक्षा उपकरण, लोकसेवालगायतका १२ बुँदे भिन्न शीष्ाकलाई आधार बनाएर तयार पारिएको छ । यसरी विविध विषयमा विश्वव्यापी र्सर्भेक्षण गर्ने संस्थाहरू अरु पनि छन् । ती संस्थाको सूचिमा समेत नेपाल धेरै पछि पर्दै आएको छ । जुन विषयमा नेपालले फड्को मारेर देखाउनु पर्ने हो । त्यो मार्न सकेको छैन । राजनीतिमा नयाँ-नयाँ छलाङ मारेको भन्ने हामीले सुन्दै आएका छौँ । नयाँ-नयाँ छलाङ मारेर नै मुलुकलाई असफलताको संघारमा पुर्याएको र्छलङ्ग भएको छ । अझै कति छलाङ मार्न बाँकी छ । भविष्यमा पुनः देख्न र सुन्न पाइएला । यसैगरी एक्सपातुलातोर नामक वेब अनलाइनले विश्वका १० सस्तो सहरहरूको सुचिमा काठमाडौँलाई समाबेश गरेको छ । उक्त वेब साइटमा उल्लेख भएअनुरूप काठमाडौँ ८ नम्बरमा सुचिकृत छ । नेपालको बारे छोटकरीमा भनिएको छ, नेपाल एक सानो मुलुक हो तर विश्वको अग्लो चुचुरो सगरमाथा अवस्थित मुलुक हो । काठमाडौँ सामुद्री सतहबाट निकै उचाइमा रहेको उल्लेख गर्दै काठमाडौँको जनसंख्या ९ लाख ९० हजार उल्लेख छ । कुल जनसंख्याको एक चौथाइ गरिबीको रेखामुनि रहेको साथै सन् २००८ देखि ४६ प्रतिशत बेरोजगार कायम रहेको जनाउँदै जनजीवन चरम कठिनाइको संज्ञा दिएर काठमाडौँलाई विश्वका १० सस्तो सहरमध्येको सहरमा सुचिकृत गरेको छ । छिमेकी मुलुक भुटानको राजधानी थिम्पु पनि उक्त वेबसाइटको एक नम्बरमा समावेश छ । थिम्पुको बारेमा हिमालय पर्वतको भ्रमण गर्न सकिने, बौधधर्ममा भिज्दै, एक स्वच्छ जीवन जिउनलायक भनेर प्रशंसा गरेको छ किनकि चुरोट, बिँडी अबैध, मदिरा अत्यन्तै महँगो भएको कारण भुटानको प्रशंसा गर्दै धेरै कम मूल्यको शहरमा समाबेश गरेको छ । दक्षिण एसियाली मुलुकमध्ये छिमेकी मुलुक भारतको कलकत्ता र हैदराबाद क्रमशः ७ र १० नम्बरमा समाबेश छ । इन्डियालाई ल्याण्ड अफ भेराइटी भनेर सुरु गर्दै ४०० भन्दा बढी भाषाहरू ५०० जातका आँप पाइने भनेर कलकताको बारेमा भनेको छ । यद्यपि महत्वपूण् प्रतिशत बेहद गरिबीमा जीवनयापन गरे पनि, ग्रोसरी मूल्य एकदमै सस्तो रहेको उल्लेख छ । यसैगरी भारतकै अर्को सहर हैदराबादको बारेमा भनेको छ- हैदराबाद मोतिरूपी सहर साथै गन्दीबस्तीको दर्जा दिएको छ । इन्डियाको जनगणना अनुसार हैदराबाद सहरमा २३ प्रतिशत नागरिक मलिन बस्ती -गन्दी बस्ति) मा बस्छन् भन्दै एभरेज सहरको संज्ञा दिएर सस्तो सहरको सूचिमा सुचिकृत गरेको छ । यसैगरी पाकिस्तानको इस्लामावाद ९ नम्बरमा समावेश छ । इस्लामावाद सहरलाई केही बर्षबस्नको लागि अद्भूत सहर नहोला भन्न सकिन्न तर यतिबेला भन्न सकिन्न किनकि काश्मिर क्षेत्र विवादको घेरामा रहेको साथै धेरै मिलिटरीकरण भएकोतर्फचिन्ता प्रकट गरेको छ । साथै २९ लाख अफगान शरणार्थी पाकिस्तानमा बसोबास गरेको उल्लेख गर्दै इस्लामावादलाई सस्तो शहरमा सुचिकृत गरेको छ । र्सवप्रथम बिदेशी संस्थाले औँल्याएको तथ्यांकप्रति हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ किन मुलुक असफलताको पदचापमा लम्किरहेको छ – मुलुक बनाउँछौँ भनेर गुड्डी हाँक्नेहरू कुन दुलोमा छन् – बौद्धिक जगत, नागरिक समाज, असल राजनीतिकर्मी, पेशाकर्मी, डाक्टर, वकिल, प्राध्यापक, राष्ट्रप्रेमी सम्पर्ूण्ा नेपाली एक हुने समय आएको छ, हिन्दु प्रजातान्त्रिक पार्टीीे २७ जुन २०१३ अनलाइन संस्करणमा प्रकाशित लेख साभार -‘भारतीय गुप्तचर संस्था ‘रअ’को सबैभन्दा नजिकको वर्तमान अवस्थामा भनेको मान्ने व्यक्ति एक नम्वरमा पुष्पकमल दाहाल र दुइ नम्वरमा बाबुराम भट्टर्राई रहेका छन् । ‘रअ’ को एक नम्वर दर्ुइ नम्वर परिवर्तन भइरहन्छ । सबभन्दा सजिलो र जे भने पनि ‘एस सर, जी’साव’ अहिले बाबुरामलाई पछि पार्दै पुष्पकमल दहाल भएका छन् । प्रचण्ड निकटस्थ नेपाल भारत मामिलाबारे जानकार एकजना भुषाल थरका व्यक्ति भन्छन्- ‘अहिले प्रचण्ड बाबुरामलाई तर्राईका जुनसुकै ठाउँबाट उम्मेदवार भए पनि २० औँ करोड एकजनालाई खर्च गर्न परे पनि गरेर संविधानसभाको निर्वाचनमा भारतले जिताउँछ । उनीहरूलाई ठूलो पदमा पुर्याउँछ अनि देशका सबै खोलानाला अर्थात् नेपालको जलस्रोत सबै भारतले आफ्नो पोल्टामा हाल्छ । त्यसपछि एकपछि अर्को काम गराउँछ । जुन दिन भनेको मान्दैनन् त्यसदिन उनीहरूकै पछि हिँड्ने व्यक्ति लगाएर ‘गुहु’को टिन बोकाएर भारतले घुमाउने योजना रहेको छ ।’ वास्तवमा भुषालले भनेको कुरामा सत्यता देखिन्छ । पुष्पकमल दाहाल र बाबुराम भट्टर्राईले भारतको दलाली गरेको देखेर भुषालको कुरा सुन्नेहरू भन्छन्- पक्कै हो । भारतको पनि नजिकको, प्रचण्डको पनि नजिक रहेका भुषाल भन्छन्- ‘उनीहरूले प्रयोगमा आइन्जेल पुष्पकमल बाबुरामलाई प्रयोग गर्छन् प्रयोगमा आउन छोडेपछि ‘गुहु’को टिन बोकएर घुमाउँछन् । गिरिजाप्रसाद कोइरालालाई पनि त्यसरी नै प्रयोग गरे । अन्त्यमा उपसचिव पनि भेट्न जान छोड्यो । गिरिजाप्रसाद अरु एक वर्षमात्र बाँचेको भए त्यसरी नै टिनमा ‘गुहु’ बोकाउने थियो, भारतले ।’

प्रतिक्रियाहरु