‘र’ को ग्राइनडिजाइनमा संविधानसभा चुनाव – हस्तबहादुर केसी

२०७० असार ८ गते, शनिबार

भारतीय गुप्तचर संस्था ‘र’ को ग्राइनडिजाइनमा नेपालमा दोश्रो संविधान सभा निर्वाचनको मिति घोषणा गरिएको छ । यस चुनावको घोषणा र मितिको घोषणा नेपालका ठूला भनिएका राजनीतिक दलहरु एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाको निर्ण्र भएको होइन, यसमा कोही पनि भ्रममा पर्नुहुँदैन । यी चार राजनीतिक दलहरुसीत नेपालमा संविधानसभाको चुनावको समग्र योजना बनाउने र चुनाव सम्पन्न गर्ने हैसीयत छैन । किनकि यी दलहरु त साम्राज्यवादीहरु र विस्तारवादीहरुका लाचार छायाँ मात्र हुन् । नेपालका यी चार संसदवादी दलहरु त विशेष गरि भारतीय विस्तारवादका खेताला तथा वफादार नोकर र चोकर मात्र हुन् । उनीहरु भारतीय विस्तारवादका अरौटे भरौटे भएकाले भारतीय विस्तारवादकै खानपानमा नेपालमा काम गर्दै आइरहेका छन् । त्यसो भएर नै २०६९ जेठ १४ गते राती एमाओवादी तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले एक्कासी संविधान सभाको अवसान गराउँदा खेरी काँग्रेस, एमाले, मधेशी मोर्चा लगायत भारतीय विस्तारवादको चारो खाँदै आएका संसदवादी दलहरुले त्यसको मौन र्समर्थन गरेका थिए र कतै पनि एक शब्द संविधान सभाको विघटनको विरोधका स्वर उच्चारण गरेका थिएनन् । नेपालमा संघीयता, धर्मनिरपेक्षता, समानुपातिक निर्माण प्रणाली सहितको दश वर्षो जनयुद्ध, १९ दिने ऐतिहासिक जन आन्दोलन, मधेश आन्दोलनको परिणाम स्वरुप नेपाली जनताको भावना, चाहना बमोजिम साम्राज्यवाद तथा विस्तारवाद विरोधी सारतत्व बोकेका जनताको संघीय गणतन्त्रात्मक संविधान बन्ने वातावरण सुनिश्चित बनिसकेपछि भारतीय विस्तारवादकै निर्देशन र योजनामा संविधान सभाको अवसान गराइएको थियो र दोश्रो संविानको निर्वाचनको लागि एमाओवादीद्वारा प्रचारात्मक ढ्वाङ फुक्न लगाइएको थियो ।
खिलराज रेग्मीको नेतृत्वमा कठपुतली सरकार निर्माणका लागि यी चार दललाई सहमतिमा पनि भारतीय विस्तारवादले नै ल्याइदिएकोमा कुनै विवाद छैन । अहिले मंसीर ४ गतेका लागि चुनावको मिति घोषणा पनि सिंहदरबारबा भएको होइन, यो त दिल्ली दरबारबाट गरिएको हो । चुनावको मिति घोषणा हुनु पूव एमाओवादी अध्यक्ष प्रचण्डलाई भारतीय विस्तारवादले भारतमा बोलाएर सबै कुरामा सहमत गराएर पठाएको थियो भने दोश्रो चरणमा नेपाली काँग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवालाई भारतीय विस्तारवादले उच्चसम्मानका साथ भारतद्वारा भ्रमणमा बोलायइेा र उनी दिल्लमिै रहेकै अवस्थामा नेपालको कठपुतली सरकारले मंसीर ४ गतेका लागि दोश्रो संविधान सभाको चुनावको मिति घोषणा गरेको दिनको घाम जत्तिकै र्छलङ्गै छ । दोश्रो संविधान सभाको चुनावमा रहेका एमाओवादी र नेकाका नेताहरुलाई भारतीय विस्तारवाद दिल्ली दरबारमा बोलाएर यता नेपालमा रहेका एमाले, मधेशी मोर्चा लगायतका चुनाव पक्षधर संसदवादी दलहरुलाई समेत सहमतिमा ल्याएर दिल्ली दरबारै मंसीर ४ गतेका लागि घोषणा गरिएको साँचो हो ।
नेपाली क्रान्तिको नेतृत्व गरिएको र राष्यि स्वाधनता, जनवाद, जनजीविका र जनतन्त्रको पक्षमा सशक्त रुपमा आन्दोलन गरिरहेको र साम्राज्यवाद र विस्तारवादको निर्देशन र ग्राइन्डिजाइनमा हुन लागेको कथित दोश्रो संविधान सभा निर्वाचनको नेकपा माओवादीले चर्को विरोध गर्दै यस निर्वाचनका सम्पूण् प्रक्रियाहरु खारेज गरेर नयाँ आधारमा राष्यि सहमति कायम गरि दलीय सरकारको नेतृत्व मात्र संविधान सभाको चुनाव सम्भव हुने आवाज उठाउँदै आएकोमा त्यसमा ३३ दलीय मोर्चाबन्दि गरेर सशक्त आन्दोलनबाट जनर्समर्थन बटुल्दै गएको र मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी यस मोर्चामा सामेल भएपछि अत्तालिएको भारतीय विस्तारवादले हतारहतारमा आफ्ना नेपाल स्थित दलालहरु मार्फ चुनावको मिति घोषणा गर्न लगाएको कुरा अब देश युनीयनका सामु प्रष्ट हुन आएको छ । यस परिघटनाले नेपालको राष्यि स्वाधिनता र जनताको र्सार्वभौम अधिकारमाथि साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको नाङ्गो हस्तक्षेप उजागर हुन पुगेको छ ।
यसै सिलसिलामा ‘र’ भनेको केहो – भन्ने कुरा पनि बुझ्नु पर्ने हुन्छ । ‘र’ ९च्भकभबचअज बलम ब्लबथिकष्क ध्ष्लन च्बध० यो भारतको गुप्तचर संस्थाका रुपमा स्थापित भएको संस्था हो । इतिहासको अध्ययनबाट के प्ाप्त भएको छ भने चीनसँगको सिमा युद्ध सन् १९६२ र पाकिस्तानसँगको युद्ध सन् १९६५ मा मंसीर झड्का खानु परेपछि तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले यो खुपिया संस्थाको स्थापना गरेकी थिइन । यसको मुख्य काम भारतको अन्य देशसँगको सम्बन्धको विश्लेषण गर्ने, नीति, निर्माणमा सहयोग गर्ने प्रमुख उद्देश्य रहेको र यो प्रत्यक्ष प्रधानमन्त्री अर्न्तर्गत संस्थाको रुपमा रहँदै आएको छ । यो संस्था सैन्यविद्, प्राध्यापक तथा अन्य जासुसी क्षेत्रका कार्य गरिसकेका व्यक्तिहरु समावेश गरिएको अत्यन्त प्रभावशारी निकायका रुपमा विकसित गरिएको छ । र यसले विदेशी नीति मात्र नभई राजनीतिमा समेत हस्तक्षेप गर्ने समेत कार्य गर्दै आएकोले दक्षिण एशीया क्षेत्रमा यो ज्यादै बदनाम कमाएको अपराधिक संस्थाको रुपमा चिनिन्छ । साउथ ब्लकको सर्म्पर्क रहेर कार्य गर्ने यो निकायको सञ्जाल नेपाल एशीया लगायत दक्षिण एशियाका मुलुकहरुमा रहेको छ । अत्यन्तै विवादास्पद यो निकायलाई बदनाम संस्थाको रुपमा समेत हेरिन्छ । यसले बंगलादेशलाई विशाल भारतबाट छुट्याउने काम गरेको थियो र सिक्किमलाई भारतले कब्जा गर्ने काम यसैको योजना अनुसार सम्पन्न भएको थियो । यस संस्थाले नेपाललाई सिक्किम जस्तै गरि भारतमा विलप गराउने योजना अनुरुप कार्य गरिरहेको रुपमा पनि हेरिँदै आएको छ । यस कार्य सफल तुल्याउने उद्देश्यले नै नेपालका दलालहरुलाई अह्राएर तराइमा भारतीय नागरिकहरुलाई लाखौंको संख्यामा नागरिकता वितरण गर्ने सफल भइरहेका छन् । अतः ‘र’ नेपालको राष्यितालाई कमजोर पार्ने, जनताको र्सार्वभौमिकतालाई कमजोर पार्ने उद्देश्यले आफ्ना दलालहरु निर्माण गरेर शासन चलाउँदै आएको छ । काँग्रेस, एमाले त उसका पुरानै दलाल छन् । पहिलो संविधान सभा निर्वाचन पछि एमाओवादीलाई आफ्नो नयाँ दलाल बनाउन सफल भएको यस बदनाम संघसंस्था नेपाललाई सिक्कमीकरण गर्ने मामिलामा ढुक्क लागि परेको छ र बलिया लेन्दुप दोर्जेहरु निर्माण गरिरहेका उसले महसुस गरिरहेको छ ।
अतः सारमा हामीले के कुरामा हेक्का राख्न जरुरी छ भने यहाँका दलालहरु मार्फ भारतीय विस्तारवादले नेपाल विरोधीः नेपालको राष्यिता, स्वाधिनता र जनताको र्सार्वभिकताको विरुद्ध कार्य गरिरहेको छ नेपाली क्रान्तिलाई पर्ूण्ा रुपले समाप्त पार्ने माष्टर प्लानका साथ लागिरहेको छ यसको पछिल्लो प्रमाण नवसंशोधनवादमा पतन हुन पुगेको एमाओवादीलाई आफ्नो सबैभन्दा बलियो दलालको पाउन सक्नु रहेको छ । त्यसो भएर ‘र’ मार्फ घोषणा गरिएको संविधान सभाको चुनावलाई ध्वस्त पार्नु बाहेक नेकपा -माओवादी लगायत नेपाली क्रान्तिकारी र राष्यिता पक्षधर शक्ति र आम स्वाभिमान तथा मुक्तिकामी जनताको सामु अर्को विकल्प छैन । अब नेपाली क्रान्तिको नेतृत्व गरिरहेको र जनवाद, जनजीविका, जनतन्त्र र राष्यि स्वाधिनतालाई मूल मुद्दा बनाएर अगाडि बढिरहेको नेकपा- माओवादीले साम्राज्यवादी, विस्तारवादीहरुको निर्देशन र योजना बमोजिम घोषणा गरिएको नयाँकथित दोश्रो संविधानसभाको चुनावलाई ध्वसं पार्नुको विकल्प छैन । र पार्टी नेपाली क्रान्तिका लागि चार तयारीको अन्तिम तयारीमा लाग्नुको विकल्प छैन र नेकपा – माओवादी यो ढंगले अगाडि बढ्ने हो साम्राज्यवादी र विस्तारवादीहरुका एउटा पनि नेपाली दलाल चुनावी प्रचार अभियानले खुट्टो हाल्न सक्ने स्थिति रहने छैन । नेपाली जनताले ती दलालका हातखुट्टाको के हालत बनाउने हुन् त्यो पछि हेर्ने कुरा हो । यो कुरा यी दलालहरुले बेलैमा बुझ्न जरुरी हुन्छ । स्थिति सहज हुने वाला छैन ।

प्रतिक्रियाहरु