खस्कँदो शैक्षिक गुणस्तर – छत्र मैनाली

२०७० असार ८ गते, शनिबार

बिक्रम सम्बत २०४६ साल चैत्र २६ गते निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएर मुलुकमा प्रजातन्त्र घोषणा हुँदाको बखत पंक्तिकार भर्खरै निम्न माध्यमिक बिद्यालय स्तरको शिक्षा हासिल गर्दै गरेको अवस्था थियो । मेरो पुस्ताको लागि पहिलो पटक मुलुकमा ठुलो राजनीतिक परिवर्तन भएको थियो शहरदेखि गाउँघरका कुनाकन्दरासम्म परिवर्तनको असरले छोएको थियो । सबैमा एक प्रकारको उमङ्ग, उत्साह छाएको थियो । विकासले गति लिएर मुलुक समृद्धशालीपथमा लम्किन्छ भन्नेमा आमजनताले अड्कल काटेका थिए । परिवर्तनको माहोल सँगसँगै दलहरू देशको कुनाकन्दरामा पुगेर आ-आफ्नो संगठन खडा गर्न तल्लिन थिए । यसै सिलसिलामा देशभरका सामुदायिक स्कुलहरूमा समेत विद्यार्थी संगठन निर्माण कार्य तीव्र गतिमा भइरहेको थियो । परिवर्तनको सुरुवाती अवस्थामा धेरैले उत्साहका साथ राजनीतिक दललाई भरमग्दुर सहयोग गरेका थिए । बेलाबेलामा भिन्नभिन्न पार्टर्ीी प्रतिनिधिहरू राजनीतिक प्रशिक्षण दिन गाउँघर, स्कुलतिर दौडिरहन्थे । केही अघिसम्म राजनीतिको ‘र’ पनि नजान्नेहरू एकाएक राजनीतिक ‘वाद’मा परिवर्तन भएर क्षणभरमै विभाजन भएको दृश्य अनौठो लाग्ने गर्दथ्यो । आफूसँगै पढेको साथी क्षणभरमै कित्ता परिवर्तन भएको देख्दा अहिले लाग्दछ हाम्रो मानव जीवन सधैँ स्वार्थकै निम्ति जन्म भएको रहेछ । फलानो यो पार्टी, त्यो ऊ संगठनको भन्दै एकआपसमा शक्ति संर्घषको खेल चलिरहन्थ्यो । तिनका र्समर्थकहरू पार्टी झण्डा बोक्दै जिन्दावाद र मर्ूदावादको नारा लगाउँदै को भन्दा को कमको शैलीमा प्रस्तुत हुन्थे । विद्यार्थी संगठनको नेतृत्व गर्नेहरू आ-आफ्नो संगठन बलियो बनाउन र्समर्थकहरूको खोजीमा तल्लिन हुन्थे भने राजनीतिक दलका नेतृत्वबाट जस्तोसुकै निर्देशनलाई शिरोधार गर्न तिनको परम धर्मनै थियो । आज स्कुल बन्द भन्ने र्सर्कुल आउनासाथ हतार-हतार स्कुलमा तालाबन्दी गरेर आदेशको पालना गदैे स्कुल बन्द, स्कुलमा तालाबन्दी, नेपाल बन्द, जिल्ला बन्द, अञ्चल बन्द आदिको सूत्रपात २०४६ सालकै उपहार जस्तो भएर आजसम्म जीवन्त छ । हुँदाहुँदा विद्यालय व्यवस्थापनमा समेत तिनकै हैकम स्थापित हुँदै गयो । हाम्रो पालामा गुरुजनको धेरै सम्मान र गुरुको स्थान अत्यन्तै उच्च रूपमा रहने गर्दथ्यो । गुरूप्रतिको श्रद्धा, आदरभाव बयान गरेर साध्य थिएन । गुरुले पनि आफ्नो आचरणमा रहेर कर्तव्य पालना गरेका हुन्थे । टाढाटाढाबाट आएर सेवा प्रदान गरेका हुन्थे । अहिलेको जस्तो खेताला राख्ने, हाजिरी छलेर तलब बुझने बिकृति त्यतिबेला थिएन । कक्षा नियमित संचालन भइरहन्थ्यो । पूरै विषय पढाइ हुने गर्दथ्यो । कारणबश विषय शिक्षकको अनुपस्थितिमा बैकल्पिक व्यवस्था हुने गर्दथ्यो भने विद्यार्थी बर्ग पनि त्यतिकै अनुशासित र मेहनति थिए । त्यसबेला जनउत्तरदायी शिक्षा व्यवस्था थियो । त्यस बखतको समय आधुनिक युगको भए तापनि प्रविधिको कारण धेरै कुरामा पछाडि परेको अवस्था थियो । भौतिक पूवाधार खासै केही थिएन । उकाली-ओराली, परम्परागत खेतीपाती आदि दैनिक जीवनचर्या थियो । खानपान, रहनसहनमा मौलिकपन नै कायम थियो । त्यसबेलाको अलिक आधुनिक विकास भनेको ग्रामीण क्षेत्रमा पानीघट्टको विकास भएको थियो । उपयुक्त पानीको स्रोत भएका स्थानमा १२ मास अन्नपात पिसानी हुने गर्दथ्यो भने प्रायः सबैको घरघरमा काठको ढिकी राख्ने चलन नै थियो । धानलाइ चामल बनाउनको निम्ति ढिकीको प्रयोग अत्यन्त उपयोगी साधन थियो । साथै चाडवाडमा आवश्यक पर्ने चिउरासमेत ढिकी मै तयार गरिन्थ्यो । अध्ययन गर्ने विद्यालय टाढा पर्ने, टाढाटाढा लेखबाट आउने विद्यार्थीहरूले घरमा भुटेको मकै, भटमास, कोदो, गहुँको पिठोको रोटी रुमालमा पोको पारेर खाजाको लागि साथमा लिएर आउने गर्दे । कतिपयले बीच बाटोमा पहाडको भित्री ओडारमा सुरक्षित तवरले लुकाएर राख्ने गर्दे । जब स्कुल छुट्टी भएर घर फर्किन्थे तब बिहान लुकाएर राखेको मकै भटमास, रोटीको पोको खोलेर एकआपसमा बाँडीचुँडी खाने गर्दे । त्यसबेलाको आत्मियता, भाइचारा सम्बन्ध वर्तमानमा नमुना नै थियोभन्दा हुन्छ । अध्ययन गर्ने विद्यालयको नजिकमा केही दोकानहरू खुलेका थिए । दुइवटा कपडाको साथै किराना मालसामान बिक्री गर्ने दोकान थियो भने अन्य दर्ुइवटा सामान्य खानपिनका दोकान थिए । त्यसबेला एक रुपियाँमा स्पेसल लोकल भैसीको खाँटी दूधबाट बनेको चिया पाइन्थ्यो । १ रूपैयाँमा १ चौथाइ चिउरा आउँथ्यो । एक कप चियामा १ चौथाइ चिउरा मिलाएर खाँदा सामान्य खाजा हुने गर्दथ्यो । त्यसबेला चियाको खासै चलन भने थिएन । तैपनि मानिसहरू फाट्टफुट्ट चिया पिउन दोकान झरेको देखिन्थ्यो । दोकानमा चियाको अलावा चिसो चिया अर्थात् स्थानीयस्तरमा उत्पादित मदिरा खुलेआम बिक्री हुन्थ्यो । हामी उमेरले सानै भए पनि नयाँ-नयाँ बिषयको चाख लागि रहन्थ्यो । दोकानमा गएर चिया पिउनु अहिले जस्तो सामान्य थिएन । त्यसबेलाको क्षण भिन्न थियो । जसको लागि रूपैयाँको जोहो गर्न कि त अभिभावकको खल्ती छलछाम गर्नर्ुपर्दथ्यो कि त नगदे बस्तुको लुकिछिपी ओसार-पसार गरेर नजिकको दोकानमा लगेर बिक्री गर्नर्ुपर्दथ्यो । अन्य बिकल्प थिएन । मेरै कक्षामा सँगै पढ्ने कतिपयले तोरी, सर्स्र्युं, केराउ, भटमास, कुखुराको अण्डा आदि अभिभावको आँखा छलेर नजिकको दोकानमा लगेर बिक्री गर्दथे । बिक्रीबाट प्राप्त रकमले त्यतिबेला ५ रूपैयाँमा वाईवाई चाउचाउ पकाएर तयारी गरेको पाइन्थ्यो । अण्डा मिसाएर बनेको ६ रूपैयाँ पर्दथ्यो । कतिपयले त्यही चाउचाउको भोज लगाउँथे । कतिपयले चिया चिउरा बाँडेर पैसा सक्थे किनकि पैसा साथमा भो भने अभिभावकले सोधपुछ गर्नु साथै गालामा झयाम्टा बज्ने हुनाले पहिले नै र्सतर्क हुने गर्दथे । मन मिल्ने साथीभाइ जम्मा गरेर इच्छापूर्ति गर्ने गरिन्थ्यो, जहाँ इच्छा त्यहाँ उपाय भने जस्तो दोकानदारले सोधखोज गरेमा केही बहानाबाजी गरेर आमाले दिएको अथवा आफ्नो पेवा भएको आदि ढाँट गरेर अभिभावकको कानमा कुरो पुग्नुबाट जोगिन्थे । दोकान दारले पनि सस्तो मस्तो मिलाएर ल्याएको जिन्सी खरिद गरिदिन्थे । समयको कालखण्ड सँगसँगै हरेक स्कुलमा गुरुको महिमा अधोगतितिर लाग्न थाल्यो भने शैक्षिक गुणस्तरमा निरन्तर ह्रास आइरहेको छ । स्कुल जीवनको सबैभन्दा महत्वपूण समय भनेको एसएलसी परीक्षा पार गर्नु हो । उक्त द्वार पार गर्न नसकेमा जीवनको महत्वपूण् लगानी खेर गएको अनुभूति हुने गर्दछ । तर, सामुदायिक स्कुल राजनीतिक संगठनको कारण अपेक्षित परिणाम पाउनबाट बन्चित हुँदै आएको छ । यसपालिको निजी र सामुदायिक स्कुलको एसएलसी परिणाम उदाहरणको लागि काफी छ । एसएलसी परीक्षा पार गर्न नसक्नेहरू अकालमा मृत्युवरण गर्नसम्म पुगेका छन् । असफल हुनेहरूमा आत्माविश्वासको कमीले हिनताबोध उत्पन्न हुने गर्दछ । त्यही कारण मृत्यु बन्ने गरेको छ । तर, तिनको बिषयमा एक शब्द बोलिदिने समाजमा कोही हुँदैनन् । सडकमा कुखुरो मर्यो भने सडक जाम गरेर क्षतिपूर्ति माग्ने समाजले ती अबोध बालबालिकाले गरेको आत्माहत्यालाई आँखा चिम्लिदिनु कति न्यायसम्मत होला – आज ती निर्दोषीहरूले आत्महत्या गर्न बाध्य हुनुमा राज्यको दोष अवश्य छ । राज्यले सामुदायिक स्कुलतर्फअनुगमन गर्न नसक्नु पहिलो कमजोरी हो । कतिपय स्कुलका मास्टरले खेताला राखेर आफू राजनीतिक भाषण गर्नजाने, व्यक्तिगत काममा लाग्ने आदि बेलाबेलामा संचार माध्यममा पढ्न पाइन्छ । २-४ दिन हाजिर भएर महिनाको एकै पटक हाजिरी गरेर राज्यलाई ठग्दासमेत राज्यलाई वार्ता नभए पछि निर्दोष जनले अकालमा मृत्युवरण गर्ने नै भए । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्कँदै गएको अवसरलाई उदार अर्थनीतिको आडमा त्यसबेलाको सासन व्यवस्थाले निजी विद्यालयहरूलाई ठूलो अवसर प्रदान गर्यो । भटाभट अनुमति दिएर शिक्षाजस्तो पवित्र सेवामुखी पेसालाई व्यापारिक उद्देश्यले अभ्रि्रेरित बनाइदियो । सरकारी स्वामित्व भएका विद्यालयमा राजनीति घुसाइदिने जसले अभिभावकमा सामुदायिक विद्यालयप्रतिको मोह भङ्ग भएर निजी विद्यालय जान बाध्य बनाउने काम राज्यले गरेको छ । होइन भने जनताले तिरेको कर खाएर सामुदायिक विद्यालयमा सेवा गर्नेहरूउपर किन अनुगमन गर्न सक्दैन – किन शिक्षाको गुणस्तर बढाउनेतर्फलागिपर्दैन – एकीकृत माओवादी नेतृत्व सरकारको पालामा आमजनताले ठूलो अपेक्षा गरेका थिए । शिक्षाक्षेत्रको सुधारको निम्ति तर सिन्कोसम्म भाँच्ने काम भएन । अर्को आर्श्चर्य के छ भने निजी विद्यालयमा राजनीतिक दलले प्रवेश नगर्नुमा यो भित्र ठूलो रहस्य रहेको बुझन सकिन्छ ।

प्रतिक्रियाहरु