आउनोस् सम्पादकज्यू बहस गरौं !- केदारनाथ गौतम

२०७० असार ६ गते, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी -माओवादी सुस्पष्ट दृष्टिकोण, सिद्धान्त, लक्ष्य, उद्देश्य, योजना र तत्कालीन एवम् दर्ीघकालीन कार्यक्रमहरूको श्रृङ्खलाले समृद्ध नेपालको एउटा प्रभावशाली राजनीतिक पार्टी। तत्कालीन एनेकपा -माओवादी) विभाजित भई नयाँ पार्टीीे उदय हुनुभन्दा वर्षौं अघिदेखि नै पार्टीीत्र जारी सैद्धान्तिक-नीतिगत, राजनीतिक-व्यवहारिक सबैखाले मतमतान्तर, बहस-छलफल र विवादका सिलसिला एवम् श्रृङ्खलाहरूमा प्रत्यक्षतः सहभागी एउटा पात्र हुनुका साथसाथै ०६९ असारमा सम्पन्न बौद्ध राष्ट्रिय भेला, सोही वर्ष-२५ पुस-२ माघमा) सम्पन्न ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशन तथा ती भेला र महाधिवेशन अघिपछिका दर्जनौर्ंदर्जन बैठक, भेला, सम्मेलन, प्रशिक्षण र अरु कार्यक्रमहरूमा सक्रिय सहभागी कार्यकर्ता हुनुका नाताले विभिन्न मिडियामा यतिबेला चर्चा-परिचर्चा भइरहेजस्तो नेकपा-माओवादी अन्योलग्रस्त, ढुलमुल, किर्ंकर्तव्यविमूढ, ँसङ्कटग्रस्त’ वा ँबिचल्ली’ को स्थितिमा बिल्कुलै नरहेको कुराप्रति यस पंक्तिकारसहित कम्तिमा पनि पार्टीीे राज्य समति तहसम्मका नेता-कार्यकर्ताको पंक्ति ढुक्क छ । नेपालको विद्यमान अन्तरिम संविधान, २०६३ तथा नयाँ बन्ने संविधानका आधारभूत विषयवस्तुप्रतिको दृष्टिकोण, नेपाली जनयुद्ध, जनव्रि्रोह र नयाँ जनवादी क्रान्तिबारेको दृष्टिकोण, अब हुने भनिएको संविधानसभाको दोस्रो निर्वाचन तथा संसदीय व्यवस्था र संसदीय चुनावबारेको दृष्टिकोण, शान्ति प्रक्रिया र सङ्क्रमणकाल एवम् सहमतीय राजनीति तथा राजनीतिक निकासबारेको दृष्टिकोण, शान्तिपूण् जनसंर्घष् वा सशस्त्र व्रि्रोह या फेरि अर्को जनयुद्धसम्बन्धी दृष्टिकोण आदिबारे यतिबेला नेकपा-माओवादीको शीष् नेतृत्वतह मात्र होइन; कम्तिमा पनि राज्य समितिस्तरसम्मका सम्परूण् नेता-कार्यकर्तासम्ममा पनि कुनै अन्योल, द्विविधा, भ्रम र आशंका तथा दर्ुइमत, अन्तर्विरोध र अर्न्तर्संर्घष् समेत छैन ।
लोकप्रिय नागरिक दैनिकका प्रधान सम्पादक समेत रहेका अनुभवी सञ्चारकर्मी एवम् विद्वान् मित्र प्रतीक प्रधानको मुद्रण संस्करणमा ँवैद्यको पथ-विचलन’ र अनलाइन संस्करणमा ँवैद्यको बिचल्ली’ शर्ीष्ाकमा आइतबार -जेठ २ गते) प्रकाशित आलेखले आम पाठकलाई उल्लू बनाउने दुस्साहस गरेको छ । तर, सारतः र अन्ततः यस आलेखले स्वयम् लेखक तथा पत्रिकाको वर्गीय पक्षधरता, वर्गदृष्टिकोण र वर्गस्वार्थ छताछुल्ल पारेर आफैंले दावी गर्दै आएको ँस्वतन्त्र’, निष्पक्ष’ तथा ँव्यवसायिक’ पत्रकारिताको धज्जी उडाएको छ । अर्कातिर उक्त आलेखले प्रधान सम्पादक मित्रमा रहेको राजनीतिक सुझबुझ, नेपाली समाजको वर्गीय अवस्थितिबारेको ज्ञान, सूचना-पहुँचको स्तर तथा बौद्धिक एवम् विश्लेषणात्मक क्षमता समेतलाई मजाले उद्घाटित गरिदिएको छ ।
सुरुमा यो देशमा जीवित ठूला नेतामध्ये सबैभन्दा इमानदार र निष्ठाको राजनीति गर्ने नेता मोहन वैद्य ँकिरण’ हुन् भन्न सकिन्छ । …कसैले तपाईंलाई यति लाख वा करोड फाइदा दिन्छु, मेरो फलानो काम गरिदिनोस् भन्ने आँट गर्न सक्दैन । यिनले देश बेचेर आफ्नो स्वार्थ पूरा गर्दैनन् भन्नेमा पनि ढुक्क हुन सकिन्छ…’ जस्ता ँगुलिया’ वाक्यांशको ँललिपप’ चटाएर आलेखमार्फ प्रधानले क्रमशः अन्तसम्म पुग्दा नेपालका दर्ुइ राजनीतिक धार -यथास्थितिवादी-संसद्वादी र गैरसंसद्वादी) मध्येको समग्र एउटा धार अर्थात् नेकपा-माओवादी र त्यसको शर्ीष्ा नेतृत्व समेतलाई हदैसम्म न्यूनीकरण गर्ने, लाञ्छित गर्ने, अपमानित गर्ने र धूलोमै पछारेसरहको’ आत्मरती लिने प्रयत्न गरेका छन् । पहिलो अनुच्छेदमै ँ…सम्पर्ूण्ा इमानदार र निष्ठावान् भनिएका नेता राजनीतिक अधिकारका मामलामा अति अलोकतान्त्रिक विचार राख्छन् । यिनीहरू राजनीतिक शक्ति कसैलाई दिनुहुँदैन, आफ्नो एउटा दलको पेवा बनाउनर्ुपर्छ र त्यसको सर्म्बर्द्धनका लागि कुनै पनि प्रकारको संर्घष् वा हिंसामा उत्रनु पनि उचित हुन्छ भन्ने मान्यता राख्छन् । …आफ्नो र आफ्ना नेताहरूको जडसूत्रवादका कारण समस्यामा परेका छन् नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य । र, उनको पार्टीीबचल्ली हुने अवस्थामा पुगेको छ…’ जस्ता विषालू निष्कर्ष उनले प्रस्तुत गरेका छन् । प्रधान सम्पादक महोदयका शब्दचयन नै सुरुआतदेखि अन्त्यसम्मै अत्यन्तै पूवाग्रही, कुण्ठाग्रस्त र पक्षधरतापूण् देखिन्छन् ।
मित्र प्रधानले लेखेका छन्- करिब १७ हजार नेपाली नागरिकको ज्यानको सिँढी बनाएर सत्तामा पुगेको दलका नेता तथा कार्यकर्ताले आफ्नो स्वार्थबाहेक अरु केही देखेनन् । माओवादी कार्यकर्ता भन्नासाथ नवधनाढ्य र उन्मुक्त अपराधी भनेर चिनिइने अवस्था उत्पन्न भयो । घरजग्गामा लगानी गर्ने, नयाँनयाँ मोटर र मोटरसाइकल किन्ने, भट्टी र दोहोरी रंगाउने र जोसुकैलाई पनि कुनै पनि बहानामा धम्क्याएर आफ्नो चाहना पूरा गर्ने नेता र कार्यकर्ताको भिडमा हराए इमानदारी, निष्ठा र बलिदानका कथा । वैद्य यस्तो अवस्थामा चुप लागेर बस्न मिल्ने थिएन । तर, त्यसको विरोधमा अर्को दल खोल्नाले समस्या सिर्जना भयो । उतै बसेर गलत तत्त्वस“ग लडेको भए देशलाई र उनको सिद्धान्तलाई नै बल पुग्थ्यो होला । उनले अर्को दल खोलिदिनाले एकातिर पुरानो दलमा लोभीपापीका विरुद्धको संर्घष्ा समाप्त भयो भने अर्कातिर दल चलाउन फेरि आर्थिक, सामाजिक अपराध गर्ने र जनता झुक्याउने खेलमा सहभागी हुँदै जानुपर्ने भयो । यसो गर्न नसकेको अवस्थामा दल बिलिन भएर जानेबाहेक अर्को विकल्प उपलब्ध भएन ।’
र् अर्धसत्यको विकृतीकृत सहारा लिँदै विद्वान् मित्र प्रधानले कम्युनिस्ट, कम्युनिज्म र नेकपा-माओवादी तथा एनेकपा -माओवादी) दुवैविरुद्ध आफ् दिमागमा छचल्किरहको एलर्जी’ वा ँकम्युनिस्टफोबिया’ र कुण्ठा बडो आतंकित मनोदशा र हतासापूण् शैलीमा प्रस्तुत गरेर आफैंलाई नराम्ररी नङ्ग्याएका छन् । स्वयम् प्रधान सम्पादककै ँबाइलाइन’ मा नवधनाढ्य, उन्मुक्त अपराधी, भट्टी र दोहोरी रंग्याउने, कुनै पनि बहानामा जोसुकैलाई धम्क्याएर आफ्नो चाहना पूरा गर्ने, आर्थिक-सामाजिक अपराध गर्ने र जनता झुक्याउनेबाहेक अन्य कुनै पनि तौरतरिकाबाट कम्युनिस्ट पार्टर्ीील्दैनन्/चल्नै सक्दैनन्, अन्यथा बिलिन भएर जानेबाहेक अर्को विकल्प उपलब्ध हुँदैन भन्ने भ्रमपर्ूण्ा एवम् आपत्तिजनक प्रचारवाजी गराएर कस्तो पत्रकारिता गर्न चाहन्छ नागरिक दैनिक –
०५२ सालमा तत्कालीन नेकपा -माओवादी) ले जनयुद्ध सुरु गर्दा त्यसबेलाका गृहमन्त्री खुमबहादुर खड्काले गरेको भविष्यवाणी’ कै झझल्को आउनेगरी नेकपा-माओवादीलाई हियाउँदै प्रधान सम्पादक महोदय लेख्छन्- ँमंसिर ४ गते दोस्रो संविधान सभाको चुनाव घोषणा गरिदिएर मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वैद्यलाई थप बिचल्लीमा पारिदिएका छन् । उनलाई अब के गर्ने थाहा छैन । मुखले त उनले चुनाव बिथोल्दैनौं केवल बहिष्कार गर्र्छौं भनेका छन् तर त्यो बाटोले उनलाई कहीं पनि पुर्याउँदैन । उनको दलको राजनीतिक आस्थाअनुसार चुनाव बिथोल्नु पहिलो उपाय हुनसक्थ्यो तर उनी त्यो गर्न सक्दैनन् । अहिले उनको माओवादीसँग न जनशक्ति छ, न साधन र स्रोत नै छ चुनाव बिथोल्न सक्ने ।’ एक वर्षअघिसम्म एमाओवादी सग्लै छँदा माओवादीको जनयुद्धकालीन पंक्तिको बहुमत वैद्यतिर…’ भन्दै कोकोहोलो मच्चाएर ँकतै एमाओवादी नफुट्ने पो हो कि ! जसरी पनि फुटिदिए हुन्थ्यो’ भनेझैं गरी प्रकारान्तरले विभाजनलाई नै प्रोत्साहन गर्नेखाले समाचार/सामग्री प्रकाशन गर्नेको भिडमा सामेल थिए कि थिएनन्- नागरिक दैनिक र प्रतीक प्रधान – जब माओवादी फुटयो, यथास्थितिवादी-संसद्वादी कित्ताको एमाओवादीलाई काँधमा बोक्ने र संसद्वाद अस्विकार गर्ने क्रान्तिकारी नेकपा-माओवादीलाई ठोक्ने काम किन भइरहेको छ – जबकि एमाओवादी विभाजित भएर नेकपा-माओवादी बन्नुअघि नै मोहन वैद्य र त्यस खेमाका नेता-कार्यकर्तालाई स्पष्ट जानकारी थियो- अब कुनै पनि दिन संसदीय व्यवस्था संस्थागत गर्ने बद्नियतका साथ संविधानसभा वा जुनकुनै नाममा नेपाली जनतामाथि संसदीय निर्वाचन थोपरिने निश्चित छ । त्यसो त तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टर्राईले ०६९ जेठ १४ को मध्यरातमै चुनावको घोषणा नै गरिसकेकै पनि थिए, ढिलो-चाँडो कुनै पनि स्वरूपमा त्यसलाई ँसम्पन्न’ गराउने हर्कत हुने नै छ भन्नेमा नेकपा-माओवादीसम्बद्ध सबै तहका मान्छे स्पष्टै थिए । अनि कसरी हुन्छ त सम्पादक महोदय, खिलराजले चुनावको तिथि तोक्दैमा ँमोहन वैद्यको थप बिचल्ली -’ के संक्रमणकाल र राज्यसत्तामा दोहोरो खिचातानीको यति लामो पृष्ठभूमिबीच पनि एउटा संसदीय -नाममा संविधानसभाको) चुनावको मिति तोक्दैमा के गर्ने र कसो गर्ने भन्दै हतोत्साहित र निराशामा छट्पटिनेहरूले प्रचण्ड-बाबुरामलाई राष्ट्रघाती, जनघाती र गद्दार घोषणा गरेर ँजनयुद्धको जगमा जनव्रि्रोह’ मार्फ ँक्रान्ति पूरा गर्ने’ उद्घोषका साथ नयाँ पार्टीीनर्माण गरेर राष्ट्रव्यापी सञ्जाल तयार पारे होलान् भनेर पनि कसैले पत्याउँछ, आजको नेपालमा – मंसिर ४ गते हुने भनिएको निर्वाचन कदापि सम्भव छैन र त्यो चुनौती नेकपा-माओवादीले घोषित रूपमै दिइसकेको पनि छ- ँकसरी हुँदोरहेछ – लौ गरेर देखाऊ ।’ यसका निम्ति नेकपा-माओवादीसँग जनशक्ति, स्रोत र साधन छैन भन्ने कुरा कसरी थाहा पाए मित्र प्रतीकजीले – हेर्दै जाऊ- आजको छ महिना नबित्दै सबैले थाहा पाउनेछन्, कति रहेछ जनशक्ति, स्रोत र साधन नेकपा-माओवादीसँग ! लौ हाम्रो चुनौती भयो ।
प्रधान सम्पादक महोदयको ँनिष्कर्ष र ँसुझाव’ छ- ँयस्तो बिचल्लीको अवस्थाबाट बच्ने उपाय भनेको माउ पार्टीीग कुनै प्रकारको राजनीतिक तालमेल नै हो । वैद्य माओवादीले एमाओवादीसँग तालमेल गरेर चुनाव उठ्यो भने लोकतान्त्रिक दलहरूको अवस्था कमजोर अवश्य हुनेछ तर लोकतान्त्रिक प्रक्रिया भने बलियो भएर जानेछ । …शान्तिपर्ूवक चुनाव सम्पन्न गर्न र जनताका प्रतिनिधिले सरकार चलाउन पाऊन् भन्ने उद्देश्य लिने हो भने अहिलेको अवस्थामा वैद्यले माउ दलसँग चुनावी समीकरण गर्नुको अर्को राम्रो विकल्प देखिँदैन ।’ यी उद्गारहरूले नै स्पष्ट पार्दछन् कि मोहन वैद्य अर्थात नेकपा-माओवादीको सहभागिताविना चुनाव सम्भव छैन भन्ने भित्री ँतत्त्वज्ञान’ चाहि“ सम्पादक महोदयमा पनि सुस्पष्टै छ । त्यसैले त उनको आदर्शअनुरूपका लोकतान्त्रिक दलहरू’ को अवस्था अवश्यै कमजोर हुने’ बुझ्दाबुझ्दै पनि आँशु पिएरै’ वा ँमुटुमाथि ढुङ्गा राखेरै’ भए पनि उनी नेकपा-माओवादीलाई चुनावमा घिर्सार्न लालयित देखिन्छन् । जहाँसम्म प्रतिगामी उद्देश्यका साथ थोपरिएको चुनावी तुरूपमा नेकपा-माओवादी फसोस् र अझ विश्वासघाती, राष्ट्रघाती, जनघाती, पूण् रूपले विचलित, स्खलित एवम् गद्दार एमाओवादी -उनको भाषमा माउ पार्टीीसँग ँचुनावी तालमेल’ होओस् वा हुन सक्छ भन्ने प्रधान सम्पादक महोदयको ँकामना’ वा ँचाहना’ छ, त्यो केवल दिवासपना बाहेक केही हुन नसक्ने तथ्य त निकट भविष्यले प्रमाणित गर्ने नै छ ।
सारतः फुटाऊ र राज गर’ भन्ने कौटिल्यको बासी रणनीति अख्तियार गर्दै ँलोकतान्त्रिक शक्तिहरू’ भनिने दलहरू तथा तिनका पृष्ठपोषक अङ्गहरू एमाओवादी विभाजित हुँदा अचाक्ली हौसिए र अरुलाई पनि सकेजति हौस्याए । जब विभाजित भयो, एउटालाई काखी च्यापे र अर्कोलाई न्वारन्देखिको तागत लगाएर ठोके/ठोकिरहेछन् । पञ्चायतीकालमा बहुदलवादी कांग्रेस-मालेहरूलाई बाहिरै छाडेर पञ्च-पञ्चबीचमा चुनावी नौटङ्की गरिएकै शैलीमा अहिले संसद्वाद अस्विकार गर्नेहरूलाई तिरस्कार गरेर संसद्वादी-संसद्वादीबीच चुनावी नौटङ्की गर्न सम्भव नदेखिएकाले आफ्नो स्वार्थसिद्धिमा बाधक देखिएको नेकपा-माओवादीलाई सकेसम्म आफूसँगै लतारेर संसदीय आलाहमा चोबल्ने, त्यो सम्भव नभए नाङ्लो ठट्टाएर ँतर्साने कार्यनीति संसद्वादीहरूले अँगालिरहेको कुरा स्पष्टै छ । यस स्थितिमा समग्र संसदीय व्यवस्था र संसद्वादभन्दा भिन्नै मूल्य-मान्यता, नीति-उद्देश्य र पहिचान बनाउँदै सशक्त ढंगले निर्धक्क अघि बढिरहेको नेकपा-माओवादीलाई चौतर्फी घेराबन्दी गर्दै ठोक्नु अनि उसका र्समर्थक-शुभचिन्तक र आमजनतामा भ्रम र्छर्दै उकुसमुकुसको स्थिति पैदा गराएर हतोत्साहित, निरुत्साहित र दिग्भ्रमित तुल्याउने चेष्टा गर्नु आज यथास्थितिवादी-संसद्वादीहरूको प्राथमिक कार्यसूची बनेको देखिन्छ । स्वतन्त्र र व्यवसायिक भनिने सञ्चारकर्मी तथा सञ्चार संस्थाहरू समेत एउटा अलग्गै राजनीतिक धारका विरुद्ध यथास्थितिवादी धारको पक्षमा घुँडा धसेर मैदानमा उत्रनुलाई चाहिँ विडम्बना नै मान्नुपर्छ ।
-लेखक नेकपा-माओवादीसम्बद्ध क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य तथा जनज्रि्रो साप्ताहिकका सम्पादक हुन्

प्रतिक्रियाहरु