‘गणतन्त्र’ ठगी खाने भाँडो हो ? – भरत दाहाल

२०७० असार २ गते, आईतवार

देशलाई बर्बादीको रसातलमा जाकेर जनताबाट मार खाने परिस्थिति बन्न थालेपछि साम्राज्यवाद-विस्तारवादका कुल्लीहरूको नारा बनेको छ- गणतन्त्रको रक्षा एकले अर्कोलाई गणतन्त्र धरापमा पारेको आरोप लगाउँदै कुल्लीहरू पक्ष र प्रतिपक्षका रूपमा विभाजित भई र्सार्वजनिक रूपमा तमासा देखाइरहेका छन् । विदेशीहरूको रणनीतिका अगाडि बाधाका रूपमा खडा भएका समस्याहरूलाई समाधान गर्ने कुनियतले लादिएको गणतन्त्र अहिले आएर भिन्नभिन्न विदेशी शक्तिहरूका भिन्नभिन्न प्रकारका स्वार्थहरूको प्रतिस्पर्धाले दर्ुइ धाँजामा निर्वस्त्र भएको छ । अन्तर्रर्ााट्रय माफिया सञ्जालहरूबाट पालिएका यी दर्ुइथरि ग्याङहरूको ‘गणतन्त्र चिन्तन’ आफ्नो पक्षको अन्नदातालाई बैतर्णर्ी पार गराउने चिन्तासँग जोडिएको छ । नागरिक अगुवाको नाममा बाटोभरि हिँड्ने एकथरि भँडुवाहरू २०६५ जेठ १५ पछि दुलाभित्र पसिसकेका थिए । यसबीचमा तिनीहरूको गणतन्त्रले ४० लाखभन्दा बढी विदेशीहरूलाई नेपाली नागरिकता बाँडेको छ । जनतामाथि सयौं गुना महँगी लादेको छ । २० लाखभन्दा बढी नेपाली युवायुवतीहरूलाई अरबको मरुभूमिमा निर्वासित गरेको छ । सिटामोल किन्न नसक्ने अवस्थामा पुगेर सयौं नेपालीहरूको ज्यान गएको छ । देशको ढुकुटीलाई लुट्नुसम्म लुटेको छ । देशमा विदेशीहरूको प्रत्यक्ष शासन सुरु गरेको छ । जमिम शाह, फैजान अहमद, न्यायाधीश बम, सप्तरीका सदरुल मियाँ हकलगायतका देशभक्तहरूको ज्यानमाथि भारतीय अपराधीहरू प्रयोग गरेको छ । शैक्षिक संस्थाजस्ता पवित्रस्थलहरूलाई माफियाहरूको अखडा बनाएको छ । देशका स्रोत साधन विदेशीहरूलाई दान गरेको छ र कथित दलहरूलाई विदेशी गुप्तचरहरूको चौतारीमा परिणत गरेको छ । कथित नागरिक अगुवाहरूको गणतन्त्र देशको भूमिलाई जनमतसंग्रहको मुद्दा बनाउने पुष्पकमल र बाबुरामहरू हिरो हुन्छन् । कांग्रेसजस्ता जनतन्त्रका जन्मजात ठेकेदारहरू अमरेशकुमार र कृष्णप्रसाद सिटौलाहरू गुप्तचरहरूबाट चल्छन् । नेपाली नागरिकता किनेर नेतागिरीको चुरीफुरी देखाउँदै आएका तर्राईका लुटेरा र भ्रष्टहरू मधेसीका प्रतिनिधि कहलिन्छन् । मदन भण्डारीको सास दबाएर लाशको ब्याज खाँदै आएको एमालेको हिँजडा झुन्ड देशभक्तिको आधार बनाइन्छ । वीरेन्द्रको हत्यामा विदेशीका मतियार बनेर मुख बन्द गर्ने अपराधीहरू देशका भाग्यविधाताका रूपमा खडा गरिन्छन् । नागरिक अगुवाको पगरी गुथेका बाटो हगुवाहरूको मुखबाट चित्कार निस्कँदा कालापानी र सुस्ताको घाउ गणतन्त्रको माग बन्दैन । तर्राईलाई तालमा परिणत गर्ने गरी भारतीयले बनाइरहेका अर्ढाई दर्जन अवैध सीमावर्ती बाँधहरू राष्ट्रियताको अंग बन्दैन । दास युगीनभन्दा पनि घिनलाग्दो दृश्यमा दिल्लीको चाकरीमा लाम लाग्ने कमाराहरूप्रति घृणाको भावसम्म प्रकट हुँदैन । यिनीहरूको गणतन्त्रमा सिंगो पार्टर्ीी जनता एकातिर हुँदा पनि चार जना व्यक्तिले दलीय प्रणालीलाई विर्सजन गर्न सम्भव हुँदा पनि कसैले केही लर्छार्न सक्दैन । जनदमनकारी हत्यारा भनिएका माओवादी र राज्यका पदाधिकारीहरूलाई फूलमाला चढाउँदा पनि एउटा मच्छर मार्न सक्दैन । आईएनजीओ र एनजिओको दानदक्षिणाले चिल्ला गाडी चढ्दै आएका बाटो हगुवाहरूले कसबाट गणतन्त्र खतरामा परेको देखेका हुन् – चार दलबाट यो खतरा आएको देखेका हुन् भने उनीहरूले मुख खोलेर भन्नुपर्छ कि चार दल गणतन्त्र विरोधी विदेशी दलाल हुन् । खिलराजबाट यो खतरा उत्पन्न भएको हो भने उनलाई गणतन्त्रविरोधी विदेशी दलाल भन्न सक्नर्ुपर्छ यो गणतन्त्रमाथि खतरा कसबाट उत्पन्न भएको हो भन्ने कुराको किटान नगरी जाली तमसुकको भाषा प्रयोग गर्नेहरू आफैँ पनि विदेशी दलाल र एजेन्टहरू हुन् । विगत सात वर्षता देशमाथि लादिएका समस्याहरूको विरोधमा मुख नखोल्नेहरू नागरिक अगुवाको घुम्टो ओढेका विदेशी गुप्तचरहरू हुन् । हिजो पनि यिनीहरूले विदेशीहरूकै लागि गणतन्त्रको वकालत गरेका थिए । त्यसैले विदेशीहरूका एजेण्डामा देशलाई धराशयी बनाइदासम्म यिनीहरू दुलाभित्र पसे । शिथिल बनाइएको देशको शरीरलाई लुछ्न जब विदेशी गिद्धहरूको छिनाझपटी सुरु भयो, तब यिनीहरूको गणतन्त्र धरापमा पर्न थाल्यो । नागरिक अगुवा भनाउँदाहरूको चिन्ता देशमारा विदेशी दलालहरू र जनविरोधीतन्त्र धरापमा पर्न लागेको कुरासँग जोडिएको छ । नवऔपनिवेशिक शासन प्रणाली बद्नाम भएपछि र दलालहरू जनताबाट तिरस्कृत हुन थालेपछि यिनीहरूले गणतन्त्र धरापमा पर्न थालेको देख्न थालेका छन् र मौसमी चटकेका रूपमा सडकमा नचाइन थालेका छन् । ज-जसले आफूलाई नागरिक अगुवाका रूपमा देखाउन खोजिरहेका छन्, ती तत्वहरू यिनै दलाल नेताहरूका आसेपासेभन्दा बढी केही होइन । ‘नागरिक’ शब्दको दुरूपयोग गरेर लाभको पदमा मनोनित हुने सपना बाहेक यिनीहरूको दिमागमा केही छैन । सडकमा थुतुनो देखाउँदासम्म नागरिक अगुवा र त्यसबाहेकको सबै समयमा कुनै न कुनै नेता र विदेशीका भतुवा । नेतै भतुवा भएको राज्यमा यिनीहरूका पनि भतुवा कसरी गतिला हुन्थे – अहिले नागरिक अगुवाहरूको जस्तै चर्को स्वरमा नेताहरूले पनि ‘गणतन्त्र धराप’ मा पर्न थालेको देख्न थालेका छन् । सुशील कोइराला, पुष्पकमल दाहाल, झलनाथ खनाल सबैले एक अर्काका कारणले ‘गणतन्त्र धराप’मा परेको बयान जारी गरेका छन् । सुशील कोइरालाले त खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नगरे गणतन्त्र डुबि छाड्ने भविष्यवाणी गरेका छन् । यी तिनैजना व्यक्तिहरूले दलीय प्रणाली विर्सजन गरेर, खिलराजलाई मन्त्रिपरिषद्को अध्यक्षमा मनोनित गरेर र निख्खर भारतीयहरूलाई नेपाली नागरिकता बाँड्ने अध्यादेशमा सही गरेर देशद्रोह गर्न बेला यिनीहरूको गणतन्त्र सुदृढ थियो । मालिकले दिएको ड्युटी सकेर जब खाने बेला आयो तब यिनीहरूको दृष्टिमा गणतन्त्र धरापमा परेको देखिन थाल्यो । प्रधानन्यायाधीशको नेतृत्वमा मात्रै निष्पक्ष चुनाव हुनसक्छ र गणतन्त्र जोगिन्छ भन्दै सबैभन्दा ठूलो घाँटी बनाएर उफि्रने र अहिले खिलराजले प्रधानन्यायाधीशबाट राजीनामा नगरे गणतन्त्र डुब्छ भनी भाषण छाँट्दै हिंड्ने सुशीलजस्ता दब्बु गोठालाहरूलाई नेता बनाएर हातमा पाइने कुरा खरानी मात्रै हो।विदेशी चाटुकारहरूले परिस्थिति र मौसम अनुसारका मन्त्रहरू बाचन गरेर जनअधिकारको कर्मकाण्ड गर्दै आएका छन् । अहिलेका जड्याँहा पुरेतहरूले जस्तै जनतालाई उल्लु बनाउँदै आएका छन्। कुनै बेला यिनीहरूको मन्त्र थियो, संवैधानिक राजतन्त्र। त्यसबेला राजतन्त्र शक्तिशाली भएको हुँदा त्यससँग टक्कर नगरेर फसाउनु पर्छभन्ने विदेशी रणनीतिअनुसार नै यिनीहरूले संवैधानिक राजतन्त्रको मन्त्र जपेका थिए । संसद्को पुनर्स्थापनापछि माओवादीसहितको शक्तिका अगाडि राजतन्त्र कमजोर देखिएपछि दिल्लीले यिनीहरूलाई गणतन्त्रको धतुरो फुक्न लगायो र यिनीहरूले फुकिदिए । गणतन्त्रको धतुरो फुक्नुभन्दा पहिले यिनीहरूले सेरेमोनियल किङ, बेबी किङ, कल्चरल किङका झयाली पनि बजाएकै हुन् । दिल्लीबाट आकाशवाणी आउँदा संघीयता, एक मधेस र आत्मनिर्ण्र्ााो अधिकार, भ्याटीकन सिटीबाट सिट्टी बज्दा धर्मनिरपेक्षता र एकल जातीय राज्यका मन्त्रहरू पनि बाचन भएकै हुन् । दान बक्सिसका लागि तछाडमछाड गर्दै दिल्ली दरबारको ढोका अगाडि लाइन बस्ने कमराहरूको धर्मपरायणतालाई पनि जनताले राम्ररी नजर लगाएकै छ । देशको र्सार्वभौमसत्ता जनताका लागि एक शब्द उच्चारण गर्न नचाहने यी गोठालाहरूले कुन गणतन्त्रप्रति चिन्ता जाहेर गरिरहेका छन् – कुन दुनियाँको राजनीतिक दर्शनको जगमा उभिएर खिलराजको विरोध गर्ने नैतिकता देखाइरहेका छन् – यिनीहरू आफैँ र आफ्नो पार्टीीत्र कति जना नेताहरू लोकमानसिंह कार्कीभन्दा राम्रा छवि भएका छन् भनि र्सार्वजनिक रूपमा बोल्न सक्छन् – जसलाई भारतीय गुप्तचर र एनजीओअरुले चलाएका छन्, तिनीहरू कुन अर्थमा निर्दलीय सरकारभन्दा राम्रा चरित्रका छन् – नेपाललाई धरापमा पार्ने विदेशी योजनामा दलीय प्रणाली विर्सजन गर्ने चार दलका गोठालाहरू वास्तविक अभियुक्त हुन् कि खिलराज – प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने सुशील कोइरालाले गणतन्त्रलाई धरापमा पारेका हुन् कि प्रधानन्यायाधीशबाट राजीनामा नगर्ने खिलराजले – लोकमानसिंहलाई अख्तियार प्रमुखमा सिफारिस गर्न पुष्पकमल, बाबुराम, मधेसीहरू र त्यसलाई र्समर्थन गर्ने सुशील, रामचन्द्र र झलनाथहरूले प्रतिगमन निम्त्याएका हुन् कि लोकमानले – नागरिक अगुवाको मुखुण्डो लगाएकाहरूले यो तथ्यलाई आमजनतामा लैजान सक्छन् – उनीहरूको गणतन्त्रले गरेका अपराधहरूका विरुद्धमा जनताको नेतृत्व गर्ने नैतिकता देखाउन सक्छन् – गणतन्त्र ठगी खाने भाँडो हो । वास्तविक गणतन्त्र नेपालमा आएकै छैन । आउँदै नआएको कुरामा जनतालाई रुमल्याउन खोज्नेहरूको झगडा भागशान्तिको झगडा हो । अन्नदाताहरूको झगडा हो । नेपाललाई लुछ्ने गिद्धहरूको झगडा हो । होइन भने, गणतन्त्र धरापमा परेको देख्नेहरूले भनून्, ‘नेपालमा हस्तक्षेप गर्ने विदेशी साम्राज्यवादीहरू मुदावाद !’ होइन भने तिनीहरूले एक दिन भन्नै पर्न हुन्छ, ‘हामी चाटुकार हौँ, चाटुकारिता जिर्दावाद !

प्रतिक्रियाहरु