जेलभित्र मोबाइल छिराउँदै गर्दा विरालो पक्राउ

२०७० जेष्ठ २५ गते, शनिबार

रूसको एउटा जेलका सुरक्षाकर्मी त्यतिबेला हैरान भए जब उनीहरूले एउटा बिरालोले जेलभित्र प्रतिबन्धित सामाज लैजाने प्रयास गरिरहेको अवस्थामा फेला पारे । रूसको उत्तरी राज्य कोमीको जेल सेवाले आफ्नो वेभसाइटमा विरालोलाई राजधानी सिकटिफकारको जेलको कोलनी नम्बर- १ मा मे ३१ का दिन हिरासतमा लिएको उल्लेख गरेको छ । रूसको निजी क्षेत्रको समाचार समिति इन्टरफ्याक्सका अनुसार जेलका सुरक्षाकर्मी जतिबेला गस्तीमा थिए तब उनीहरूले एउटा विरालो जेलको दिवार नाघ्ने प्रयास गरिहेको थियो । यो देखेपछि सुरक्षाकर्मीलाई नियन्त्रणमा लिए । सुरक्षाकर्मीले कालो र सेतो रङ्गको विरालोको ढाडमा टेप लगाएर दर्ुइ मोबाइल फोन, त्यसको व्याटि्र र चार्ज बाँधेको अवस्थामा फेला पारे । कोमी राज्य जेल सेवाले आफ्नो वेभसाइटमा यो विरालोको तस्वीर पनि र्सार्वजनिक गरेको छ । तस्वीरमा एक सुरक्षाकर्मीले विरालोको गर्धनमा समातेको देखाइएको छ । विरालोको ढाडमा मोबाइल बाँधिएको छ । जेल प्रशासनका अनुसार प्रतिबन्धित वस्तु जेलभित्र लैजाने कयौ प्रयास यसअघि पनि विफल भइसकेको छ । तर, विरालोले सामान ओसारेको यो घटनाले सबैलाई आर्श्चर्यमा पारेको छ । जेल इतिहासमा यस्तो घटना कहिल्यै नभएको अधिकारीहरूको भनाइ छ । जेल निर्देशनालयले पछिल्लो समय देखिएको कैदीको कल्पनाशीलता देखेर अचम्ममा परेको जनाएको छ । यसअघि यसरी नै भर्जिन मैरीको एउटा प्रतिमामा लुकाएर लगिँदै गरेको मोबाइल फोन, सिमकार्ड र मेमोरी कार्ड बरामद गरिएको थियो । एजेन्सी

प्रतिक्रियाहरु