पारिजातको साहित्यको महत्व अझ बढेको छ : उप्रेती

२०७० जेष्ठ १८ गते, शनिबार


काठमाडौं ।नेपाल प्रज्ञा प्रतिस्ठानका उपकुलपति गंगाराम उप्रेतीले पारिजातको रुमलिएको समाजलाई अग्रगमतिर अगाडि बढ्न प्रेरित गरेको बताए। राजधानीको संवाद डबलीमा श्रष्टा सम्मान समाजले ‘हामी पढ्छौं पारिजातको कविता’ विषयक कार्यक्रममा बोल्दै सो कुरा बताए । उनले वर्तमान सन्दर्भमा पारितजाको साहित्यको महत्व झन बढेको बताए ।कार्यक्रममा बरिष्ठ साहित्कार खगेन्द्र संग्रौलाले पारिजातको साहित्य सवल र निष्ठाको बेजोडको प्रतिनिधि भएको बताउँदै पारिजातको जीवन अभाव र निष्ठाको जीवन भएको बताए । संग्रौलाले पारिजातसँगको साहित्यीक सहकार्य सम्झदै अहिलेसम्म ‘पारितजात अपराजीता’ गीत मात्र लेखेको बताए। संग्रौलाले आफ्नो गीतलाई स्थान नदिएको गुनासो समेत गरे। त्यस्तै बरिष्ठ समालोचक भगवनचन्द्र ज्ञावालीले पारिजातको साहित्य अध्यारोको ज्योती भएको बताए ।उनले नेपाली समाजमा पारिजातको साहित्यको महत्व बढेर गएको बताए ।
कार्यक्रममा पारिजातकी बहिनी सुकन्या वाइबा र साहित्य यात्राकी साथी सुशिला भट्टले पनि पारिजातको साहित्य स्वभिमानको साहित्य भएको बताए । वक्ताहरुले पारिजात आख्यान विधिमात्र होइन कविताको क्षेत्रमा पनि राम्रो दख्खल राख्ने साहित्यकार भएको बताएका थिए । पारिजातको साहित्यक यात्रा नै कविता लेखनसँगै सूरु भएको उनीहरुको दाबी थियो कार्यक्रममा २०७० बैसाखमा ‘हामी पढ्छौं पारिजातका कविता’ कार्यक्रममा बाचन गरिएका २१ वटा कविताको श्रव्यदृश्यको पनि सार्वजनिक गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथिले सो कार्यक्रमका कविलाई भिडियो सिडि समेत प्रदान गरिएको थियो । पारिजातले कविताको क्षेत्रमा पुर्याएको योगदानलाई बाहिर ल्याउने उद्देश्यले समाजले विभिन्न कार्यक्रम गर्दै आएको छ । – दिपेन्द्र रावल

प्रतिक्रियाहरु