साढे तीन करोडको गितार

२०७० जेष्ठ १८ गते, शनिबार

अमेरिकाको चर्चित सांगीतिक ब्याण्ड विटल्सका जोन लेनन र जर्ज हृयारिसले बजाउने गरेको गितार चार लाख ८ हजार डलर अर्थात् करिब ३ करोड ५९ लाखमा बिक्री भएको छ । परम्परागत रूपमा निर्माण गरिएको यो गितार सन् १९६६ मा भिओएक्स कम्पनीले बनाएको थियो । अमेरिकाको न्युयोर्कमा भएको लिलामीमा एक नागरिकले त्यति धेरै रकममा गितार खरिद गरेका हुन् । सन् १९६७ मा आयोजित म्याजिकल मिस्ट्री टुरमा हृयारिसले यो गितारबाट आई एम द वालरस बजाएका थिए । त्यही बर्षलेननले यो गितारको प्रयोग गरी हेलो गड ब्वाय नामको गीत बजाएका थिए । जसको प्रयोग भिडियोमा पनि गरिएको छ । लिलामी गर्ने संस्थाले उक्त गितारको मुल्य दर्ुइ देखि तीन लाख डलरको अनुमान गरिए पनि राम्रो मूल्य प्राप्त भएको बताएको छ । यो गितार बजाइसकेपछि लेननले १९६० मा बिटल्सका सदस्य एलेक्स म्याजिकको नामबाट चर्चित एलेक्स मरदासलाई जन्मदिनको उपहार दिएका थिए । उक्त गितारको पछाडी म्याजिक एलेक्स/एलेक्सीका लागि साथि बनेकोमा धन्यवाद, मे १९६७ जोन लेखिएको थियो ।

प्रतिक्रियाहरु