धन्य गणतन्त्र – राजेन्द्र चिमौरिया

२०७० जेष्ठ १५ गते, बुधबार

धन्य गणतन्त्र…
तिमि छौ र त मेरो सान र मान छ ,
तिम्रै कारण म राज नेता र सर्ब श्रेष्ठ भा’ छु ,
तिम्रै गीता गाउदै सत्ता र भत्ता पचाएको छु ,
धन्य गणतन्त्र ….
तिम्रै कारणले लावा लस्कर पछि लगाउदै दौडन पाएको छु ,
देश बिदेश घुमेर देशको सम्पति स्वाहा पार्न पाएको छु ,
माला ,खादा र अबिरले यो थुतुनो रग्याउन पाएको छु ,
धन्य गणतन्त्र …..
अब एउतै आशा छ ,
अब म बुध्ध बन्छु ,
नोबेल पुरस्कार थाप्छु,
देश र जनता लाई पजेरोले कुल्चिएर ,
म सर्ब श्रेष्ठ राजनेता बन्छु ,
धन्य गणतन्त्र ….
तिमि छौ र त मेरो इच्छा पुरा गर्छु ,
धन्य गणतन्त्र ,
तिमि छौ र त मेरो इच्छा पुरा गर्छु …………

प्रतिक्रियाहरु