अभिभावकका जिज्ञासालाई सटिक जवाफ -नन्दलाल आचार्य

२०७० जेष्ठ ११ गते, शनिबार

आदरणीय अभिभावकज्यू,
म तपाईंकी छोरी सामना पढ्ने विद्यालयको प्रधानाध्यापक हुँ । आज म शैक्षिक प्रशासन र शिक्षण कार्यका दौडानमा आएका तपाईंहरूका गुनासाहरूलाई सम्बोधन गर्न अग्रसर भएको छु । यस पत्रले बालबालिकाहरूका क्रियाकलाप र शिक्षक वर्गका अध्यापन प्रक्रिया सम्वन्धी आम अभिभावकवर्गमा जरा गाडेर बसेका गलत धारणाहरूलाई हटाएर नवीन शैक्षिक चिन्तन ल्याउने तर्फगम्भीर पार्नेछ । साथै, शैक्षिक नीति निर्माताहरूलाई समेत केही हदमा गम्भीर पार्ने कुरामा आशावादी हुँदै एक किसिमको शैक्षिक चिन्तन अगाडि सार्दै छु ।
सामनाको शैक्षिक अवस्था र क्रियाकलापहरूका विषयमा मकहाँ बेलाबखतमा गुनासाहरू राख्दै आउनुभएको थियो । मैले पनि मौखिकरूपमा नै सम्बोधन गर्दै आएको थिएँ । यस पटक भने कार्यव्यस्तताका कारणले विद्यालय आउन नसकेको जनाई पत्रमार्फत नै केही गुनासाहरू राख्नुभएको रहेछ । लिखित जवाफ समेत माग गर्नुभएको रहेछ । यसका लागि खुशी व्यक्त गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछु । साथै, यहाँले राख्नुभएका गुनासाहरूलाई एकएक गर्दै क्रमशः सम्बोधन गर्ने जमर्को गर्दै छु । उठाइएका ती गुनासाहरू हुन्-
१) मेरी छोरी सामना हाँसिरहन्छे, गम्भीर बन्दिन । गम्भीर बनाइदिनुपर्यो । गम्भीरता नजानेका विद्यार्थीले केही बुझ्दैनन ।
२) ऊ चञ्चल छे । यसले समाजमा अराजकता मात्र निम्त्याउँछ । सरल व्यक्तिले सरल तवरले नै ज्ञानगुन सिक्छन् । सरल बनाइदिनुपर्यो ।
३) घरपरिवारका हरेक कुरामा चासो राख्छे, जान्न खोज्छे । अनावश्यक कुरामा बहकिएर पढाइमा बाधा नपार भन्दिनुपर्यो । बाहिरफेरो हर्ेदा आफूभित्र के छ र के छैन भन्ने कुरा नै भुल्छन् । भुल्दा वा भुलिँने काम गर्दा कसरी सिकाइ हुन्छ त –
४) हरेक कुरामा आफ्नै दृष्टिकोण व्यक्त गर्न खोज्छे । बेला नै नभई दृष्टिकोण राख्नाले उत्ताउलोपन बढ्छ । अहिले अभिभावक र शिक्षकवर्गले भनेका कुरा नै सिक्नु र घोक्नु पर्याप्त छ भन्दिनुपर्यो ।
५) ऊ विल्कुलै अनुशासनहीन छे । कसैले भनेको फिटिक्कै मान्दिन । ‘बाह्र वर्षकुकुरको पुच्छर ढुङ्ग्राामा राख्यो, बाङ्गाको बाङ्गै’ भनेझैँ जति सम्झाए पनि सही मार्गमा आउँदै आउँदिन । मर्यादित र अनुशासित बनाइदिनुपर्यो ।
६) म डाक्टर बन्न चाहन्थेँ, हुन सकिनँ । छोरीलाई भने डाक्टर नबनाई भएको छैन । म हरहालतमा आफ्नो इच्छापर्ूर्ति गर्न प्रतिबद्ध छु । अतः ऊ जेहन्दार हुनुपर्यो, तीक्ष्ण बुद्धि भएकी हुनुपर्यो । यी कुरामा हेक्का राखी पढाइदिनुपर्यो, आदि ।
अभिभावकज्यू, विद्यालयको रेकर्ड र क्रियाकलाप नियाल्दा निश्चय नै सामनामा बालसुलभ चञ्चलता छ । उनी कक्षाकार्य होस् या गृहकार्य आफ्नै ढङ्गले गर्न खोज्छिन् । कतिपय दिन त हामीले कक्षामा सिकाएभन्दा भिन्न प्रकारको उत्तर लेखेकी हुन्छिन् । यस्तो लेख्न कसले सिकायो भनेर प्रश्न सोध्दा हजुरहरूले बताउनुभएको उत्तरभन्दा भिन्नै उत्तर लेख्दा ठीक होला कि नहोला भनेर लेखेकी हुँ भन्छिन् । हजुरले भनेको उत्तर ठीक हुन्छ भने यस्तो उत्तर किन ठीक हुँदैन भनेर उल्टै प्रश्न गर्छिन् । विद्यालय परिवारले उनका हरेक जिज्ञासामा निकै रहस्य लुकेको पाएको छ । ती सबै पक्षलाई सम्बोधन गर्न हामीले निकै चिन्तन गर्नुपरेको छ । त्यसैले हामी भने निक्कै उत्साहित छौँ । हुन त हरेक कुराको विश्लेषण गर्ने आ-आफ्ना दृष्टिकोण हुन्छन् । हामी भने उनमा एक होनाहार प्रतिभामा हुनुपर्ने र्सवगुण विद्यमान् भएको देखिरहेका छौँ । यसको पुष्टिका लागि हजुरका गुनासाहरूको जवाफ दिनुपर्छ । अब भने त्यतैतिर लाग्नु श्रेयष्कर होला ।
१) अभिभावकज्यू, छात्रा सामनाको हाँसिरहने बानी खराब विल्कुलै होइन बरू उत्तम हो । यहाँ कुरा बुझ्न र विश्लेषण गर्न कमी भएको छ । बालबालिकाका निम्ति हाँसोले बुद्धि बृद्धिका लागि अस्त्रको काम गर्दछ । हाँस्दा समाजमा गम्भीर बाधा पर्दछ भन्ने हाम्रो विचार भ्रमपूण् छ । सबै बच्चा हाँस्यवृत्तिका साथ जन्मन्छन् । उनीहरूको मौलिकपन हटाउन खोज्नु भनेको कलिलो घाँटी निमोठ्नु हो । त्यसकारण हामी समाजका टाठाबाठाहरू बालबालिकाको जीवनमा गम्भीर चोट पार्न खोजिरहेका छौँ । के पशुपक्षीहरू हाँस्छन् त – हामी ठूलाठालुहरू मेसिनझैँ गम्भीर भएर काम गर्र्छौं । उमेर छिप्पिदै जाँदा स्वतः गम्भीरता बढ्दै जान्छ । बच्चाको निम्ति गम्भीरता त एक प्रकारको रोग हो । जोसँग प्रतिभा छ, त्यो सचेत बन्छ तर गम्भीरतालाई अङ्गालेर रहन सक्दैन । गम्भीर बन्दा बरू सिकाइको वेग रोकिन्छ, मन्द हुन्छ । सही काममा गम्भीर बन्नुछैन । चञ्चलताले चनाखो बनाउँछ । चनाखो नभई अबको युगमा जीवनरथ हाँक्न सकिन्न ।
२) अभिभावकज्यू, सामना चञ्चल हुनुले अराजकता निम्त्याउँदैन । त्यसले त बौद्धिक विकासमा ठूलो भूमिका पो खेल्छ । चुलबुल नगर्ने बालबालिकाहरू जड बुद्धिका हुन्छन् । चञ्चलता प्रदर्शन गर्नेले कठिन कुरा पनि सरल तवरले बुझ्न र ग्रहण गर्न सक्छन् । बौद्धिक व्यक्तित्व निर्माणमा उनीहरूमा भएको चञ्चलता सहयोगी हुन्छ । यस कलिलो उमेरमा चञ्चलता दमनको नीति लिने हो भने अनीष्ट निम्तन सक्छ । विवेकी व्यक्ति बनाउन पनि बालबालिकालाई बालसुलभ क्रियाकलाप गर्न छुट दिनुपर्छ ।
३) अभिभावकज्यू, होसियार बच्चाले मात्र हरेक कुरामा चासो राख्छन् । सबै कुरा जान्न र बुझ्न खोज्छन् । यी कुरा अनावश्यक नभई आवश्यक हुन् । यसखाले प्रवृत्तिले उनीहरूको पढाइमा बाधा पार्ने कुरा आउँदैन । बरू सहयोग मिल्दछ । हरेक कुराको खोज गरी सत्य कुरा ग्रहण गर्ने बानीको विकास हुन्छ । स्वयम् जान्न र बुझ्न उद्यत हुनु भनेको गर्वलायकको कुरा हो । आजको युगमा जीवनरथ हाँकनका लागि बहुमुखी प्रतिभाले सम्पन्न हुनर्ैपर्छ ।
४) अभिभावकज्यू, अर्काले थोपरेको सिद्धान्त वा उपदेशलाई अन्धो भएर खुरुखुरु अनुकरण गर्दा कस्तो विडम्बना भोग्नर्ुपर्छ भन्ने बारे हामीले सोच्नुपर्छ । हरेक कुरामा आफ्नै दृष्टिकोण व्यक्त गर्न खोज्नु त सिर्जनात्मक प्रतिभा हो । यस्तो प्रतिभाको त कदर पो गर्नुपर्छ । बाहिरको सूचना र जानकारी लिएर र सिकेर मान्छे बुद्धिजीवी त कहिएला तर बुद्धिमान् भने हुँदैन । अभिभावक र शिक्षकवर्गले भनेका कुरा नै सिक्नु र घोक्नु पर्याप्त छ भनेर बच्चाको मौलिक क्षमतालाई मार्ने काम हामी बौद्धिकवर्गले नै गर्ने हो भने कस्तो समाजको कल्पना गर्न खोजिएको हो – त्यो स्पष्ट हुनुपर्यो । तालिम प्राप्त सुगाले जे सिक्यो त्यही भट्याइरहन्छ । त्यसभन्दा बाहिर जाँदैन । पशुलाई काम गराउन सक्छौँ तर तिनीहरूले ठीकबेठीक के हो, छुट्याउन सक्दैनन् । के हामी मालिकको इसारामा नाच्ने बाँदर, भालुजस्ता जनशक्ति उत्पादन हुन् भन्ने चाहन्छौँ र – हामी त विवेकले काम गर्ने जनशक्तिको चाहना र कामना गरिरहेका छौँ । यसका लागि हरेक कुरामा हरेक व्यक्तिको आ-आफ्नै दृष्टिकोण हुनर्ुपर्छ । सैद्धान्तिक मार्गचित्र बमोजिम पढेको र घोकेको शिक्षाले मस्तिष्कको विकास त गर्छ तर हृदयको विकास ठप्प पार्छ । हृदयविनाको मान्छे गुलाम बाहेक अर्थोक बन्न सक्दैन । ‘म जे भन्छु त्यो मान्’ भन्नुको सट्टा मैले भनेको कुरा मलाई चाहिँ ठीक लागेको छ, तिमीलाई कस्तो लाग्छ भन्दियो भने बच्चामा खोजपूण् मन पैदा हुनसक्छ । आफैँले जन्माएका प्रश्नै प्रश्नको घेरामा बच्चा रहने अवस्था आएमा उसमा सत्यको खोज गर्ने चाहना र सामर्थ्य विकसित हुँदै जान्छ । यस खाले वातावरण निर्माणमा अभिभावकको भूमिका रहनर्ुपर्छ । अभिभावकले गम्भीर भएर सोच्ने बेला आएको छ ।
५) अभिभावकज्यू, धर्तीमा अनुशासन सिकेर कोही आउँदैन । कसैले भनेको सरासर मान्नु बन्धन स्वीकार्नु हो । नमान्नु त्यस बारे आफ्नो धारणा बनाउनु हो । हरेक कुरा बुझेर मात्र स्वीकारेको र अपनाएको अनुशासनले बच्चालाई स्वतः मर्यादित बनाउँछ । उनीहरू सही मार्गमा त्यस बेलामा आउँछ, जब उनीहरूको मस्तिष्कमा बौद्धिकताको मूल फुट्छ । त्यो मूल फुट्न बच्चालाई पूण्ा स्वतन्त्रता दिनु र दिलाउनुपर्छ । सामान्य गलत काम गर्न खोज्छन् भने पनि दिनर्ुपर्छ । गलत काम र ठक्करले नै सिकाइ हुन्छ । जति बढी गल्ती हुन्छ र सिकारूमा बोध हुन्छ, त्यत्ति नै बढी सिकाइ हुन्छ । बच्चा मर्यादित र अनुशासित हुँदा त सिकाइ गर्नै सक्दैनन् । मात्र अनुकरण गर्न सक्छन्, सिद्धान्त घोक्न सक्छन् । त्यस बखत हामीले बच्चालाई आफ्नो शरीरको सुरक्षा गर्ने सिद्धान्त दिनु भने अनिवार्य हुन्छ । बच्चालाई स्वतन्त्र छाडिदिनुपर्छ । नियन्त्रण गर्ने इरादाले निश्चित कुरा भन्नुहुन्न । बच्चा रिसाए, क्रोधित बने बन्न दिनुपर्छ । त्यसमा समेत शरीरभरि ऊर्जाको पुँञ्ज बग्दछ । प्रसन्न मुद्रामा हुँदा अझ उनीहरूको मुहारमा सौर्न्दर्यता झल्कन्छ । धेरै मान्छे सल्लाह दिन्छन् तर लिने भने विरलै हुन्छन् । अतः खोक्रो सल्लाह दिने भूल गर्नुहुन्न । समझदार बन्न सहयोग गर्नु नै पर्याप्त हुन्छ । अभिभावकले बच्चाको रेखदेखमा भने पर्याप्त समय दिनर्ुपर्छ । बच्चालाई एकान्तमा रहन, सोच्न र खेल्ने मौका पर्याप्त मात्रामा दिनुपर्छ । यसो गर्न सके उनीहरू स्वयम् आफ्नो विकास आफैँ गर्न सक्छन् । बच्चालाई एक्लै छाड्नु त हुन्न तर अभिभावक बाधक भने बन्नुहुन्न ।
६) अभिभावकज्यू, आफ्नो डाक्टर बन्ने धोको अपूरो रहेकोले आफ्नो बच्चाहरूमार्फ पूरा गराउन खोज्नु अभिभावक वर्गको अर्को भूल मात्र हैन कुठाराघात हो । हरेक व्यक्तिका आ-आफ्नै खालका इच्छा-आकाङ्क्षा हुन्छन् । सचेत बच्चा पनि आफ्नो इच्छापूर्ति गर्न प्रतिबद्ध हुनसक्छ तर बाबुआमा वा कसैको अपूरो इच्छापूर्ति गर्ने ठेक्का उसलाई स्वीकार हुन्न । किनभने ऊ पनि अरूजस्तै संसारमा साध्य भएर आउँछ, साधन भएर आउँदैन । अहिलेसम्मको महत्वाकाङ्क्षी समाजमा जसले अरूलाई जति बढी मात्रामा साधन बनाउन सक्यो, त्यत्ति नै मात्रामा ठूलो मान्छे कहलिने काममा शिक्षित वर्ग नै सक्रिय छन् । आफू साध्य भएर रहन अरूलाई साधन बनाउनु के मानवोचित कार्य हो त – अहँ, यो त चलाखी हो, महत्वाकाङ्क्षी सोच हो । यस खाले सोचले गर्दा त साधन बन्न विवसहरूले आफ्नो मौलिक व्यक्तित्व देखाउन सकेका छैनन् । आफ्नो मनलाई दवाएर, अरूको मनअनुरूप हिँड्न विवस छन् । अतः बच्चालाई जेहन्दार, तीक्ष्ण बुद्धि भएको बनाउन मातापितादेखि लिएर सामाजिक वातावरणको ठूलो भूमिका हुन्छ । प्रकृतिले शरीर दिए पनि उसको दिमाख भने समाजले दिन्छ । हामी जस्तो वातावरण दिन्छौँ, बच्चा त्यस्तै बन्छ । हामी सबैले यस्ता कुरामा हेक्का राखी बच्चाको भविष्यनिर्माणमा भूमिका खेल्नु जरुरी छ ।
आदरणीय अभिभावकज्यू, माथिका कुराले समेत हजुरको जिज्ञासा शान्त भएको हुनुछ । यसका अतिरिक्त पनि धेरै कुरा छन् । यहाँको जिज्ञासासँग सम्बन्धित अन्य एकाध कुराहरू समेत समेट्न खोज्दै छु । पतिपत्नीको रतिक्रिडाको समयमा आधारित मानसिकता, गर्भावस्थामा आमाको चालचलन र सोचविचार, प्रसवास्थामा आमाको मानसिकता, जन्मेपछिको बच्चाले पाउने सामाजिक वातावरणसम्मको प्रभाव बच्चामा पर्छ । विशेष गरी अभिभावकको सोच र क्रियाकलाप अनुकूल भए बच्चामा पनि अनुकूल र प्रतिकूल भए प्रतिकूल प्रभाव पर्दछ । वातावरण क्रोधित, झगडालु वा हिनताबोधी भए बच्चा त्यस्तै हुन्छन् । हामी बच्चाबाट आदर र सम्मानको अभिलाषी हुनुहुन्न । उल्टै उनीहरूलाई सम्मान र आदर गर्नुपर्छ । यसबाट उनीहरूलाई समझदार बनाउन सकिन्छ । ‘तँ ऊजस्तै बन्’ भनेर तुलना गर्ने गर्यो र उसका क्रियाकलापहरूका विरुद्धमा पटकपटक जाने काम गरियो भने बच्चा कि हिनतावोधले ग्रसित बन्छ कि उग्र अहङ्कारी हुन्छ । बच्चाहरूले जान्नुपर्ने सत्यको लागि सिद्धान्त घोकाउनु जरूरी छैन तर सत्यको खोज कसरी गर्ने भन्ने शिक्षा दिनु भने जरुरी छ । जिज्ञासु बन्ने, प्रश्न राख्ने र खोजअनुसन्धान गर्ने शिक्षा दिनु आवश्यक हुन्छ । उपदेश दिएर हैन, नैतिकता, धर्म र संस्कृतिका कुरा भनेर समेत होइन, सहयोग गरेर, मानसिक ऊर्जा दिएर, सुरक्षित पारेर र रक्षा गरेर उनीहरूलाई जागरूक र बुद्धिमान बनाउनुपर्छ । टेलिभिजनहरूबाट हिंस्रक दृष्य देखाउने हैन, इतिहास, भूगोल, साहित्य, विज्ञान, सङ्गीत आदि विधाका रचनात्मक र सिर्जनात्मक कुरा देखाउने गर्नुपर्छ । अर्को महत्वपर्ूण्ा कुरा के हो भने बच्चाको मागप्रति नकारात्मक सोच बन्दै राख्नुहुन्न । नकारात्मक कुराले बच्चाको सोचलाई नै नकारात्मक बनाइदिन्छ । जिज्ञासालाई दबाउने हैन उकास्ने र प्रोत्साहित गर्ने गर्नाले सकारात्मक प्रभाव पर्छ । आफूले जानेका कुरा रिठ्ठो नविर्राई भनिदिने गर्नुपर्छ तर नजानेको कुरा चाहिँ झूटो भनिदिने काम विल्कुलै गर्नुहुन्न । बरू जान्दिनँ भनेर भनिदिनु नै उत्तम हुन्छ ।
बच्चामा एकाधिकार जमाउनु र्सवथा अनुचित कुरा हो । म आमा हुँ, म बाबु हुँ वा म बच्चाको यो हुँ र त्यो हुँ भनेर एकाधिकार जमाउन खोज्दा व्यक्तिको व्यक्तित्व नष्ट हुन पुग्छ । अरूलाई पनि आफ्नै सम्झन सक्ने अवस्था दिलाउन सकेमा मात्र त्यो फलदायी हुन्छ । वस्तुमा अधिकार जमाएजस्तो बच्चामा जमाउन खोज्नाले बच्चा सन्तुलित तवरले अघि बढ्न सक्दैनन् । त्यसैले त कतिपय बच्चाहरू अत्यधिक लाडप्यार र अति मोहयुक्त नियन्त्रणले मात्तिएका र पात्तिएका देखिन्छन् । त्यसो हुनुमा अभिभावक नै जिम्मेवार छन् । जीवनलाई मन्दिर हैन कारखानामा परिणत गरिदिने भए मात्र बच्चाको स्वतन्त्रता र चाहनामा अङ्कुस लगाउनुपर्छ । हैन बच्चालाई स्वावलम्बी, कर्मयोगी र बुद्धिमान् बनाउने हो भने हरेक अभिभावकले समेत नयाँ शिक्षा लिनुपर्छ । पुरानो शिक्षाको जगमा उभिएर बच्चामा रहेको जीवन्तपनलाई मेट्न खोज्ने हो भने बच्चाका लागि अभिभावक बरदान हैनन् अभिसाप ठहरिन्छन् । किनभने बच्चाको त्यो जीवन्तपन दवाउँदा गम्भीरपन निर्माण हुन्छ । त्यसले सिकाइलाई सीमित पार्छ, बौद्धिकताको मार्ग थुन्छ । धन र पदमा सन्तुष्ट रहन सिकाउँछ । मानव जीवनको सार त्यत्तिमा मात्रै सीमित छैन । बच्चाले त खोजयात्रामा पो निस्कनर्ुपर्छ । जीवनभरि नयाँनयाँ कुरा खोजिरहनुपर्दछ । त्यो प्रतिभा दिलाउन बच्चासँगको दूरी घटाउनर्ुपर्छ । इमान्दारी, सच्चाइ र निष्ठाका साथ बच्चा हामी सामु हृदय खोल्छ तर हामी भने कार्यको बोझले जवाफ फकाउँदैनौँ र फराकिलो खाडल तयार गरिरहेका हुन्छौँ । यस किसिमको विडम्बनालाई निर्मूल पार्न आफ्नो मन बच्चासँग साट्नर्ुपर्छ, बदलामा बच्चा पनि आफ्नो मनपेट दिन्छ । अभिभावक एक मित्र, एक सहयोगीका रूपमा प्रस्तुत हुनर्ुपर्छ । समग्रमा के बुझ्नुपर्छ भने बच्चालाई केकस्तो आकार र रूप दिने हो, त्यसको जीवनलाई कतातिर लग्ने हो, कहाँ पुर्याउने हो – ती सबै हामी अग्रजकै हातमा छन्, हाम्रै क्रियाकलापमा आधारित छन् । उनीहरू त केवल गिलो माटो मात्र हुन् । कालिगढ, सिकर्मी, डमर्की, दर्जी, कुमाले त हामी अग्रजहरू नै हौँ ।
अन्तमा, अभिभावकज्यू, हजुरका जिज्ञासा र गुनासाहरू सम्बोधनमा आएका यी कुराहरूमा केही अपर्ण्ाता, अस्पष्टता भए वा हजुरका विचार विरुद्ध भए त्यसका लागि क्षमायाचना माग्दै र बालमुखी शैक्षिक चेतना प्राप्त हुने खालका प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा सहित अहिले भने पत्रान्त गर्दछु ।

प्रतिक्रियाहरु