कुमारी केटीहरुको ‘टपलेस’ ऩत्य

२०७० जेष्ठ ९ गते, बिहीबार

दक्षिण अफ्रिकी देश स्वाजिल्याण्डमा हरेक बर्ष लट्ठी नृत्य उत्सव मनाइन्छ । जसमा कसैसँग पनि सम्भोगसुख प्राप्त नगरेका हजारौ कुमारी युवतीलाई ‘टपलेस’ ऩत्य गराइन्छ । यो स्वजिल्यान्डको संस्कृति हो ।
यो उत्सवको मुख्य उद्देश्य त्यहाँका राजालाई रानी छान्ने अवसर प्रदान गर्नु हो । उत्सवमा कुमारी युवतीलाई मात्र सहभागी गराइन्छ । उनीहरुले कम्मरमाथि कुनै कपडा लगाउदैनन् र कम्मरमुनि निकै छोटा स्कर्ट पहिरिन्छन् । उत्सवमा युवतीले कुनै पनि भित्री वस्त्र लगाउन नपाइने नियम छ । करिव नग्न अवस्थामा उनीहरुले राजाका सामुन्ने नृत्य गर्दै परेड खेल्नुपर्छ । त्यसमध्ये कुनै पनि युवतीलाई मन पराएर राजाले विवाह गर्छन् ।
पछिल्लो समय यो अवसर राजा मस्वाती (तेस्रो) ले पाउदै आएका छन् । उनले अहिलेसम्म १३ पटक विवाह गरिसके । उनका २७ छोराछोरी छन् । प्रत्येक बर्ष उनलाई नयाँ पत्नी चुन्ने अधिकार हुन्छ । यिनी निकै ऐशआराम गर्न मन पराउने राजाका रुपमा चिनिन्छन् । उनका सबै श्रीमती एकसेएक अत्याधुनिक डिजाइनवाला कपडा पहिरिन्छन । स्वाजिल्न्ड अफ्रिका महादिपको एक मात्र राजतन्त्र भेको मुलुक हो ।
राजापछि त्यहाँ उपस्थित अरु पुरुषले पनि युवती छान्न सक्छन् । उत्सव गरिनेस्थलनजिकै नदी र तातोपानीको झरना छ । उत्सवमा सहभागी युवतीले त्यहाँ निर्वस्त्र भएर नुहाउछन् । त्यही नै पुरषहरुले आफूलाई मन पर्ने युवतीसँग खुला रुपमा यौन सम्वन्ध राख्छन् ।
यस्तो परम्पराका कारण स्वाजिल्यान्डका १५ देखि ४९ बर्षका महिलामा एचआइभी वा अन्य यौनजन्य रोगपाइन्छ । पुरुषको तुलनामा महिलालाई यस्तो रोग अधिक छ । संयुक्त राष्ट्रसँघका अनुसार त्यस्तो पुरानो परम्परा १३ देखि २४ बर्शरी महिलाई निकै खराव तरिकाले यौन अत्याचार हुने गरेको पाइएको छ । यस्तो परम्परा एचआइभी जस्ता रोगको मुख्य कारण पनि हो ।
उत्सवका बेलाबाहेक स्वाजिल्यान्डका युवतीलाई मिनिस्कर्ट वा नाइटो देखिने वस्त्र लगाउने अनुमती छैन । त्यस्तै, कम्मरभन्दा तल आउऩे जिन्स पनि प्रतिवन्ध लगाइएको छ । नियम उल्लंघन गर्नेलाई ६ महिनाको जेल सजाय दिइन्छ ।
यस्तो रोकप्रति पुलिस प्रवक्ता भेन्जी लेसा भन्छन, ‘ यो नियमले वलात्कारको मुद्दा कम हुनेछ । किनकि, युवतीले कम कपडा लगाउदा पुरुष वलात्कार गर्ऩ प्रोत्साहित हुन्छन् ।‘ उनको तर्क छ – यदि युवतीले कम कपडा लगाइन् भने वलात्कारीले सजिलै निर्वस्त्र पार्न सक्छ । त्यसले वलात्कारलाई सहज वनाइदिन्छ । उनको स्पष्ट मत छ – कम कपडा पहिरिने युवती आफ्नो वलात्कारकालागि आफै दोषी हुन्छिन् ।

प्रतिक्रियाहरु