महानगरको कार्यकारी अधिकृतको सरुवा

२०७० बैशाख २७ गते, शुक्रबार


काठमाडौ, – विहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौ महानगरपालिकाका कार्यकारी अधिकृतमा लक्ष्मण अर्याललाई नियुक्त गरेको छ । यस अघि राष्ट्रिय योजना आयोगमा रहेका अर्याललाई महानगरको कार्यकारीमा नियुक्त गरेको हो । तत्कालीन कार्यकारी अधिकृत केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । स्थानीय विकास मन्त्रलाय स्रोतका अनुसार अधिकारी निकै विवादित भएपछि उनलाई सरुवा गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु