बलात्कारीको नाक र कान काटियो

२०७० बैशाख ९ गते, सोमबार


काठमाण्डौ , भारतको राजस्थानमा एक बलात्कारीलाई नाक र कान काटेर हत्या गरिएको छ ।
राजस्थानको भिलवाडा जिल्लामा युवती बलात्कार गर्नेलाई पीडितका परिवारले कुटपिट गरी नाककान काटेर हत्या गरेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । हत्या गरिएका युवाले केही समय पहिले युवतीलाई आमा विरामी परेकाले जान आग्रह गरेर अज्ञातस्थलमा लगेर बलात्कार गरेका थिए ।
बलात्कारीको चंगुलबाट उम्केर आएपछि युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । प्रहरीले कारबाही अघि बढाउँदै गर्दा पीडित युवतीका परिवारले बलात्कारीलाई अज्ञातस्थलमा लगेर कुटपिट पछि हत्या गरेको बताइएको छ । प्रहरीले घटनाको पुष्टि गर्दै युवाकको शव सडकमा फेला परेको बताएको छ ।ती युवकको शव नाक कान काटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीय प्रहरीले पीडित युवतीका बाबु र भाइविरुद्ध मुद्दा दायर गरेको छ ।-
एजेन्सी

प्रतिक्रियाहरु