चार दलको सरकारलाई गलहत्याउने खेल

२०७० बैशाख ७ गते, शनिबार


काठमाडौँ । वर्तमान संकटको निकास भन्दै चार राजनीतिक दलहरूले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको नेतृत्व लिइदिन अनुनय-विनय गरी राजी गराएका थिए । असारको पहिलो साताभित्रै चुनाव गराउने वातावरण बनाइदिन कुनै कसर बाँकी नराखी दिने बाचा गर्दै उनीहरूले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको बागडोर सुम्पेका थिए । तर, जब प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकारको बागडोर सम्हाले त्यसपछि चार दल पुरानो आफ्नै शैली दोहोर्याउन थाले ।
चार दलका नेता चारतिर फर्केर सरकारले चुनावको मिति घोषणा गरेन भनेर सत्तो सराप गर्न थाले । उनीहरूलेे आफूहरूले सरकारलाई सहयोग गर्न दिएको वचन बिर्सेेएकोहोरो रूपमा सरकारको कार्यशैलीको विरोध गर्न थाले । चार राजनीतिक दलले आफ्नो स्वार्थपूर्तिका लागि डा. बाबुराम भट्टर्राईलाई सरकारबाट गलहत्याउन आफूलाई हत्कण्डाको रूपमा प्रयोग गर्न पुगेको प्रधानन्यायाधीश खिलराज रेग्मीले त्यतिबेला महसुस गरे जब उनी सपथ लिएर फर्किए । चार दलले आफूले गरेको बाचाबमोजिम निर्वाचनको वातावरण बनाउनु कता हो कता मिति मात्र घोषणा गर भनेर सरकारलाई र्सार्वजनिक समारोहमार्फत् दबाब दिने प्रयत्न गरे । चार राजनीतिक दलले आफूलाई प्रयोग गर्न मात्रै सरकारमा पुर्याएको यथार्थ पत्ता लगाएपछि अहिले चार दल र वर्तमान चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबीच दन्तवजान बढ्दै गएको छ । सरकार दलहरूले चुनावी वातावरण नबनाएकोले मिति घोषणा गर्न नसकिएको बताउँदै असारमा चुनाव हुन नसक्नुको सम्पर्ूण्ा दोषहरू चार दललाई लगाइरहेको छ भने चार दल सरकारले चुनावी एजेण्डाबमोजिम काम नगरेको भन्दै रोष प्रकट गरिरहेको छ ।
चार दलको राजनीतिक एकाधिकारको सिकार बन्दै सरकारमा पुगेका खिलराज रेग्मीलाई अब असारमा चुनाव गराउन नसकेको आरोप लगाउँदै सरकाबाट गलहत्याउने गृहकार्य सुरु भइसकेको स्रोतको दाबी छ । नेपाली काँग्रेस, एमालेलगायतका दलहरूले बाबुराम सरकारलाई गलहत्याउन आफूहरू लोकतन्त्र विरोधी कार्य भए पनि बाध्यतावश प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न राजी भएको कुराहरू खुलेर र्सार्वजनिक गर्न थालिसकेका छन् । उता एमाओवादीले पनि सरकारले असारमा चुनाव गर्न नसकेर अक्षम भइसकेको टिप्पणी विभिन्न र्सार्वजनिक समारोहमा गरिसकेको छ ।र्
वर्तमान स्थितिको आँकलन गर्ने हो भने चार दल पुनः असारमा चुनाव गर्न नसकेको भनी खिलराज सरकारलाई गलहत्याएर आफ्नै नेतृत्वमा सरकार बनाउने खेलमा लागिसकेको उनीहरूको बोली र व्यवहारले प्रष्ट हुन्छ । उता नेकपा-माओवादीसहितका ५२ वटा राजनीतिक दलहरूले पनि वर्तमान सरकारको खारेजी र संयुक्त राष्ट्रिय सरकार गठन नभएसम्म चुनाव हुन नसक्ने र सडक आन्दोलन चर्काउने उद्घोष गरेकाले पनि खिलराज रेग्मी सरकारको दिन गन्ती सुरु भइसकेको विशलेषकहरूको ठहर छ ।
समग्रमा भन्नुपर्दा चार दलको सरकारप्रतिको रबैया र नेकपा-माओवादीलगायत आन्दोलनरत ५२ दलको क्रियाकलाप हेदा रेग्मी सरकारको आयु ओरालो लागिसकेको प्रष्ट हुन्छ ।

प्रतिक्रियाहरु