कोइराला वैद्य निवासमा

२०७० बैशाख ५ गते, बिहीबार


काठमाडौँ, । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच आज
वैद्य निवास गोङ्गबुमा भेटवार्ता भएको छ । भेटमा सभापति कोइरालाले उच्चस्तरीय राजनीतिक समितिमा सहभागी हुन र संविधानसभाको निर्वाचनमा भाग लिन नेकपा–माओवादीलाई आग्रह गरेंका थिए ।सभापति कोइरालाले गरेंका आग्रहलाई अध्यक्ष वैद्यले अस्वीकार गर्दै चार दलको उच्चस्तरीय राजनीतिक समितिको कुनै हैसियत नभएको बताएका थिए ।यद्यपि अध्यक्ष वैद्यले सभापति कोइरालासँग भएको छलफल सकारात्मक भएको बताए। “समग्र राजनीतिक प्रक्रियाबारे कुराकानी भयो तर कुनै ठोस निष्कर्षमा भने पुग्न सकिएन ” वैद्यले बताए
माओवादीले प्रमुख चार राजनीतिक दलले गरेको ११ बुँदे राजनीतिक सहमति र राष्ट्रपति डा रामवरण यादवले जारी गरेको २५ बुँदे बाधा अड्काउ फुकाऊ आदेश अवैध भएको भन्दै आन्दोलन गर्दै आएको छ ।सो पार्टीले ती दुवै विषयलाई सच्याउनुपर्ने र अन्तरिम चुनावी परिषद्को सट्टा राजनीतिक दलहरुकै सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने माग राख्दै आएको छ ।सरकारले निर्वाचनको विरोधमा रहेको सो पार्टीलाई यही वैशाख ३ गते मात्रै वार्ताका लागि औपचारिकपत्र पठाएको हो ।

प्रतिक्रियाहरु