एमाओवादी कार्यकर्ता हतियारसहित पक्राउ

२०७० बैशाख ४ गते, बुधबार

काठमाडौं, – एकीकृत नेकपा माओवादीका एक कार्यकर्ता हतियार सहित पक्राउ परेका छन ।
पक्राउ परेका एमाओवादीका कार्यकर्ता पूर्व सभासद चन्द्रबहादुर थापाका प्रमुख सहयोगी यमबहादुर थापा हुन । थापालाई मंगलबार प्रहरीले गोंगबुस्थित नया बसपार्कबाट पक्राउ गरेको हो ।नया बसपार्कनजिकै रहेको मित्रनगरस्थित एक पसलमा लुकाई राखेको अवस्थामा प्रहरीले थापाको टुटु बन्दुक, एक दर्जनभन्दा बढी तरबार र केही लेनदेनका कागज बरामद गरेको थियो । थापा पक्राउ परेलगत्तैदेखि उनलाई रिहा गर्न उच्च प्रहरीहरुलाई दवाव परिरहेको थाहाभएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु