पाणिनि महोत्सव जेठ ३ गतेदेखि

२०७० बैशाख २ गते, सोमबार

अर्घाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमिमा महोत्सवसहित धार्मिक कार्यक्रम हुने भएको छ । आगामी जेठ ३ गतेदेखि ११ गतेसम्म पाणिनीमा श्रीमद्भागवत प्रवचन ५४ करोड दिब्य दिप प्रज्ज्वलन पञ्चायनदेव अनुष्ठान तथा पाणिनी धर्म महोत्सव २०७० गरिने भएको छ । मूल आयोजक समितिका संयोजक खगेन्द्रराज पोखरेलले पाणिनीको महत्व उजागार गर्ने कार्यक्रम आयोजना गरिएको बताए । समितिका प्रचार संयोजक विष्णु पोखरेका अनुसार धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पाणिनी तपोभूमिलाई अर्घर्ााँचीको पर्यटकीयस्थलका रूपमा विकास गर्ने कार्यक्रम आयोजना गरिएको हो । महोत्सवमा अमृत वचन तथा शुभ आशर्ीवाद व्रहृमनिष्ठ सन्त शिरोमणि स्वामी लोकानन्दबाट हुने आयोजकले बताएका छन । त्यस्तै विशेष भागवात प्रवचन संगीतमय रूपमा नेपालकै सबैभन्दा कम उमेरका भागवात वाचकद्वय वालन्यास पण्डित सन्देश किशोर गैरे र पण्डित धर्मराज अध्यायबाट हुने प्रचार संयोजक विष्णु पोखरेले बताए । हजारौँ वर्षपुरानो इतिहास बोकेको पाणिनि तपोभूमिमा प्राचीनकालमा तक्षशिला विश्वविद्यालयका प्राध्यापक भाष वैज्ञानिक महषिर् पाणिनि भगवान् शिवको तपस्याका लागि उत्तरापथतिर आएको कुरा भारत तथा नेपालका विज्ञहरूले प्रमाणित गरेका छन् । पाणिनियाहरू बस्ने ठाउँलाई कालान्तारमा पणेना भनिएको हुनसक्ने अनुमान विज्ञहरूले गरेका छन् । शान्त र मनोरम स्थान यस पाणिनि तपोभूमिमा आई महषिर् पाणिनिले भगवान् शिवको तपस्या गरेका कारण यस स्थानको महत्व बढी रहेको तपोभूमिका आर्थिक संयोजक धनराज पोखरेलको भनाइ छ । पाणिनि तपोभूमि लामो र महत्वपर्ूण्ा इतिहास बोकेको ऐतिहासिक क्षेत्र भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले यहाँको विकास गरी सिंगो अर्घर्ााँचीको विकासका लागि यस किसिमको कार्यक्रम आयोजना गरिएको व्यवस्थापन समितिका संयोजक रुद्र पोखरेलले बताए । पाल्पा सदरमुकाम तानसेनबाट करिव ३३ किलो मिटर पश्चिममा रहेको यस स्थानमा अर्घर्ँचीको सदरमुकाम सन्धिखर्कबाट पनि अन्दाजी ३३ किलो मिटरको दूरीमा पुग्न सकिन्छ । यस स्थान रूपन्देहीको सालझण्डीबाट करिव २६ किलो मिटर उत्तरमा पर्दछ । सालझण्डी -पाणिनितपोभूमि सडक सुचारु भएपछि बुटवलबाट दुइ घण्टामै पुग्न सकिने भएकाले पनि यसलाई लुम्बिनीका अन्य पर्यटकीय स्थलहरूसँगै विकास र संरक्षण तथा प्रचार गर्नुपर्ने देखिएको प्रचार सयोजक पोखरेलको तर्क छ । आन्तरिक तथा बाहृय र धार्मिक पर्यटनको राम्रो सम्भावना वोकेको पाणिनिबाट धवलागिरि, माछापुच्छ अन्नपूर्ण् लगायतको हिमशृंखला देख्न सकिन्छ ।
त्यस्तै तर्राईको समथर भूभागका अतिरिक्त भारतका विभिन्न स्थानसमेत यहाँबाट देख्न सकिन्छ । समुद्री सतहबाट यति धेरै अग्लो स्थानमा अवस्थित भए पनि पहाडको टुप्पोमा करिव ५ सय रोपनी समथर भूभाग रहेको छ । उक्त मैदानको बीचमा ठूलो पुष्करिणी दह रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कामिरिता २९औँ पटक सगरमाथा शिखरमा

२०८१ बैशाख ३० गते, आईतवार

१० शेर्पा सगरमाथाको चुचुरोमा

२०८१ बैशाख २९ गते, शनिबार

नेप्से ५ अंकले वृद्धि

२०८१ बैशाख २७ गते, बिहीबार