अमेरीकामा आप्रवासीहरुको प्रदर्शन

२०६९ चैत्र ३० गते, शुक्रबार


काठमाडौ , अमेरीकामा बसोबास गर्दे आएका दशौं हजार आप्रबासीहरुले नागरीकताको माग राख्दै प्रदर्शन गरेका छन् ।
कङग्रेसमा विचाराधीन रहेको आप्रवासी सम्बन्धी विधेयक पारित गर्न दवाव दिदै उनिहरुले देशभर प्रदर्शन गरेका हुन् ।
राजधानी वासिंटन डिसी, एटलान्टा, सान फ्रान्सिस्को लगायतका दर्जनौ शहरका हजारौ मानिसहरु सडकमा उत्रिएका छन् ।
विधेयक पारित भए अमेरीकामा बसोबास गर्दे आएका ११ मिलीयन गैह्र कानुनी आप्रवासीहरु राज्यको कानुन अन्तर्गत आउने छन् ।
गैह्र कानुनी रुपमा बसोबास गर्दै आएका मानिसहरु मध्ये अधिकाँस आप्रवासीहरु स्पेन बाट अमेरीका छिरेका हिस्पानीकहरु रहेका छन् ।
ग्रैह्रकानुनी आप्रवासीहरुलाई नागरीकता दिने विषयमा राष्ट्रपति बाराक ओबामाले यसअघिनै सहमति जनाइसकेका छन भने रिपव्लिकन पार्टि पनि लचिलो देखिएको छ ।
अधिकाँस हिस्पानीकहरु डेमोक्रेटिक पार्टिको पक्षमा रहेकाले उनिहरुको सहानुभुति आफूतिर आकर्शित गर्न पनि रिपव्लिकन पार्टिले आप्रवासी विधेयकमा समर्थन जनाउने सँकेत दिएको हो ।
आप्रवासीहरुसँगै अमेरीकाका वेरोजगार मानिसहरु समेत प्रदर्शनमा उत्रिएको विविसी अनलाइनले जनाएको छ ।
अमेरीकामा अझै २० मिलीयन मानिसहरुले पूर्ण कालीन रोजगार नपाएको विविसी अनलाइनले जनाएको छ ।

प्रतिक्रियाहरु