प्रगतिशील लेखक सङ्घको सम्मेलन आजदेखि

२०६९ चैत्र ३० गते, शुक्रबार


काठमाडौँ। प्रगतिशील लेखक सङ्घको नवौँ राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा हुने भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुका साथै सङ्घको नयाँ कार्यक्रम समेत तय गर्ने जानकारी दिईएको छ ।
सम्मेलनमा प्रगतिशील साहित्य लेखनमा योगदान पुर्याउने मोहन वैद्य, मोहनविक्रम सिंह, नारायणमान विजुक्छे, प्रदीप नेपाल र निनु चापागाईंलाई सम्मान गरिनेछ । सम्मेलनमा २५० प्रतिनिधि सहभागी हुने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरु