रेग्मीको नेतृत्वमा चुनावमा जादैनौं – थापा

२०६९ चैत्र २९ गते, बिहीबार

काठमाडौं ।
नेकपा (एकिकृत) को पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनले परि थापाको नेतृत्व नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलन लिएका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । ‘नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौं’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन चैत्र २० देखी २४ सम्म पोखरामा चलेको थियो ।
पत्रकार सम्मेलनमा नव निर्वाचित महासचिव परि थापाले सम्मेलनले गरेका निर्णय सार्वजनिक गर्नुभएको थियो । सम्मेलनले प्रधानन्याधिस खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारलाई बखास्त गरी अग्रगामी राजनैतिक दलहरुको सहमतिमा राष्ट्रिय संयुक्त सरकार गठन हुनुपर्ने, समानुपातिक प्रतिनिधित्वका लागि १ प्रतिशतको मत ल्याउनु पर्ने सिमा खारेजी हुनुपर्ने, निर्वाचन पूर्ण समानुपातिक प्रणाली हुनुपर्ने लगायतका निर्णयहरु सम्मेलनले गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञाप्तीमा जनाइएको छ ।
पत्रकारको एक प्रश्नको जवाफ दिदै महासचिव थापाले रेग्मी सरकारको खारेजी नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाउदै लिने बताउनुभयो । निर्दलिय सरकारको नेतृत्वमा हुने चुनाव गरिए आफूहरु सहभागी नहुने बताउदै त्यसलाई असफल बनाइदिने बताउनुभयो । देशभक्त र राष्ट्रवादी शक्तिहरुसँग मिलेर आन्दोलनलाई निर्णयक विन्दुमा पुर्याउने दावी गर्नुभयो ।
सम्मेलनपछि बसेको प्रथम बैठकले २९ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । जसमा महासचिव परि थापा, रामसिंह श्रीस, चित्रबहादुर आलेलाई स्थायी समिति सदस्य र कमल चौधरी, सिताराम तामाङ, युवराज पंथी, केशरबादुर गुरुङ, प्रेस सुवेदी, चरन पुन, डाचाराज वाग्ले, केश बहादुर परियार, कृष्ण राना, सन्दीप, नगेन्द्र राई, निलबहादुर पुन लगायत छन् ।
२०६३ मा तीन वटा साना कम्युनिष्ट पार्टीबीच एकीकरणपछि नेकपा एकिकृत बनेको थियो । एकताको बेला रामसिंह श्रीसले नेतृत्व गनुभएको थियो भने सातौ महाधिवेशनले ऋषी कटेललाई अध्यक्षमा निर्वाचित गरेको थियो । त्यसैगरी आठौं माहाधिवेशनले सिताराम तामाङलाई अध्यक्षमा निर्वाचित गरेको थियो भने पोखरामा सम्मेलन अहिलेको सम्मेलनले परि थापालाई ।
>-दिपेन्द्र रावल

प्रतिक्रियाहरु