नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न

२०६९ चैत्र २९ गते, बिहीबार

चारदिने महासमिति बैठकमा सकिएको छ । बैठकको अन्तिममा शीर्ष नेताहरुले विचार राखेर बैठक टुंग्याएका छन् । उपसभापति रामचन्द्र पौडेलद्वारा राखेको राजनीतिक प्रस्ताव परिमार्जन गर्ने निर्णय गरी महासमिति बैठक सकिएको हो ।उपसभापति रामचन्द्र पौडेलले ७ वा १३ प्रदेश सहितको संघीयताको मोडेल सहित समसामयिक राजनीतिक विषयवस्तुबारे राजनीतिक प्रस्ताव बैठकमा पेस गरेका थिए । बैठकमा महासमिति उनको प्रस्तावमा धेरै नै सुझाव दिएका छन् ।समापनलाई सम्बोधन गर्दै शीर्ष नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिए ।यदि यो चुनाव कांग्रेसले जिते मात्रै राष्ट्रियता र लोकतन्त्र मजबुत हुन्छ ।’ कांग्रेस पार्टी एकतावद्ध भएर अघिबढे जुनुसकै शक्ति आएपनि हल्लाउन नसक्ने नेताहरुको दाबी थियो । नेताहरुले आगमी निर्वाचनलाई केन्द्रमा राखेर निर्वाचनमा जान महासमिति सदस्यलाई आग्रह गरे ।
महासमितिमा आएको सुझावलाई अध्ययन गरी परिमार्जन गर्न पौडेलकै संयोजकत्वमा ९ सदस्यीय समिति बनाइएको छ । भने अन्य प्रस्तावलाई पारित गरेको छ ।
समितिले तयार गरेको परिमार्जन सहितको राजनीतिक प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन पछि मान्य हुने गरी महासमिति बैठकले पारित गरेको हो । ७ प्रदेशभन्दा बढी बनाउन नहुने पक्षमा बहुमत सदस्यहरुले सुझाव दिएका थिए ।

महासमितिको बैठकद्वारा पारित प्रस्तावहरु
१. महासमितिमा प्रस्तुत राजनीतिक प्रस्तावका सम्बन्धमा प्राप्त सुझावहरुको अध्ययन गरी प्रतिवेदन तयार गर्न देहाय बमोजिमको समिति गठन गरिएको छ र यस समितिले प्रस्तुत गरको अध्ययन प्रतिवेदनका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी राजनीतिक प्रस्ताव पारित गरियो ।
१. उपसभापति श्री रामचन्द्र पौडेल संयोजक
२. श्री चिनकाजी श्रेष्ठ (गोरखा) सदस्य
३. श्री रमेश लेखक (कञ्चनपुर) सदस्य
४. श्री रामकृष्ण यादव (धनुषा) सदस्य
५. श्री यज्ञबहादुर थापा (कास्की) सदस्य
६. श्री तारामान गुरूङ (संखुवासभा) सदस्य
७. श्री विजुल विश्वकर्मा (दाङ) सदस्य
८. श्री अनिता देवकोटा (दाङ) सदस्य
९. श्री दामोदर खड्का (काठमाडौं) सदस्य
२. केन्द्रीय कार्यसमितिबाट महासमितिमा प्रस्तुत विधान संशोधन प्रस्ताव पारित गरियो ।
३. केन्द्रीय कार्यसमितिबाट महासमितिमा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरियो ।
४. विगतमा एमाओवादी सरकारले एकपक्षीय र पूर्वाग्रही ढंगले विभिन्न निकायहरुमा गरेका राजनीतिक नियुक्ति र अन्य कामहरु निष्पक्ष निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने हुादा ती नियुक्ति र तत् सम्बन्धी कामहरु अविलम्व खारेज गर्न नेपाली कांग्रेस मन्त्रिपरिष्दसाग मांग गर्दछ । त्यस्तो नहुाञ्जेल निर्वाचनको निष्पक्षता बारे चुनावी मन्त्रिपरिषद्माथि पनि आशंका उब्जनेछ भने आम नागरिकले पनि निष्पक्षताको प्रत्याभूति गर्न पाउने छैनन् भन्ने नेपाली कांग्रेसको ठहर छ । त्यसैले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न राज्यका सम्पूर्ण अंगहरुलाई निष्पक्ष बनाउन यो बैठक सरकारको ध्यानाकर्षण गराउादछ ।
५. साझा पहिचान र सामथ्र्यका आधारमा संघीयता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्न नेपालमा संविधानासभाको निर्वाचन दोस्रो पटक गर्ने परिस्थिति खडा भएको छ । तमाम राजनीतिक दल र राष्ट्रकै लागि यो निर्वाचन अग्नी परिक्षाको रुपमा उपस्थित भएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित तथा निर्विघ्नताका साथ सम्पन्न गर्ने वातावरण तयार गर्न देशका सम्पूर्ण राजनीतिक दल र सम्बन्धित सबै पक्षसाग नेपाली कांग्रेस आग्रह गर्दछ । निर्वाचन २०७० साल मंसिर भित्रै सम्पन्न गर्नका लागि सबै दलहरुसाग वार्ता तथा संवाद गर्न नेपाली कांग्रेस अग्रसरता लिने निर्णय गर्दछ ।
६. आगामी संविधानसभाको निर्वाचनलाई उच्चतम प्राथमिकतामा राखी नेपाली कांग्रेसले देशव्यापी रुपमा जनस्तरसम्म पुग्ने गरी संगठन सुदृढीकरण तथा परिचालन सम्बन्धी कार्यक्रम ल्याउनेछ । यसका लागि पहिलो चरणमा केन्द्रले यही २०७० वैशाख १० गतेभित्र सबै जिल्लाहरुमा विशेष जिम्मेवारी सहित एक महिनाका लागि केन्द्रीय प्रतिनिधि पठाउनेछ । जिल्ला, क्षेत्र, नगर, गाउा, वडा तहसम्म पार्टीको नीति र कार्यक्रमहरु पुर्याेउने र संगठनलाई पूर्ण रुपले सक्रिय गराउनु यसको उद्देश्य हुनेछ ।
७. केन्द्रीय विभागहरुहरुलाई एक महिनाभित्रैमा पूर्णता दिइनेछ । त्यस्तै पार्टीको जिल्ला, क्षेत्र, नगर, नगर वडा, गाउा, वडा र मतदान केन्द्र तहसम्म संगठन निर्माणलाई पूर्णता दिन बाँकी भए एक महिनाभित्रैमा पूर्णता दिईसक्नु पर्नेछ ।
८. पार्टीको सिद्धान्त, समसामयिक दृष्टिकोण तथा चुनावी रणनीति बारे क्रियाशील सदस्यसम्मलाई प्रशिक्षित गर्न आउादो २०७० भाद्र महिनासम्ममा वडा र मतदान केन्द्र तहसम्म नै प्रशिक्षण कार्यक्रमलाई पुर्याीइनेछ । त्यसका लागि तत्कालै अञ्चल स्तरीय प्रशिक्षकहरु तयार गरिनेछ र तिनीहरु मार्फत् देशभरिका वडा र मतदान केन्द्र तहसम्म प्रशिक्षण पुर्यायइनेछ ।
९. आगामी निर्वाचनमा पार्टीले विधानको प्रकृया बमोजिम समग्र मूल्याङ्कनका आधारमा उम्मेदवार तय गर्नेछ । पार्टीको निर्णयबाट उम्मेदवार तोकी सकेपछि त्यसको पक्षमा व्यक्तिगत र सामूहिक रुपले सक्रिय सहयोग गर्नु र सफल बनाउनु प्रत्येक सदस्यको कर्तव्य हुनेछ । निर्वाचनमा पार्टीको पक्षमा पर्ने मतले नै पार्टीको हैसियत र उसको जीवन्तता प्रकट हुन्छ । त्यसमा कतै कसैबाट असहयोग भएको पाइएमा विधान अनुसार तत्काल कार्वाहीको भागी हुनु पर्नेछ ।
१०. नेपालका तमाम् महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु समुदाय, अल्पसंख्यक, पिछडा वर्ग र क्षेत्रका जनताको उत्थानका लागि प्राथमिकताका साथ विशेष कार्यक्रमहरु ल्याउन नेपाली कांग्रेस प्रतिवद्ध छ । नेपालका महिला मध्ये पनि गरीब महिलाको संख्या ठूलो छ । त्यस्तै आदिवासी जनजाति, मुश्लिम, मधेशीहरु मध्येका गरीबहरुको संख्या पनि त्यत्तिकै ठूलो छ । यी सबै वर्ग र निरपेक्ष गरीबीको रेखामुनीका आम जनतालाई पहिचान प्रमाणपत्र वितरण गराइनेछ । देशका वेरोजगार युवाहरु लगायत निरपेक्ष गरीबीको रेखामुनी रहेका सबै सीमान्तकृत वर्गलाई लक्षित गरी विशेष कार्यक्रम ल्याइनेछ । अत्यन्त पिछडिएका जनतालाई लक्षित गरेर नेपाली कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगार, आवास र खाद्य सुरक्षा जस्ता कुराहरु सुनिश्चित गर्न विशेष कार्यक्रम ल्याउनेछ ।
११. एनेकपा माओवादी र मधेशी मोर्चा सरकारको कार्यकालमा मुलुकमा व्यापक भ्रष्टाचार र राज्य कोषको चरम दुरुपयोग भएको छ । केन्द्रदेखि स्थानीय तह लगायत माओवादी लडाकू शीविरमा समेत भएका यस्ता घटनाको अविलम्व छानविन हुनुपर्छ र दोषी उपर कडा कार्वाही हुनुपर्छ भन्ने महासमितिको यो बैठक ठहर गर्दछ ।
१२. शाही शासन लगायत विभिन्न कालखण्डमा नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुमाथि लगाइएका झुठा मुद्दाहरु फिर्ता, खारेजी तथा माफी मिनाहाको लागि पार्टीले पहल गर्नेछ ।
१३. विगत गठबन्धन सरकारले द्वन्दकालमा अनेक यातना, शारीरिक, भौतिक क्षति व्यहोरेका लोकतन्त्रका पक्षधर माओवादी पीडितहरुप्रति राहत वितरणमा घोर पक्षपात र उपेक्षा गरेको छ । नेपाली कांग्रेस सबैलाई समान आधारमा राहत दिलाउन र कब्जा सम्पत्ति फिर्ता गराउन प्रतिवद्ध छ ।
१४. नेपाली कांग्रेस जिल्ला कार्यसमिति, नवलपरासीले व्यवस्थापकीय जिम्मेवारी लिई महासमितिको बैठक सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्या एकोमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासी लगायत पार्टी एवं भ्रातृ/शुभेच्छुक संघ संस्थाका विभिन्न निकायहरुप्रति महासमितिको यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
१५. महासमिति बैठक सम्पन्न गर्न गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीले दिव्यधामको परिसर उपलब्ध गराई सहयोग गरेकोमा महासमितिको यो बैठक यस संस्थाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
१६. महासमितिको बैठक सफलतापूर्वक सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि सहयोग गर्नु हुने सरकारी सुरक्षा निकायका सबै अंगहरु, समाचार संकलनमा सहयोग पुर्यारउनु हुने स्वदेशी तथा विदेशी संचार माध्यमहरु, चिकित्सकहरु, नेपाल भूतपूर्व सैनिक संघका साथीहरु, स्वयंसेवकहरु सबैको सकृय सहयोगलाई सह्राना गर्दै यो महासमितिको बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ ।

प्रतिक्रियाहरु