प्रतिमिनेट २४ महिला बलात्कृत

२०६९ चैत्र २५ गते, आईतवार


काठमाडौँ । अमेरिकी मुलुकमा प्रतिमिनेट २४ जना महिला बलात्कृत हुने गरेको एक र्सर्वेक्षणले देखाएको छ । औसतमा प्रतिमिनेट २४ जना महिलाले आफ्नो साथी वा जीवनसाथीबाट बलात्कार वा यौनजन्य हिंसाको सामना गर्नुपरिरहेको र्सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार ५ मा १ महिला तथा ७१ मा १ अमेरिकी पुरुष जीवनमा कम्तीमा एकपटक बलात्कारको सिकार हुने गरेका छन् । अधिकतम महिला २५ वर्षो आसपासमा बलात्कृत हुने गरेका छन् भने ४२ दशमलव २ प्रतिशत महिलाले १८ वर्षै उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् । मेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले गरेको र्सवेक्षणमा १ दशमलव २ करोड महिला तथा पुरुष यौनहिंसाको सिकार भएका छन् । यस्तो हिंसाको सिकार भएका महिलाहरूले आफूलाई पति वा नजिकको साथीले बलात्कार गर्न खोजेको बताएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु