ओबामाले तलबको पाँच प्रतिशत सरकारी कोषमै फर्काउने

२०६९ चैत्र २५ गते, आईतवार


काठमाडौँ । चर्को आर्थिक मन्दीको चपेटा बेहोरेर विभिन्न क्षेत्रको बजेट कटौती भोगिरहेको अमेरिकाका राष्ट्रपति वाराक ओवामाले आफूले पाउने तलबको पाँच प्रतिशत सरकारी कोषमा नै फिर्ता गर्ने भएका छन् । ओवामाको तलब मासिक ४ लाख डलर रहेको छ जसमध्ये २० हजार डलर उनले सरकारी कोषमा फर्काउने घोषणा गरेका हुन् । उनले सरकारी कोषमा फर्काउन लागेको रकमलाई रुपियाँमा रूपान्तर गर्दा करिब १७ लाख हुन आउँछ ।’ ओवामाले आफ्ना कर्मचारीलाई ५ प्रतिशत रकम फिर्ता गर्न निर्देशन दिइसकेका छन्,’ हृवाइट हाउसका प्रेस सेक्रेटरी जे कार्नीले बताए ।’ कानुनअनुसार राष्ट्रपति र कँग्रेसका सदस्यको तोकिएको तलब परिवर्तन गर्न पाइँदैन । जे होस, राष्ट्रपतिले यो कानुन मिचेर पनि मुलुकका लागि रकम फिर्ता गर्न लागेका छन्,’ कार्नीले भने । मार्चबाट नै उनले यो रकम तिर्ने तयारी गरेका थिए तर अप्रिलबाट मात्र लागू हुने भएको छ । एक दिनअघि मात्रै अमेरिकी डिफेन्स सेक्रेटरी चोक हेगलले यस्तैखाले घोषणा गरेका थिए । सिनेटर मार्कवेगिचले पनि पनि यसै वर्षआम्दानीको ठूलै हिस्सा सरकारलाई फिर्ता गर्ने निर्ण्र् गरेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु