मे दोस्रो साताबाट अल्ट्रालाइटले उडान थाल्ने

२०६९ चैत्र २५ गते, आईतवार


काठमाडौँ आगामी मे दोस्रो साताबाट अल्ट्रालाइट कम्पनीले पोखरामा उडान सुरु गर्ने भएको छ । योसँगै अब पोखराको आकाशमा अल्ट्रालाइट जहाजबाट उडान गर्ने कम्पनी दर्ुइवटा हुनेछन् । पोखरामा यसअघि एभिया क्लबले मात्र अल्ट्रालाइट जहाजबाट उडान गर्दै आएको छ । युक्रेनको एरोस कम्पनीद्वारा निर्मित ८० हर्सपावर क्षमताका ‘फोर-स्ट्रोक’ इन्जिनयुक्त तीनवटा जहाजबाट उडान सुरु गर्न लागेको कम्पनीका अध्यक्ष प्रवीण बानियाँले जानकारी दिए । कम्पनीले ५ करोड रूपैयाँ लगानी गर्दैछ । आगामी मे दोस्रो साताबाट पोखरामा उडान सुरु गर्ने तयारी भइरहेको उनले बताए । ‘सबै तयारी अन्तिम चरणमा पुगेको छ, यो महिनाको अन्तिम साता तीनैवटा जहाज पोखरा आइपुग्छन्,’ बानियाँले भने, ‘पोखरा विमानस्थल परिसरमा त्यागेर पनि तयार हुँदैछ, डेढ महिनाभित्रै उडान सुरु गछौंँ ।’ पोखराको चालु विमानस्थलबाटै उडान थाल्ने उनले बताए । बानियाँका अनुसार अल्ट्रालाइट जहाजका लागि दर्ुइजना रसियाली पाइलट केही दिनअघि नै पोखरा आइसकेका छन् । इन्जिनियर र अर्का एकजना पाइलट जहाजसँगै आइपुग्ने छन् । ‘पोखरामै यसअघि अल्ट्रालाइट जहाज उडाएका अनुभवी पाइलटलाई हामीले ल्याएका छौँ, हामीलाई जनशक्तिको पनि अभाव छैन,’ बानियाँले भने, ‘तोकिएको समयभित्रै उडान सुरु गर्ने गरी सबै तयारीलाई तीव्र पारेका छौँ ।’ कम्पनीले अल्ट्रालाइलट जहाज भित्र्याउन करिब दर्ुइ वर्षेखि प्रक्रिया सुरु गरेको थियो । उनका अनुसार पाइलट र एकजना यात्रु गरी दर्ुइजना मात्र उड्न मिल्ने यो अल्ट्रालाइट जहाजमा ‘फ्लेक्स विड्स’ छन् । ‘खुला दृश्य हर्ेन पाउने गरी यी जहाजको बनोट छ, पर्यटकले सिधा आँखाले पोखरासहित आसपासका रमणीय दृश्य अवलोकन गर्न पाउने छन्,’ उनले भने । कम्पनीका जहाजमा अत्याधुनिक सुरक्षा प्रणाली जडान गरिएको उनले बताए । बानियाँका अनुसार कम्पनीले आगामी सेप्टेम्बरसम्म थप दर्ुइजना विदेशी पाइलटलाई पोखरा भित्र्याउने तयारी गरिहेको छ । ‘पाँचजना पाइलटको समूह बनाएर आलोपालो उडान गर्ने व्यवस्था मिलाउँदैछौँ,’ उनले भने, ‘केही समयभित्रै स्वदेशी पाइलट र इन्जिनियर आफैँले उत्पादन गर्ने तयारी पनि गरिरहेका छौं । इन्जिनियरलाई प्रशिक्षणका लागि बाहिर पठाउने तयारी भइरहेको छ ।’ पोखरा आएका पर्यटकले चाहेको बेला अल्ट्रालाइट जहाजबाट उड्न पाउने अवस्था नरहेकाले पनि यसमा लगानी गरेको उनले बताए । ‘हालसम्म एउटा मात्र कम्पनीले सेवा दिइरहेकोमा पर्यटकीय सिजनताका उसलाई भ्याइनभ्याई हुन्छ,’ उनले भने, ‘अर्काे कम्पनी थपिँदा पनि पर्यटकको अभाव हुने देखेका छैनौँ, त्यसैले पनि यस क्षेत्रमा लगानी गर्यौं । पर्याप्त सम्भावना देखेरै यसमा लगानी बढाएका हौं ।’ कम्पनीको संख्या थपिँदै जाँदा पर्यटकको अभाव नहुने उनले बताए । ‘हामीले आफ्नै तरिकाले योजना बनाएका छौँ, पर्यटक जुटाउने हाम्रो आफ्नै च्यानल पनि छ,’ उनले भने, ‘सिजनताका कतिपय पर्यटकले चाहेर पनि अल्ट्रालाइट जहाजबाट उड्न पाउँदैनन्, एउटा कम्पनी भएकाले पनि हालसम्म पालो पाउन मुस्किल छ ।’ अफसिजनमा स्वदेशी पर्यटकका लागि छुट्टै प्याकेज बनाएर उडान गर्ने उनले बताए । पछिल्लो समय प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको संख्या बढिरहेको बेला अल्ट्रालाइटमा पनि उनीहरूको पहुँच पुर्याउन सके थप पर््रवर्द्धन हुने उनले बताए । पोखरा अल्ट्रलाइटले विदेशी पर्यटकका लागि अहिले १५, ३०, ६० र ९० मिनेटको प्याकेज बनाएको छ । १५ मिनेटको ९० अमेरिकी डलर, ३० मिनेटको १६० डलर, ६० मिनेटको २५५ डलर र ९० मिनेटको ३७५ डलर छ । आन्तरिक पर्यटकका लागि भने छुटसहितको विशेष प्याकेज बनाउने तयारी गरेको बानियाँले सुनाए । पर्यटन व्यवसायीहरू पनि पोखरामा साहसिक पर्यटक पर््रवर्द्धन गर्नका लागि हवाई खेलकुदको क्षेत्रमा लगानी थपिनु सकारात्मक रहेको बताउँछन् । ‘पोखरालाई साँच्चै साहसिक खेलको गन्तव्यस्थल बनाउने हो भने यस्ता लगानी थपिनु जरुरी छ,’ हवाई खेलकुद संस्था -एनएए) का महासचिव बसन्त दवाडीले भने, ‘साहसिक पर्यटकको गन्तव्य बनाउन अल्ट्रालाइट र प्याराग्लाइडिङजस्ता क्षेत्रमा लगानी थपिनर्ुपर्छ यस्तै लगानीले नै पोखरालाई माथि उठाउँछ ।’ पोखरालाई आधार मानेर यस्ता साहसिक गतिविधिका प्रविधि भित्र्याउँदा पोखरा आएका विदेशी पर्यटकको बसाइ लम्बाउन सकिने उनले बताए । ‘साहसिक खेलका गतिविधिले पोखरामा पर्यटकको वृद्धि मात्र होइन, उनीहरूको बसाइ अवधि पनि लम्बिन्छ,’ उनले भने, ‘त्यसैले नयाँ प्रविधि र लगानी भित्रिनु जरुरी छ ।’ लगानी बढ्दै जाँदा पोखराको पर््रवर्द्धन अन्तर्रर्ााट्रयस्तरमा पर््रवर्द्धन गर्न सहज हुने उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कामिरिता २९औँ पटक सगरमाथा शिखरमा

२०८१ बैशाख ३० गते, आईतवार

१० शेर्पा सगरमाथाको चुचुरोमा

२०८१ बैशाख २९ गते, शनिबार

नेप्से ५ अंकले वृद्धि

२०८१ बैशाख २७ गते, बिहीबार