रोजगारका लागि इराक जान पाइने

२०६९ चैत्र २५ गते, आईतवार


काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले इराकमा कामका लागि जान अनुमति दिर्ने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले इराकको राजधानी बर्दादस्थित दक्षिण कोरियाली दूतावासले १३ नेपाली कामदार मागेकाले श्रम स्वीकृतिलाई सिफारिस गर्ने निर्ण्र्ाा गरेको हो । इराकमा साढे ८ बर्षघि १२ नेपालीको एक आतंकवादी समूहले सामुहिक हत्या गरेपछि ०६१ भदौ १६ गतेदेखि सरकारले कामका लागि प्रतिबन्ध लगाउँदै आएको छ । श्रम मन्त्रालयमा गत सोमबार भएको बैठकले ‘बग्दातस्थित कोरियन दूतावासबाट माग भइ आएकाले श्रम स्वीकृति दिने प्रक्रिया अघि बढाउन सिफारिस गर्ने निर्ण्र्ाा गरियो’ भनेको छ ।
मन्त्रालयको श्रम सम्बन्ध महाशाखाका प्रमुख सहसचिव विनोद केसीको अध्यक्षतामा श्रम, परराष्ट्र, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिको बैठकले सिफारिसको निर्ण्र्ाा गरेको हो । ‘कूटनीतिक निकायमा कामदार पठाउन मन्त्रालयको निर्देशन मागेका थियौं, जुन १३ जना कामदारको हकमा प्राप्त भएको छ,’ विभागका निर्देशक तथा प्रवक्ता दिवस आचार्यले जानकारी दिएका छन ।
उनका अनुसार मन्त्रालयमा भएको बैठकले गरेको यो सिफारिस सचिवस्तरीय निर्ण्र् भएपछि लागू हुनेछ ।

प्रतिक्रियाहरु