अम्बानीको घर विश्वकै महंगो

२०६९ चैत्र २५ गते, आईतवार

काठमाडौँ । बिजिनेस पत्रिका फोब्रसले मुकेश अम्बानीको बहुचर्चित घर ‘एन्टलालिया’ लाई ‘विश्वभरका अर्बतिहरूको सबैभन्दा महंगो घरहरू’ को सूचीमा पहिलो स्थानमा राखेको छ । फोब्रसले उसको वेबसाइटमा जारी ताजा सूचीमा शीष् अर्बपतिहरूको २० वटा घरहरूलाई स्थान दिएको छ । फोब्रसले करिब २१ अर्ब ५० करोड डलरको सम्पत्तिका मालिक मुकेश अम्बानीको घर ‘एन्टालिया’ को बारेमा लेखेको छ- ‘पेट्रो रसायन व्यवसायी मुकेश अम्बानीको मुर्म्बईस्थित २७ तले घर ‘एन्टालिया’ पृथ्वीमा सबैभन्दा महंगो घर हो, यसको निर्माणमा करिब एकदेखि दर्ुइ अर्ब डलर खर्च भएको छ ।’ पत्रिकाले लेखेको छ- ‘यो विशालकाय घरको छ तलमा पार्किङ र ग्यारेज मात्र छ तथा बस्नका लागि चार लाख वर्ग फुट स्थान छ जसमा एक बलरुम छ जसको छत क्रिस्टलले सजाइएको छ, यो घरमा एउटा सिनेमा थिएटर, बार, तीन हेलिप्याडका अतिरिक्त सबै अत्याधुनिक सुख सुविधाहरू छन्, एन्टालियामा काम गर्नका लागि छ सय कर्मचारीहरूको आवश्यकता हुन्छ ।’ सबैभन्दा महंगो २० वटा घरहरूको सूचीमा दोस्रो नम्बरमा ब्राजिलका अर्बपति लिलि साप|को प|न्सस्थित ‘भिल लिओपोन्डा’ रहेको छ जसको मूल्य सन् २००८ मा करिब ७५ करोड डलर रहेको थियो । बीस एकडमा फैलिएको सो घरको निर्माण राजा लिओपोल्ड विद्युतीयले गराउनुभएको थियो । फोब्रसले न्यूयोर्कस्थित ‘फेअर फिल्ड’ लाई तेस्रो सबैभन्दा महंगो घरको रूपमा स्थान दिएको छ जसको मालिक अमेरिकी व्यवसायी इरा सेर्न्नर्ट हुन । सो घरको मूल्य करिब २४ करोड ८० लाख डलर रहेको छ । सो घरमा २९ वटा बेडरुम र तीन स्विमिङ पुल तथा यसको परिसरमा आफ्नै विद्युत संयन्त्र रहेको छ । विश्वको सबैभन्दा महंगा घरहरूको सूचीमा एक अर्का भारतीय मूलका व्यवसायी तथा ‘स्टिल किङ’ को नामबाट प्रख्यात लक्ष्मी निवास मित्तलको घर ‘केसिङटन प्यालेस’ लाई चौथो स्थानमा राखिएको छ । लन्डनको ‘बिलियनायर रो’ स्थित सो घरलाई सन् २००८ मा २२ करोड २० लाख डलरमा खरिद गरिएको थियो । लक्ष्मी निवास मित्तलले सो घर उहाँका छोराका लागि खरिद गर्नुभएको बताइएको छ । सो सूचीमा पाँचौं स्थानमा अर्बपति रिनट अखमेतोभको घर ‘वन हाइड पार्क सन् २०११ मा मूल्य २२ करोड १० लाख डलर, छैठौं स्थानमा ओरेकल कम्पनिका संस्थापक ल्यारी एलिसनको अमेरिकाको क्यालिफोर्नियास्थित ‘एलिसन एस्टेट’ निर्माणमा २० करोड डलर खर्च, सातौं स्थानमा रुसी व्यवसायी रोमन अब्रामोबीचको लन्डनस्थित ‘केसिङटन गार्ड प्यालेस’, आठौं स्थानमा केन ग्रिफिनको फ्लोरिडास्थित ब्लासम इस्टेट, नवौं स्थानमा बिल गेट्सको वासिङटनस्थित भवन ‘सनाडू २.०’ र दसौं स्थानमा मसायोसी सोनको घर ‘माउन्टेन होम रोड’ रहेका छन् । फोब्सका सूचीमा मित्तलको अर्को घर ‘ताज मित्तल’ लाई १६औं स्थानमा राखेको छ जुन लन्डनको ‘बिलियनायर रो’ मा रहेको छ । सो घरमा त्यही सङ्गमरमर लगाइएको छ जुन ताज महलमा लगाइएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु