ल्हासा नजिकको सुन खानीमा ८३ मजदूर पुरिए

२०६९ चैत्र १७ गते, शनिबार


ल्हासा- तिब्बतको राजधानी ल्हासा नजिक भएको भूस्खलनमा परी ८३ जना खनिज मजदूर पुरिएर वेपत्ता भएका छन् ।उनीहरुको खोजीका लागि एक हजारभन्दा बढी प्रहरी, अग्नी नियन्त्रक, चिकित्सकलगायत उद्दारकर्ता खटाइएको छ । १५ सय फीटमाथि रहेको उक्त दुर्घटनास्थलमा उद्दारकर्ताहरु खटिएका हुन् ।मैझोकुनगर क्षेत्रमा गएको पहिरोमा मजदूर रहेको वस्तीसहितको ठूलै इलाका पुरिएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । उक्त खनिज राज्य सरकारको स्वामित्वमा रहेको नेशनल गोल्ड ग्रुपको एक सहायक कम्पनीको रहेको समाचार उल्लेख छ । यो चीनकै सबैभन्दा ठूलो सुन उत्पादक कम्पनी हो ।पुरिएका मजदूरमा दुई तिब्बती तथा अरु हान समुदायको रहेको बताइएको छ । १३ मजदूरको भने उद्दार गरिएको बताइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु