मुसरर्फलाई वकिलले जुत्ता हाने

२०६९ चैत्र १७ गते, शनिबार


काठमाडौँ । पाकिस्तानका पूवराष्ट्रपति एवं सैनिक शासक परवेज मुसर्रर्फाई पाकिस्तानको कराँचीस्थित एक अदालतमा पाकिस्तानी वकिलले जुत्ताले हानेका छन् । पाँच वर्षेखि निर्वासनमा रहनु भएका पूवराष्ट्रपति मुसर्रर्फे गतआइतबार मात्र पाकिस्तान फर्किएका थिए । पाकिस्तानमा आगामी मे ११ मा हुन लागेको आमनिर्वाचनमा भाग लिने उद्देश्यले ६९ वषीय मुसर्रर्फस्वदेश फर्किए यसअघि नै समाचारहरुमा बताइएका छन् । मुसर्रर्फकराँचीको सिन्ध उच्च अदालतस्थित आफ्नोलाई हत्या, षड्यन्त्र र न्यायाधीशलाई निलम्बन गरेको भनि लगाएको आरोपमा तोकिएको धरौटीको समय बढाउनको लागि त्यहाँ पुगेको जनाइएको छ । सोही अवस्थामा अदालतमा रहेका करिब २० वकिलले ‘यी तानाशाह हुन यिनलाई झुण्ड्याउन पर्छ भन्ने नाराबाजी गरेका थिए । नारबाजी गरिरहेकामध्ये एकले मुसर्रर्फाई जुत्ता प्रहार गरेको जनाइएको छ । तर, मुसर्रर्फाई यस जुत्ता प्रहारले नलागेको सञ्चार माध्यमले जनाएका छन् । उनलाई जुत्ता प्रहार गर्ने वकिललाई प्रहरीले पक्राउ गरेको छ । यसअघि पनि मुसर्रर्फाई स्वदेश फर्किएमा र निर्वाचनमा सहभागी भएमा उनको हत्या गर्ने धम्की तालिवानीहरुले दिएका थिए । मुसर्रर्फे सन् १९९९ रक्तपातबिहीन तरिकाले सैनिक कूबाट शासन अफ्नो हातमा लिएका थिए । सन् २००८ को अगष्ट महिनामा असिफ अलि जरदारी राष्ट्रपति पदमा निवार्चित हुनु भएपछि उहाँले शासन सत्ता छाड्नु परेको थियो । त्यसपछि उहाँले पाँचवर्षेखि निर्वासन जीवन बिताइरहेका थिए । पर्ूवराष्ट्रपति मुसर्रर्फआफ्नो गृह नगर कराँचीमा गत आइतबार फर्किका हुन् । तर, अशान्त बन्दै गएको पाकिस्तानमा तुलनात्मक रुपमा कराँची झनै खतरनाक सहरका रुपमा रहेको छ । पाकिस्तानको आर्थिक सहरसमेत भनेर चिनिने कराँचीमा हत्या र आक्रमणका कयौँ घटनाहरु सो सहरमा जारी रहेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु