गिम्दीमा गुफा भेटियो

२०६९ चैत्र १७ गते, शनिबार


काठमाडौँ । ललितपुरको गिम्दीमा गुफा फेला परेको छ । आवश्यक प्रविधि र उपकरण जुटाउन नसक्दा गुफाबारे धेरै जानकारी लिन सकिएको छैन । त्यस गाविसका केही युवाले समूह बनाएर गुफाबारे जानकारी लिन खोजेको भए पनि सम्भव नभएको स्थानीय युवा पशुपति ज्ञामेमगरले बताए । गुफाको केही मिटरभित्र पसेपछि पानीको आवाज आउने र गुफाको भित्ताहरुमा भगवान्का आकृतिहरु देखिएको पनि उनले उल्लेख गरे । सो गुफा गिम्दी-८ स्थित साहुमारा भन्ने स्थानमा पर्दछ । ललितपुरको दुगम क्षेत्रका रुपमा रहेको सो गाविसमा तीन वर्षघिदेखि र्सार्वजनिक यातायात सञ्चालन हुन थालेको हो । यातायात सुरु भएसँगै त्यस भेगमा पर्यटकको आवागमन पनि सुरु भएको छ । लगनखेलबाट ६७ किलोमिटरको दूरीमा रहेको सो गाविसमा हप्तामा करिब पाँचजना पर्यटक पुग्ने गरेका छन् । त्यस भेगमा जाने दुइवटा गाडी बिहान ७ बजे र ९ बजे गरी छुट्ने गर्दछ । सहरी जीवनबाट दिक्क भएका मानिसलाई मन बहलाउन यो उपयुक्त स्थान हुनसक्ने स्थानीयवासी बताउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु