कथित संविधानसभा निर्वाचनको नौटंकी बन्द गर -राजेन्द्रप्रसाद चिमौरिया

२०६९ चैत्र १२ गते, सोमबार


चार दलले वर्तमान राजनीतिक संकटको निकास भन्दै आगामी असारमा संविधानसभाको निर्वाचन गर्ने उर्दी जारी गरेका छन् । देश र सरकार अहिरूले चार दलको राजनीतिक एकाधिकारमा चलिरहेको छ । मानौ यो देश चार दलको बपौती रूो । उनीहरूले चाहर यो देश राख्न सक्छन्, अन्यथा देश नै विघटन पनि गर्न सक्छन् । यो पछिल्लो राजनीतिक घटनाक्रमले पुष्टि हुदै गएको तथ्य ह । देशका सम्पूर्ण राजनीतिक शक्तिहरू एकापट्ट चार दल एकापट्ट हुादासमेत राष्ट्रपतिले पनि चार दलको मात्र कुरा सुनेर संविधानमा संशोधन गर्नु अनि दल बाहिरका व्यक्तिलाई सरकारको नेतृत्व सुम्पनुले पनि यस तथ्यलाई पुष्टि गरिसकेको छ । चार दल आफू अक्षम भएपछि आˆनो अक्षमता लुकाउन स्वतन्त्र व्यक्तिलाई बनाएर फेरि आˆनै राजनीतिक एकाधिकार कायम गर्न सफल भएका छन् । वर्तमान मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी आˆनो स्वविवेकले सिन्को समेत भाच्न नसक्ने स्थितिमा छन् । यस्तो अवस्थामा कसरी निर्वाचन हला ? देशका सम्पूर्ण ‘चार दलबाहेकको’ दलहरू सरकारको नेतृत्व दलबाहिर पुर्याइएकोमा आक्रोशित छन् । सबै सानाठूला दलहरूरू सडकमा ओर्लने तयारी गर्दैछन् । यस्तो अवस्थामा असारमा निर्वाचन हुन्छ भन्नु आफैमा हस्यास्पद विषय ह । फेरि चार दलको रटानको पिछा गर्दै चार दलको कालो छाया बनेर सरकारको नेतृत्व गर्न पुगेका चुनावी सरकारका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले स्वतन्त्र र निष्पक्ष चुनाव गराउछु भन्दै हिरूाड्नु हुटिट्याउले … थेग्छु भनेजस्तै छ । त्यसकारण, वर्तमान मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले देशको राजनीति गर्ने जिम्मा दलहरूको ह भन्ने यथार्थतालाई ध्यानमा राख्दै सम्पूर्ण दलहरूरूलाई एकै ठाउामा राखेर वर्तमान समस्याको निकास खोज्नतिर लाग्नुपर्छ । देशको राजनीतिक संकटको निकास दिने काम दलहरूरूकै ह । त्यसकारण वर्तमान चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले असारमा चुनाव गराउने चार दलको राग अलाप्न छाडेर सबै दहरूलाई एकै ठाउामा जुटाएर त्यहाबाट निकास निकाली सरकारको बागडोर दलहरूरूलाई सम्पनु नै बुद्धिमानी हुन्छ । अन्यथा चार दलको कठ्पुतली बनेर अगाडि बढ्दा अध्यक्ष खिलराज रेग्मी पनि नेपाली जनताको आक्रोशको शिकार हुनुपर्ने निश्चित छ । जनता आक्रोशित भए भने के हुन्छ, पक्कै पनि त्यो भनिरहनुपर्ने विषय हइन ।

प्रतिक्रियाहरु