बायोमेडिकल इक्युप्मेन्ट टेक्निसियन तालिम केन्द्र स्थापना

२०६९ चैत्र १२ गते, सोमबार


काठमाडौ । निक साइमन्स इन्स्टिच्यूटको आर्थिक एवं प्राविधिक सहरूयोगमा स्वास्थ्य सेवा विभागको हरूाता टेकुमा बायोमेडिकल इक्युप्मेन्ट टेक्निसियन तालिम केन्द्र स्थापना गरिएको छ । प्राडा जिम साइमन्सले आˆना दिवङ्गत छोरा निक साइमन्सको सम्झनामा आˆनो निजी करिब रु. दस करोड खर्चमा सो केन्द्रको भवन बनाउन सहरूयोग प्रदान गरेका थिए । इन्स्टिच्यूट र स्वास्थ्य तालिम केन्द्रद्वारा सञ्चालन हरूुादै आएको बायोमेडिकल इक्युप्मेन्ट टेक्निसियन तालिम अब सोहरूी केन्द्रमा सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सचिव डा. प्रवीण मिश्रले नवनिर्मित भवनको उद्घाटन गरेका स्वास्थ्य सेवा प्रदायक संस्थाका स्वास्थ्य उपकरण मर्मत गर्न चाहिरूने दक्ष जनशक्ति यो केन्द्रबाट उत्पादन हरूुने बताइएको छ । एक तथ्याङ्कअनुसार जिल्ला, अञ्चल तथा केन्दि्रय अस्पतालमा रहरूेका स्वास्थ्य उपकरण करिब ७० प्रतिशत मात्र काम लाग्ने अवस्थामा रहेका छन् । बायोमेडिकल इक्युप्मेन्ट टेक्निसियनको दरबन्दी नभएकाले ती औजार थन्किएर बसेका हरूुन् । स्वास्थ्य सेवामा जनशक्ति, उपकरण तथा औषधि अति महरूत्वपूर्ण मानिन्छ तर उपकरण चुस्त नहुादा नेपालको स्वास्थ्य सेवामा समस्या आउने गरेको छ । कार्यक्रममा डा साइमन्सले नेपालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन सो केन्द्रले सहरूयोग पुर्याउने छ भन । निक साइमन्स इन्स्टिच्यूटले नेपालमा केन्द्रसहिरूत पाटन अस्पताल र इन्स्टिच्यूटको कार्यालय सानेपाको भवन निर्माणमा सहरूयोग प्रदान गरिसकेको छ । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महरूानिर्देशक डा. मिन्मार ग्याल्जेन शेर्पाले जिल्ला तथा अञ्चल अस्पतालमा बायोमेडिकल इक्युप्मेन्ट टेक्निसियनको दरबन्दी राख्न सुरु गरिएको जानकारी दिए । सो केन्द्रबाट तयार हुने बायोमेडिकल इक्युप्मेन्ट टेक्निसियनले जिल्ला तथा अञ्चल अस्पतालमा रहरूेका एक्सरेलगायतका सबै उपकरणको मर्मत सम्हरूार गर्नसक्ने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार