हलियाले परिचयपत्र फिर्ता गर्ने

२०६९ चैत्र १२ गते, सोमबार


काठमाडौ । राष्ट्रिय मुक्त हरूलिया समाज महरूासंघले आगामी वैशाखसम्म हरूलिया पुनस्र्थापन हुन नसके परिचयपत्र फिर्ता गर्ने चेतावनी दिएको छ । पुनस्र्थापना नहादा हलिया परिवार पुनः हलिया बस्नुपर्ने अवस्थामा पुगेको भन्दै परियचपत्र फिर्ता गर्न लागिएको हरूो । हलिया मुक्तिको घोषणाअनुसार पुनस्र्थापनमा गरिएको ढिलाइले वैकल्पिक व्यवस्थाको अभावमा मालिकको घरमा र्फकन बाध्य भएको महरूासंघका अध्यक्ष डम्बर विकले बताए । ‘हरूलियाको पहिरूचान बोकेर बस्नभन्दा त्यसै बस्न चाहका छन्’ उनले भने, ‘आगामी वैशाखसम्म पुनस्र्थापन कार्यक्रम सुरु हुन नसकेपछि सबै परिचयपत्र फिर्ता पठाइ दिन्छौ ।’ मुक्त हरूलिया कार्यक्रम तथा अनुगमन कार्यदलले दातृ निकायसहिरूत सरोकारवालासित छलफल गरी तयार गरिएको तीन वर्षे हरूलिया पुनस्र्थापन कार्यक्रम अर्थमन्त्रालयमा थन्किएको छ । बजेट अभावमा थन्किएको योजना गत वर्ष भूमि सुधार मन्त्रालयबाट पेस गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु