लोकतन्त्रको उपहास – राजेन्द्र चिमौरिया

२०६९ चैत्र ५ गते, सोमबार

चार दलको राजनीतिक एकाधिकारमा राष्ट्रपति डा. रामवरण यादवको सहयोग र र्समर्थनले दस वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्न पुगेका छन् । चार दल र राष्ट्रपतिको पछिल्लो कामले लोकतन्त्रको उपहास भएको छ । चार दल र राष्ट्रपति आफ्नो कमजोरीहरुलाई ढाकछोप गर्न प्रधानन्ययाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्वको जिम्मा दिएर कलंकित बन्न पुगेका छन् । चार दलले संविधान सत्ताबाट संविधान बनाउन नसकेको आफ्नो असफलतालाई ढाकछोप गर्न सरकारको नेतृत्व प्रधानन्यायाधीशलाई सुम्पनु भनेको गोरु दुहेर दूध निकाल्न खोज्नुसरह हो । चार दलकै अक्षमताका कारण संविधानसभाबाट संविधान आउन सकेन । संविधानसभाको अनाहकमा गला रेट्ने चार दल र संविधानसभाको गला रेट्न मार्गप्रशस्त गर्ने प्रधानन्यायाधीश खिलराज रेग्मी यतिबेला लोकतन्त्रकै धज्जी उडाउन सफल भएका छन् । आफूहरु असफल हुँदा लोकतन्त्रलाई नै असफल बनाउने चार दल र त्यस कुकृत्यलाई सफल बनाउन काँध थाप्ने प्रधानन्यायाधीश खिलराज रेग्मी जनताका नजरमा अपराधी हुन् । जसले १० वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई स्वाहा पार्दै लोकतन्त्रकै अवसान गराए । नेपाली जनताले उनीहरुको यस कुकृत्यलाई कहिले माफ गर्ने छैनन् । जनता अपर्ूव बलिदानीपर्ूवक प्राप्त गरेको लोकतन्त्र त्यतिकै छाड्नेवाला छैनन् । त्यसैले अब उनीहरु सडकमा ओर्लने तयारी गर्दैछन् । जनता सडकमा ओर्लिए र जनताले सडकबाट फैसला गर्ने स्थिति आयो भने चार दल राष्ट्रपति र खिलराज रेग्मीको हालत के हुन्छ – तर्सथ चार दल, राष्ट्रपति र खिलराज रेग्मीले तत्काल सच्चिएर लोकतन्त्रलाई कायम राख्नुपर्छ । देशको वर्तमान संकटको समाधानको लागि देशका सम्पूण् राजनीतिक दल, नागरिक समाज एकै ठाउँमा जुटेर छलफल गर्नुपर्छ । देशको राजनीति सञ्चालन गर्ने प्रमुख दायित्व दलहरुकै हो । दलहरुबाट नै सरकारको नेतृत्व हुनर्ुपर्छ । अनि मात्र मुलुकले निकास पाउँछ र लोकतन्त्र मजबुत हुन्छ । यस कारण चार दल र राष्ट्रपतिले आफूहरुले गरेको गल्ती तत्काल सच्याउँदै देश र जनताप्रति उत्तरदायी हुनुपर्छ । अन्यथा जनता जाग्नेवाला छन् । जनता जागे भने के हुन्छ, त्यो चार दल र राष्ट्रपतिलाई सम्झाइरहनुपर्ने विषय होइन ।

प्रतिक्रियाहरु