चौबीसौं राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत ७ देखि

२०६९ चैत्र ३ गते, शनिबार


काठमाडौँ । अगामी चैत ७ गतेदेखि घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको बजार पर््रवर्द्धन तथा पहिचान गराउने उद्देश्यले चौबीसौँ राष्ट्रिय औद्योगिक पर््रदर्शनी भृकुटीमण्डपस्थित पर््रदर्शनी हलमा आयोजना हुने भएको छ । घरेलु तथा साना उद्योग विकास समितिद्वारा आयोजना हुने सो पर््रदर्शनीमा पर्ूर्वेली ढाका, बाँसजन्य उत्पादन, अल्लो जस्ता प्राकृतिक रेसाबाट उत्पादित वस्तु, छाला जुत्ता, हस्तकलाका सामग्री, खाद्यवस्तु, हातेकागज तथा ऊनबाट उत्पादित वस्तुहरु रहने छन् । समितिका अनुसार ३०० कक्ष रहने सो पर््रदर्शनीमा करिब पाँच करोडको आर्थिक कारोबार हुने र एकलाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । पर््रदर्शनीमा सहभागी उद्यमीहरुबाट उत्पादित वस्तुहरुलाई विभिन्न १४ समूहमा विभाजन गरी प्रत्येक समूहबाट उत्कृष्ट एक एक उद्यमी र सहभागी महिला उद्यमीमध्येबाट उत्कृष्ट एकजना गरी १५ जनालाई पुरस्कृत एवं विदेश भ्रमणको अवसरसमेत प्रदान गरिने पनि समितिले जनाएको छ । उद्यमीहरुका समान बजारीकरण गर्न पर््रदर्शनीले महत्वपर्ूण्ा भूमिका खेल्दै आएको समितिका निर्देशक निर्मल ताम्राकारले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु