स्वरोजगार कोषमा गुरागाईंको रजाइँ

२०६९ चैत्र ३ गते, शनिबार

काठमाडौँ । युवा तथा साना व्यवसायी र बेरोजगारहरुलाई स्वरोजगारको अवसर उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने लक्ष्यसहित स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष यतिबेला कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको रजाइँको थलो बन्न पुगेका स्रोतले बताएको छ । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त गुरागाईं एमाओवादीका एक प्रभावशाली नेताको फेर समातेर कोषको कार्यकारी निर्देशक बन्न पुगेका र कोषको निर्देशक बनेपछि खाँटी एमाओवादीका कार्यकर्ता बनी कोषलाई एमाओवादीको कार्यकर्ता पाल्ने-पोस्ने अखडाका रुपमा विकास गरेको गुनासो कोषकै कर्मचारीले गर्न थालेका छन् । सरकारले युवा तथा साना व्यवसायी र बेरोजगारलाई सेवा पुर्याउने लक्ष्यले कोष स्थापना गरे पनि अहिले एमाओवादी र कोषका निर्देशक गुरागाईंका आफन्तबाहेक अरुले सेवा पाउनु भनेको पश्चिमबाट र्सूय उदाउनुसरह भएको कोष सम्बद्ध कर्मचारीहरुको गुनासो रहेको छ । स्वरोजगार कोषमा निर्देशक गुरागाईंकै संलग्नतामा व्यापक अनियमितता भइरहेको गुनासो र समाचारहरु पटक-पटक र्सार्वजनिक भइसक्दासमेत कुनै सुनुवाईं नहुनुले आफूहरु नै वाक्कदिक्क भएको कर्मचारीहरु बताउँछन् । गत हप्ता पनि यस पत्रिकामा स्वरोजगार कोषमा गुरागाईंको राइँदाइँ शीष्कमा समाचार छापियो । समाचार छापिएपछि निर्देशक गुरागाईं आफू सच्चिनुभन्दा पनि कार्यालयको कुरा कसरी बाहिर गयो भनेर हामीहरुलाई घुमाउरो पाराले सोधपुछ गर्ने र अब आइन्दा कार्यालयको कुनै कुरा बाहिर गएमा कारवाही गर्ने धम्की दिइरहेका भन्दै एक कर्मचारी अगाडि भन्छन्, निर्देशक गुरागाईंको चर्तिकला हर्ेदा स्वरोजगार कोष नेपाली जनताको लागि नभई कुनै पार्टी वशेष र कुनै व्यक्ति विशेषका हनुमानहरुलाई पाल्न-पोस्न खडा भएको जस्तो अनुभूति हुन थालेको छ । कोषमा दैनिक आउने सेवाग्राहीको पीरमर्का कसैले सुन्दैनन् र उनीहरुले कोषमा महिनौँ दिन धाउँदासमेत कुनै सेवा दिन सक्ने स्थिति छैन भने पहुँचवालाहरु एक मिनेटमै आफ्नो काम सल्ट्याउँछन् । नियममा नमिल्ने काम पनि पद र पहुँचको बलमा जबर्जस्ती गर्न लगाउँछन्, जसले गर्दा हाम्रो मनोबल नै गिरिसकेको छ । अब हामी कसैको पद र पहुँचको दबाबमा पर्नेवाला छैनौँ । सरकारले निम्नस्तरका जनताको सेवाको लागि स्थापना गरेको कोषमा अब हामी लुट मच्चाउन दिने पक्षमा छैनौँ । निकट भविष्यमै अब हामी निर्देशक गुरागाईंले कोषमा मच्चाएको लुटको फेहरिस्त बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बद्ध निकायमा उजुरी गरी त्यसलाई र्सार्वजनिकसमेत गर्ने तयारीमा छौँ भन्दै उनले आफूहरुको स्वरोजगार बचाउ अभियानलाई सञ्चार माध्यमले समेत साथ दिन अनुरोध गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु