चैत्र १ : कालो दिन – हस्तबहादुर के.सी.

२०६९ चैत्र ३ गते, शनिबार



नेपालको राजनीतिक इतिहासमा २०६९ चैत्र १ गते कालो दिनको रुपमा दर्ज हुन पुगेको छ । यस दिनको गएराती संसदवादी चार राजनीतिक दलहरु एकिकृत माओवादी, नेपाली काँग्रेस, एमाले र माधेशी संयुक्त मोर्चाले ११ बुँदे सम्झौता गरि बहालवाला प्रधानन्यायाधिश खिलराज रेग्मीलाई चुनावी अन्तरिम परिषदको अध्यक्षमा राष्ट्रपतिद्वारा नियुक्ति गराउने निर्णय गरेका थिए । र मुलुकलाई निर्दलीयतातिर धकेली दिएका थिए । अब मुलुक पुनः अधिनायकवादी र तानाशाही व्यवस्थातिर उन्मुख हुन पुगेको छ ।
अन्तरिम संविधान २०६३ को भावना र मापदण्ड विपरित दलगत राजनीतिलाई निषेध गर्दै निकम्मा, नालायक, निरिह, जनविरोध र राष्ट्रविरोधी सावित भइसकेका र साम्राज्यवाद र विस्तारवादका इसारा र निर्देशनमा चल्दै आएका यी चार दलहरुले चालेको यो असंवैधानिक, घोर जनविरोधी र राष्ट्रविरोधी कदमले उनीहरुले मान्दै आएको संसदीय व्यवस्था, बहुदलीय पद्धति र लोकतन्त्रको उपहास गरेको छ र खिल्ली समेत उडाएको छ । यो संसदीय व्यवस्थाकै असफलताको उपज पनि हो । संसदीय व्यवस्था ठिक कि बेठिक भन्ने कुराको बहस त जारी नै छ । तर जसले आफूलाई संसदीय व्यवस्था, बहुदलीय शासन प्रणालीका मसिहा ठान्दथे र लोकतन्त्र र प्रजातान्त्रिक मूल्य मानयताका हिमायती ठान्दथिए, उनीहरुबाटै निर्दलीयताको कदम चालिनु भनेको यी चार संसदवादी दलहरुको निरिहता, असफलता र लाचारिपनको प्राकाष्टा हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । चुनाव गराउने, जनताको संविधान बनाउने त धेरै परको कुरा हो तर शासन सत्ता नै चलाउन नसकेर एउटा भ्रष्ट कर्मचारीलाई सुम्पन पुगेका छन् र त्यसमा पनि हिजोका राष्ट्रलाई कंगाल पार्न सहयोग, भ्रष्टचारीको रुपमा गन्हाएका र काँग्रेस, एमाले एमाओवादी र मधेशी मोर्चाका नेताहरुलाई भ्रष्टाचार गर्न लगाएका मात्रै होइन भ्रष्टाचार गर्न ठूलो सहयोग गरेका भ्रष्ट पर्ूव प्रशासकहरुलाई समेत मन्त्रिमण्डलमा समावेश गर्न लगाएर यी चार दलहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई समेत लज्जित र कलंकित तुल्याई दिएका छन् । जसका कारण चैत्र १ गतेलाई कालो दिन भनिएको हो ।
पहिलेदेखि नै जनताको बीचमा प्रचारित भइसकेकै कुरा हो कि यो कदम यी चार दलले आफ्नै स्वविवेकले गरेका होइनन् । यो साम्राज्यवाद र भारतीय विस्तारवादको इसारा र निर्देशनमा गरेका हुन् । साम्राज्यवादीहरु र विस्तारवादीहरुले नेपालमा राजनीतिक स्थिरता आएको, नेपाली जनता राष्ट्रको मालिक बनेको र मुलुकले प्रगति भएको देख्न चाहँदैनन् । त्यसो भएर उनीहरुले नेपालका लागि नयाँ नयाँ दलालहरुको खोजी गर्ने, पुराना दलालहरुलाई खोजी गर्ने, पुराना दलालहरुलाई कागती निचोरेझैं निचोरेर फ्याकी दिने र अर्को नयाँ दलाल खडा गर्ने र उसैबाट स्वार्थपर्ूर्ति गर्दै आएका छन् । त्यसै क्रममा पुरानाहरुलाई फ्याकेर यो नयाँ दलाललाई खडा गर्न पुगेका हुन् । यता नेपालमा खिलराज रेग्मीलाई निर्दलीय प्रधानमन्त्रीको नियुक्ति गर्ने वित्तिकै अमेरिकी र भारतीय सरकार एक नम्बरमा बधाई दिएको घटनाले पनि यस कुराको पुष्टि गर्दछ ।
अहिले प्रचण्ड, बाबुराम समेत चार दलका नालायक र निकम्मा नेताहरुले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त गरिएको र सिमितै मात्रामा भएपनि जनताले पाएको प्रजातान्त्रिक अधिकारलाई समेत निर्दलीय सरकारलाई बुझाएर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समेत विर्सजन गराइएको छ । यी राष्ट्रघाती र जनघाती चार दलहरुले त चुनावको नौटंकी मात्र रचेका हुन् । चुनाव बनाउने र जनताको संविधान बनाउने मनसाय उनीहरुको होइन । यदि त्यसो हुन्थ्यो भने त उनीहरुले राष्ट्रिय सहमति निर्माण गरेर चुनावको तयारीमा लाग्ने थिए ।
अब गरिने भनिएको यस चुनावको कुनै औचित्य छैन र यो चुनाव हुने पनि होइन । यस प्रकारको चुनाव र राजतन्त्रले पनि गराएको थियो । निरंकुश राजा ज्ञानेन्द्रले पनि चुनावको घोषणा गरेकै हो । नगरपालिकाहरुको चुनाव पनि गराएको थियो । खिलराज रेग्मीले गराउने चुनाव र पहिले राजतन्त्र र निरंकुश राजा ज्ञानेन्द्रले सेनाको घेराभित्रबाट बनाइने चुनावमा कुनै अन्तर हुने वाला छैन । त्यो चुनावले जनताको संविधान बन्ने पनि होइन, राष्ट्रले निकास पाउने पनि होइन । त्यसो भएर नेपाली जनता यस चुनावी निर्दलीय सरकारको खिलापमा जानु र जनआन्दोलनको आँधिवेरी सृष्टि गरेर यी चार दलहरु र उनीहरुले खडा गरेको यो नौटंकी सरकारलाई पर्ूव राजा ज्ञानेन्द्रको हालतमा पुर्याई दिनुको विकल्प छैन ।
यस्तो बेला प्रगतीशिल, देशभक्त र क्रान्तिकारी शक्ति संगठित र संयुक्त भएर राष्ट्रिय स्वाधिनता र जनतन्त्रको पक्षमा सशक्त अभियान चलाउनु विकल्प छैन । किनकि खिलराज रेग्मी नेपालको राष्ट्रिय स्वाधिनता र जनतन्त्र विरुद्ध नयाँ – पुराना दलालहरु मार्फ अघि सारिएका गोटी मात्र हुन् भन्नेमा प्रष्ट हँदै राष्ट्रिय स्वाधिनताको पक्षमा व्यापक राष्ट्रिय- अन्तर्रर्ााट्रय जनमत निर्माण गर्नु अहिलेको आवश्यकता हो । यो काम नेपाला प्रगतीशिल, देशभक्त र क्रान्तिकारी शक्तिहरुको संयुक्त प्रयास र पहलबाट सम्भव हुनेहुनाले प्रयासको थालनी यस तर्फप्रवृत्त हुन जरुरी छ एवं तेस्रो जनआन्दोलनको सुनामी निर्माण गर्दै जनतालाई व्रि्रोहमा संगठित गरेर जनव्रि्रोमार्फ नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यदिशामा हामी माओवादी क्रान्तिकारीहरु अगाडि बढ्नुको विकल्प छैन ।

प्रतिक्रियाहरु