सरकारले नै इजरायलमा कामदार पठाउनेसरकारले नै इजरायलमा कामदार पठाउने

२०६९ चैत्र १ गते, बिहीबार

काठमाण्डौं । इजरायलको रोजगारीमा सरकारले नै कामदार पठाउने निर्णय गरेको छ ।म्यानपावर व्यवसायी तथा दलालले इजरायलको रोजगारीमा कामदार पठाउँदा बढी रकम लिन थालेपछि इजरायलको केयर गिभर (घरभित्रको काम) मा सरकारले नै कामदार पठाउने भएको हो । दुबै देशका सरकारबीच सहमति गरेर सस्तो लागतमा कामदार पठाउन लागिएको श्रम तथा रोजगार मन्त्रालय स्रोतले जानकारी दिएको छ ।मन्त्रालयका एक उच्च अधिकारीले भने,’इजरायल सरकारले कामदार पठाउँदा बाहिरी दलालको संलग्नता हुनुहुँदैन भनेकाले सोही प्रस्तावअनुसार सरकार आफैँले रोजगारीमा कामदार पठाउन लागेको हो ।’ अहिलेको लागत खर्चअनुसार सकारले कामदार पठाउन थालेपछि हवाई टिकटबाहेक ७५ हजार रुपैयाँ लागतमा इजरायलको रोजगारीमा जान पाइनेछ ।सरकारले इजरायलको रोजगारीमा कामदार पठाउन रोजागर अनुमति प्रणाली (ईपीएस) कोरिायको जस्तै रोष्टर तयार गर्नेछ । रोष्टरमा सूचीकृत कामदारलाई इजरायलका रोजगारदाता आफैले छानेर लैजानेछ । रोष्टरमा रहेका व्यक्तिलाई इजरायलको सरकार वा रोजगारदाता आफैले छानेर लैजाने भएपछि कामदारहरु निष्पक्ष रुपमा रोजगारीमा जान पाउने श्रम तथा रोजगार मन्त्रालयका सहसचिव विनोद केसीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु