नक्कली विद्यार्थीको परीक्षा रद्द हुनेनक्कली विद्यार्थीको परीक्षा रद्द हुने

२०६९ फाल्गुन ३० गते, बुधबार

काठमाडौ, – त्रिचन्द्र क्याम्पसका भर्नाबिना सहभागी भएका र म्याद गुजारेर फारम भरेका स्नातकोत्तर तहअन्तर्गतका ४३ नक्कली विद्यार्थीको परीक्षा रद्द गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।’विवाद बाहिर आएपछि विश्वविद्यालयले गठन गरेका छानबिन समितिको प्रतिवेदन हामीकहाँ आइपुगेको छ,’ त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक चिरञ्जीवी शर्माले भने, ‘प्रतिवेदन र नियमका आधारमा बोर्ड बैठकले आवश्यक निर्णय गर्नेछ ।’परीक्षा नियन्त्रण कार्यालयका अर्का पदाधिकारीका अनुसार परीक्षार्थीहरू नक्कली भएको पुष्टि भइसकेको, स्वयं त्रिचन्द्र क्याम्पसले समेत ती परीक्षार्थी क्याम्पसका नियमित विद्यार्थी नभएको जनाएको र फारम भर्ने प्रक्रियामा पनि अनेक त्रुटि भएकाले परीक्षा रद्द गर्न र कमजोरी सुधार्नुपर्ने प्रतिवेदनले आंैल्याएको थियो । गत मंसिरमा सञ्चालित स्नातकोत्तर तहको परीक्षामा ४३ जना नक्कली विद्यार्थीले योजनाबद्ध ढंगले फारम भरी परीक्षा दिएको घटनापछि त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली, त्यसमा हुने पारदर्शितामै प्रश्न उठेको थियो । मिलेमतोमा फारम भरेका विद्यार्थीले योजनाबद्ध ढंगले पशुपति क्याम्पसको एउटै कोठामा जाँच दिएको भेटिएपछि छानबिन गर्न राष्ट्रिय सतर्कता केन्द्रले उपसचिव शेरबहादुर ढुंगानाको संयोजकत्वमा टोली गठन गरेर छानबिन थालेको थियो । छानबिनका क्रममा त्रिचन्द्र स्ववियु एवं विद्यार्थी पदाधिकारी, प्रशासन, परीक्षा नियन्त्रण कार्यालय बल्खुको मिलेमतो हुनसक्ने भन्दै टोलीले थप छानबिनको सिफारिस गरेको थियो भने नक्कली विद्यार्थीको परीक्षा रद्द गर्न निर्देशन दिएको थियो ।
निर्देशनपछि त्रिभुवन विश्वविद्यालयले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ, जुन आगामी बैठकमा पेस हुनेछ । बल्खुका एक पदाधिकारीका अनुसार, नियम मिचेर छली प्रक्रियाबाट परीक्षा दिने पद्धति गैरकानुनी भएकाले उनीहरूको परीक्षा स्वतः रद्द हुने भएको छ । तर उनीहरू विश्वविद्यालयको नियमित तथा आंशिक विद्यार्थी पनि नरहेकाले थप कारबाहीको प्रक्रियाबारे अध्ययन भइरहेको बल्खुले जनाएको छ । परीक्षा रद्द बाहेक त्रिभुवन विश्वविद्यालयले केही वर्ष तोकेर परीक्षामा सहभागी हुन नपाउने निर्णय गर्न सक्छ । साथै, जहिले पनि परीक्षा फारम बुझ्ने, अन्तिम समयमा फारम बुझाउनेहरुको परीक्षाकेन्द्र एकै ठाँउमा बनाउने र क्याम्पसस्तरमा समेत मनोमानी हुने गरेको भन्दै सुधारको सुझाव दिएको छ । परीक्षा प्रणालीमा देखिएका विकृतिको सुधार गर्न थालिएको सह-परीक्षा नियन्त्रक महेन्द्र शर्माले बताए । ‘अघिल्लो परीक्षामा हामीले परीक्षाको एक साताअघि नै फारम बुझाउनुपर्ने नियम बनाएका थियौं,’ शर्माले भने, ‘अब दुई साताअघि नै बुझाउनुपर्ने अनिवार्य व्यवस्था छ ।’ चैतको तेस्रो सातादेखि सुरु हुने स्नातक तेस्रो वर्षको परीक्षाका लागि चैत ४ गते अन्तिम म्याद तोकिएको छ । यो परिपाटीबाट ‘टि्रप्लिकेट’ छलेर एउटै केन्द्रमा मिलेमतो गरी परीक्षा दिने परिपाटी पनि हट्ने उनले बताए । प्रायः स्ववियु र राजनीतिक बोलवालाका आधारमा परीक्षा सुरु हुनुभन्दा दुई दिनअघि फारम बुझाउने र मिलेमतोमा सिट प्लान गर्ने समस्या केही क्याम्पसमा रहेको सतर्कताको छानविनबाट खुलेको थियो । ‘त्रिचन्द्र क्याम्पसबाट म्याद सकिएपछि फारम भर्ने र केन्द्रको एउटै कोठामा बसेर जाँच दिने परिपाटी वर्षौंदेखि चलेको रहेछ’ सतर्कताको छानविन प्रतिवेदनमा भनिएको छ । नक्कली परीक्षार्थीवारे छानबिन थालेपछि त्रिभुवन विश्वविद्यालयले त्रिचन्द्रकै प्रशासनको भूमिकाका वारेमा विस्तृत नखुलाएको जानकारहरूले बताए । तर त्यसअघि भएको छानबिनले त्रिचन्द्रकै केही कर्मचारी र प्रशासनको भूमिकामा समेत प्रश्न उठाएको थियो । नक्कली फारम र रसिद बुझाउनेमा स्ववियूका केही पदाधिकारीहरुको भूमिका रहेको भन्दै परेको उजुरीमाथिको छानविनका क्रममा सहायक क्याम्पस प्रमुख शंकर भण्डारीको हस्ताक्षर सहित सबै फारम तोक लगाएर पठाएको भेटिएको थियो । तर भण्डारीले भने लिखित र मौखिक जवाफका क्रममा उक्त हस्ताक्षर आफ्नो नभएको प्रतिक्रिया दिएका थिए । ‘सक्कली र फर्जी विद्यार्थीको फारम सिफारिस पठाउदा एउटै मिती हुनु र पत्र समेत एकसाथ पठाउदा क्याम्पसका पदाधिकारी वा कर्मचारी निर्दोष छन् भन्ने आधार छैन’ स्रोतले भन्यो, ‘नक्कली धन्दामा संलग्न विद्यार्थी र उनीहरुलाई साथ दिने कर्मचारी वा पदाधिकारी, जो भएपनि कारवाही हुनुपर्छ ।’ केही नमुना फारम र ती बुझाउन प्रयोग भएको रसिदका आधारमा छानविन थालेको टोलीले गतवर्ष पनि परीक्षाको एक दिन अघिसम्म विद्यार्थीको फारम स्वीकृत गरेको भेटिएको छ । गत मंसीर १० गते त्रिचन्द्र क्याम्पसको लेटरप्याडमा स्नातकोत्तर दोस्रो वर्षको परीक्षाफारम छुट भएको भन्दै बुझिदिन आग्रह सहित क्याम्पस प्रशासनको नामबाट पत्र पठाइएको थियो । चलानी नम्बर ३६२, ३६६, ३३७ र ३३८ बाट गएका पत्रहरूका आधारमा परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४३ जना विद्यार्थीर्लाई समाजशास्त्र तथा ग्रामीण विकासको परीक्षामा सामेल हुने सुविधा दिएको थियो, ती विद्यार्थीले पशुपति क्याम्पसको छुट्टै कोठामा चिट चोर्ने सुविधा पाएको सतर्कताको छानबिनका क्रममा भेटाएको छ ।

प्रतिक्रियाहरु