दलहरुबीच सहमति कायम गरदलहरुबीच सहमति कायम गर

२०६९ फाल्गुन २६ गते, शनिबार

विगतको संविधानसभामा ठूला दल भनिएका एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चा देशको राजनीतिक, गतिरोधका कारक बनेका छन् । आफूहरु ठूलो दल भएकाले वर्तमान समस्या समाधानमा चार दलको भूमिका पर्याप्त हुने भन्दै अन्य दललाई पाखा लगाउँदै दैनिक छलफलमा जुट्ने यी चार दल अन्ततः अक्षम सावित भएका छन् । विगतमा संविधानसभाबाट संविधान निर्माण गर्ने विषयमा पनि यी चार दलले आफ्नो राजनीतिक दल र तीभित्र पनि खास रुपमा चार नेताको आपसी स्वार्थका कारण मुलुक दिनप्रतिदिन दयनीय बन्दै गएको छ । राजनीतिक क्षेत्रलगायत मुलुकको सबै क्षेत्र लथालिङ्ग र भताभुङ्ग हुने स्थितिमा पुगेको छ । देशको वर्तमान राजनीतिक संकटबाट पार पाउन सबै दल सबै नेता र नागरिक समाज एकजुट हुनुपर्ने हो । तर, यी चार दल र चार दलभित्रका पनि केही सीमित नेताहरुको मपाइँत्वका कारण समस्या झन् जटिल बन्दै गएको छ । देशको वर्तमान समस्याको निराकरण चार दलबाट मात्र सम्भव छैन । चार दलभित्र पनि चार चिरा परेको स्थिति छ । यस्तो स्थितिमा यी चार दलका नेताले देशलाई वर्तमान संकटबाट मुक्त गराउँछ भन्नु हुटिट्याउँले …. थेग्छु भन्नुजस्तै हो । तर्सथ, वर्तमान संकटको निकास चार दलबाट मात्र सम्भव छैन । त्यसैले संविधानसभामा प्रतिनिधित्व गरेका सबै दल र नागरिक समाजसहितको गोलमेच सभा आयोजना गरेर वर्तमान संकटको निकास खोज्नु उपयुक्त हुन्छ । जुन लोकतन्त्र अनुकूल र आमविश्व र नेपाली जनताले पनि स्वीकार्ने विषय हो । चार दलका चण्डालहरुले गरेको चतुर्याइँपूण धुर्त्याइँले वर्तमान संकटबाट निकास पाउन सम्भव छैन । यसले देश र जनतालाई झन् भड्खालोमा धकेल्ने निश्चित छ । तर्सथ, वर्तमान राजनीतिक संकटबाट पार पाउन देशका सबै सानाठूला दल र नागरिक समाजलगायतका सम्बद्ध पक्षहरु एकै थलोमा जुटी त्यहीँबाट निकास खोज्नु उत्तम हुन्छ । जुन देश, जनता र स्वयम् राजनीतिक दलहरुलाई समेत हितकर हुन्छ । त्यसकारण वर्तमान संकटको निकासका लागि एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाले आफ्नो दलीय स्वार्थ त्यागी सबै सानाठूला दलका साथ वर्तमान संकटको समाधानतिर उद्यत हुनर्ुपर्छ । अन्यथा यी चार दलको राजनीतिक एकाधिकार नेपाली जनताले सहने छैनन् । यी चार दलका कारण मुलुकले पुनः द्वन्द्व झेल्नु पर्यो भने नेपाली जनताले कहिल्यै माफ गर्ने छैनन्, चेतना भया ।

प्रतिक्रियाहरु