संरक्षणको पर्खाइमा काला जग्रा गुफासंरक्षणको पर्खाइमा काला जग्रा गुफा

२०६९ फाल्गुन २६ गते, शनिबार

काठमाडाँै । बाजुरा जिल्लाको सदरमुकाम नजिकै पर्ने काला जग्रा गुफा र त्यसभित्र रहेको ताल संरक्षण नहुँदा ओझेलमा परेको छ । जिल्लामै एक मात्र गुफाको प्रचारप्रसार र व्यवस्थापनको अभावले ओझेलमा परेको जिल्लाबासीले बताएका छन् । कला, आकृति, स्वरुप कलात्मक तथा धार्मिक मण्डप सहित रहेको गुफाभित्रको ताल करिव १ सय ५० बढी मिटरसम्म फैलिएको छ । पहिलो पटक गुफा तालको अबलोकन गर्न गएका जिल्ला पर्यटन विकास समितिका सदस्य अर्जुन शाहाले यस्तो गुफाताल विश्वमै नौलो हुन सक्ने बताएपनि आवश्यक अध्ययन र प्रचार प्रसारका अभावमा ओझेलमा परेकाले यसको संरक्षण, व्यवस्थापन र अध्ययन जरुरी रहेको बताएका छन् । गुफाताल ऐतिहासिक र पर्यटकीय गन्तव्यका हिसाबले अन्यन्तै महत्वपर्ूण्ा छ भने यसको प्रचार-प्रसार त्रि्र पार्न जरुरी छ । गुफा ताल अनौठो र तालमा बहुमुल्य चट्टानहरु समेत हुनसक्ने भएकाले यसको व्यवस्थापन र भुर्-गर्भविद्वहरुको अध्ययन आवश्यक भएको स्थानियबासी र अवलोकनकर्ताको भनाइ रहेको छ । शुरुमा साँघुरो मुख रहेको गुफा भित्रको ताल करिव एक सय मिटरसम्म देख्न सकिने भएपनि त्यसभित्र कति लम्बाइ रहेको छ भन्ने कुनै अनुमान गर्न सकिएको छैन । गुफाको मुखबाट हर्ेदा विभिन्न कलात्मक ढुङ्गाहरु देखिन्छ । ठुलो चट्टानको चुचुरोको बीचमा रहेको यो ताल सदरमुकाम मार्तडीको बजारबाट ४ घण्टाको पैदलदुरीमा अवस्थित छ । टाढाबाट अवलोकन गर्दा पहाडको चुचुरो मात्र, चट्टान मुनी चारैतिर भयानक सल्लाका रुखले ढाकेको जंगल, सुनसान प्रकृति, चट्टानमा गुफा, गुफा भित्र ताल सबैलाई अचम्म लाग्न सक्छ तर कुरा सत्य सावित नै छ । यतिबेला कालाजग्रा पहाडको चुचुरो हिउँले ढाकेर सेताम्मे भएको छ । त्यस चुचुरोबाट अछाम, कालिकोट, बझाँङको सैपाल हिमाल, मुगुको रारा ताल, लगायत जिल्लाका बढिमालिका, बुढिनन्दा लगायतका मनमोहक रमणीयस्थलको पनि अवलोकन गर्नसकिन्छ ।
कालाजग्रामा रहेको तालले अनौठो विशेशता बोकेको भएपनि जिल्लाकै जिम्मेवार निकायलको व्यवास्ताकै कारण सो क्षेत्रको विकास हुन नसको स्थानीयबासीले गुनासो गरेका छन् । धार्मिक मान्यता अनुसार ब्रहृम हत्या, सुरापान, चोरी एक सुवर्ण्र्ाातेए जस्ता पापमा लिप्त मानिसहरु यस तालमा गएर नुहायो भने पवित्र हुने मानिएकाले बर्षो एक पटक मार्तडी र पाण्डुसैन गाविसका स्थानीयले श्रावण पुणिमाका दिन पुजा आजा गर्न गर्दछन् । जंगलले घेरिएकाले एक्लै जाँदा डरलाग्दो ठाउँ भएपनि विभिन्न जातका जडिबुटी तथा विभिन्न फूलहरुको आनन्दमय बास्ना पाइने यस क्षेत्रमा जादा मान्छेलाई छुट्टै आनन्द आउने गरेको स्थानीयले बताएका छन् । गुफा तालसँगै बहुमुल्य चिज भएपनि यस क्षेत्रको पहिचान नहुनुले र्समर्गबाजुरा जिल्ला तथा सरकारलाई समेत आर्थिक घाटा भएको स्थानिय समाजसेवी धनबहादुर थापाको गुनासो छ । यो स्थल पर्यटकीय गन्तव्यका लागी उपयुक्त हुन सक्ने भएपनि आवश्यक व्यवस्थापन र विकासका लागी जिल्ला विकास समिति तथा जिल्ला प्रशासन कार्यालयमा समेत आग्रह गरेपनि अहिलेसम्म कसैको पनि ज्यान जान सकेको छैन । जिल्ला विकास समितिकोले पर्यटन क्षेत्रको सूचीमा राखेको भएपनि हालसम्म यसको संरक्षण र प्रचार प्रशार हुन सकेको छैन । यो त जिल्लाको एक गुफा ताल मात्र हो, जिल्लाका छेडेदय ताल, बुढीनन्दा, मालिका लगायतका थुप्रै धार्मिक एंव पर्यटक स्थलहरु संरक्षण अभावमा ओफलमा परेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु