जापान मेला चैत १६ देखिजापान मेला चैत १६ देखि

२०६९ फाल्गुन २६ गते, शनिबार

काठमाडौँ । नेपाल जापान इन्टरनेसनल स्टुडेन्ट समितिको आयोजनामा आगामी चैत १६ र १७ गते ‘नेपालमा जापान मेला २०१३’ हुने भएको छ । पछिल्लो समयमा अध्ययन र रोजगारीका लागि जापान जाने नेपालीको संख्या बढ्दै गएपछि जापानी विश्वविद्यालयको सहभागितामा पहिलो पटक बृहत् मेला हुन लागको हो । जापानमा पढ्न जान चाहने नेपाली विद्यार्थी, तिनका अभिभावक र सोसँग चासो राख्ने सम्पर्ूण्ालाई जापान विषयमा सत्यतथ्य सूचना जापानीबाट नै प्रवाह गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको समितिका अध्यक्ष एवं मेलाका संयोजक टङ्कलाल घिसिङले बताए । कार्यक्रम व्यवस्थापन समितिका संयोगक एवं समितिका महासचिव जितराम लामाले मेलामा जापानका विभिन्न विश्वविद्यालय तथा कलेज गरी २० वटा संस्था सहभागी हुने जानकारी दिए । मेलामा नेपालका कलेजले समेत सहभागिता जनाउने बताइएको छ । राष्ट्रिय सभागृहमा दर्ुइ दिनसम्म सञ्चालन हुने सो मेलामा नेपालमा नै पहिलो पटक जापानका २० भन्दा बढी कलेज-भाषा स्कुलको सहभागिता हुने आयोजकले जनाएको छ । पचास कक्ष रहने मेलामा २० कक्ष जापानी कलेज-स्कुल र सोसँग प्रत्यक्ष सरोकार राख्ने निकायको तथा बा“की नेपाली कलेज र व्यापारिक साझेदारको रहनेछ । मेलाका सहभागीले जापानी तथा नेपाली खानाको स्वाद पनि लिन सक्नेछन् । मेलामा जापानी शिक्षा प्रणाली, अध्ययन गर्न सकिने विषय, छात्रवृत्तिको व्यवस्था, प्रवेशाज्ञा प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजात, रोजगारीको अवस्था, आर्इपर्नसक्ने समस्या लगायत विषयमा जानकारी लिन सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरु