सडक विस्तार गर्न चिनियाँ टोली आउँदैसडक विस्तार गर्न चिनियाँ टोली आउँदै

२०६९ फाल्गुन २६ गते, शनिबार

काठमाडौँ । कलङ्की-कोटेश्वर साढे नौ किलोमिटर लामो सडकलाई दश ‘लेन’ मा विस्तार गर्न एक चिनियाँ टोली आगामी चैत २ गते काठमाडौँ आउने भएको छ । चीन सरकारको अनुदान सहायतामा विस्तार गर्न लागिएको उक्त सडकको निर्माण कार्यअघि बढाउन चाहिने कार्यालय स्थापना गर्न इन्जिनियर र प्राविधिक सम्मिलित चिनियाँ टोली आउन लागेको सडक विभागका नायव महानिर्देशक एवं वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख देवेन्द्र कार्कीले बताए । वैशाखको तेस्रो साताभित्र चीनबाटै दर्ुइ सयजना मुख्य कामदार र आवश्यक उपकरण ल्याएर काम थाल्ने जानकारी चिनियाँ पक्षले दिएको उनले बताए । गत पुसमा सम्पूण् कामदारको व्यवस्था एवं चक्रपथअर्न्तर्गतको उक्त सडकखण्ड विस्तार गर्नेसम्बन्धी सम्झौतापत्रमा सडक विभाग र सांर्घाई कन्स्ट्रक्सन ग्रुपबीच हस्ताक्षर भएको थियो । चिनियाँ प्रधानमन्त्री वेनजिया बाओको गत वर्षपुस ३० गते भएको नेपालको औपचारिक भ्रमणका बेला चक्रपथ विस्तारबारे सैद्धान्तिक सहमति भएअनुरुप आगामी तीन महिनाभित्र निर्माण प्रारम्भ हुने उक्त सडकखण्डको लागत रु. चार अर्ब रहेको छ । योजनाअनुसार काम थालेको ४० महिनाभित्र दायाँबायाँ चार लेनको दुइतर्फी सडक र दुबैतर्फएकएक लेनको साइकल लेन र पदयात्री मार्गनिर्माण गरिनेछ । दर्ुइ सयजना कामदारलाई आवश्यक आवासको व्यवस्था तथा उपकरण भण्डारणलगायतका काम पनि वैशाखभित्रै सम्पन्न गर्ने चिनियाँ कम्पनीको योजना छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु