कम उमेरमा गर्भ, किशोरी मृत्युको मुख्य कारणकम उमेरमा गर्भ, किशोरी मृत्युको मुख्य कारण

२०६९ फाल्गुन २६ गते, शनिबार

काठमाडौँ । एक नयाँ रिपोर्टका अनुसार किशोरीहरुको मृत्युको मुख्य कारण कम उमेरमै गर्भाधारण गर्ने देखिएको छ । सेभ द चिल्ड्रेनले गरेको अध्ययनमा उल्लेख छ कि प्रसवका क्रममा संक्रमण वा विरामी भएर १० लाख किशोरी मर्ने गरेको वा केही न केही रुपमा जोखिममा पर्ने गरेको छ । यो समस्याका सबैभन्दा महत्वपर्ूण्ा कारण गर्भनिरोधकसम्म नपुग्नु रहेको पनि बताइएको छ । विश्वका धेरै देशहरुमा महिलाको कम उमेरमै विवाह हुने समस्या छ । विवाहपश्चात प्रायः गर्भवती हुने तर शारीरिक रुपमा बच्चा पाउन तयार नभएको अवस्थामा प्रसव हुँदा विभिन्न समस्याहरु उत्पन्न हुने गर्छन् । लाइवेरियको एक गरिव बस्तीको क्लिनिकमा एक तिहाई नवजात शिशुका आमाको उमेर १५ देखि १९ वर्षीच हुने र केही त १३ वर्षो मात्र हुने पनि पाइएको बताइएको छ । सेभ द चिल्ड्रेनका एक प्रोजेक्ट मेनेजर जर्जकिजाना भन्छन्- ‘कम उमेरमा आमा बनेकी किशोरीहरुमा धेरै किसिमका समस्याहरु उत्पन्न हुनसक्छ ।’ उनी भन्छन्- ‘किशोरीको शरीर तयार भएको हुँदैन, कम उमेरमा प्रसवका बेला शारीरिक कठिनाई हुनसक्छ, जसकारण किशोरीका परिवारले उनलाई किनारा लगाउने समेत गर्न गर्छन्, बच्चाका हेरचाह र स्वास्थ्यमा पनि खतारा आउँछ । यदि आमा १८ वर्षन्दा कम उमेरको भएमा बच्चा मर्ने सम्भावना बढी हुन्छ ।’ रिपोर्टका अनुसार विकासशील देशमा ४० प्रतिशत जन्म अवैध रुपमा हुने गर्छ । बच्चा चाहिन्छ या कहिले बच्चा जन्माउने भन्ने फैसला लिन लाखौँ महिलाहरु परिवार नियोजनको सुविधासम्म नपुग्ने गरेको पनि देखिएको छ । बढी जनसंख्या भएको देशमा खासगरी दक्षिण एसियामा यस्तो समस्या देखिएको पाइएको छ । त्यसमा भारतमा ६.४ करोड, पाकिस्तानमा १.५ करोड र बंगलादेशमा एक करोड महिला यस्तो अवस्थामा रहेको जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु