स्ववियु निर्वाचनको तयारीस्ववियु निर्वाचनको तयारी

२०६९ फाल्गुन २६ गते, शनिबार


काठमाडौं, । त्रिभुवन विश्वविद्यालयले एक हप्ताभित्रमा स्ववियु निर्वाचनको कार्यक्रम ल्याउने गरी तयारी गरेको छ । वि.स. २०६५ यता हुन नसकेको स्ववियु निर्वाचन गराउन विश्वविद्यालयले आफ्नो आन्तरिक गृहकार्यका साथै विद्यार्थी सङ्गठनसँगको छलफललाई तीव्र बनाएको छ । अघिल्ला वर्षनिर्वाचनको प्रक्रियामा नै विद्यार्थी सङ्गठनबीच चरम विवाद भएकोमा यस वर्षभने सबै विद्यार्थी सङ्गठनहरु मिश्रति निर्वाचन प्रणालीमा लगभग सहमत भएका कारण निर्वाचन हुने पक्का भएको छ । विद्यार्थी सङ्गठनहरु मिश्रति निर्वाचनमा लगभग सहमत भएका कारण अरु गृहकार्य भइरहेको त्रिवि विद्यार्थी कल्याण शाखाका प्रमुख गङ्गाबहादुर थापाले जानकारी गराए । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी सङ्गठनसँग जारी राखेको छलफलमा ३० वर्षभत्रको उमेर समूहको सीमा निर्धारण गर्ने सम्बन्धमा छलफल भए पनि यस विषयमा विद्यार्थी सङ्गठनहरुबीच मत बाझिएको थापाले बताए । लामो समयसम्म निर्वाचन नभएका कारण यसै वर्षेखि ३० वर्षो उमेरको सीमा निर्धारण गर्न उपयुक्त नहुने धारणा अधिकांश विद्यार्थी सङ्गठनहरुले राखेका छन् ।

प्रतिक्रियाहरु