अल बिदा हुगो चाभेज – छत्र मैनालीअल बिदा हुगो चाभेज – छत्र मैनाली

२०६९ फाल्गुन २६ गते, शनिबार

दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका निवर्तमान राष्ट्रपति हुगो राफाएल चाभेज प्रिmआसको गत ५ मार्च २० १ ३ मा राजधानी काराकासमा मृत्यु घोषणा गरियो । घोषणापश्चात विश्वव्यापी रुपमा नयाँ बहस शुरु भएको छ । आगामी दिनमा भेनेजुएलाको राजनीतिक भविष्य के हुने हो – भनेर लामो समयदेखि क्यान्सरले पीडित भनिएका चाभेज गत ११ डिसेम्बर २०१२ मा चौथो पटक क्यान्सर अप्रेसनको निम्ति छिमेकी मुलुक क्युवा लगिएको थियो । पछिल्लो पटक उपचारक्रममा अपेक्षित स्वास्थ्यमा सुधार आउन नसकेपछि स्वदेश फिर्ता गरिएको थियो । चाभेजको क्यान्सर रोगबारे अझै पनि विस्तृतमा रिपोर्ट आएको छैन अथवा भेनेजुएला सरकारले विस्तृत विवरण उपलब्ध गराएको छैन । केवल क्यान्सर भएको भन्ने विज्ञप्ति आएको छ । क्यान्सर शरीरको कुन-कुन अंगमा लागेको – ट्युमर झिकेको भन्ने छ । कुन भागमा ट्युमर भएको आदि विस्तृतमा आएको छैन । पछिल्लो विज्ञप्तिअनुसार चाभेजलाई हार्टअट्याक भएर मृत्यु भएको भन्ने छ । जनरल होसे ओर्नजाले संचारकर्मीलाई बताएअनुसार चाभेजको मृत्यु हुनु अगाडि बोल्न नसके पनि ओठको इशाराले मलाई बचाओ, मलाई मर्न नदेउ म बाँच्न चाहन्छु भनेर इशारा गरेको संचारकर्मीलाई बताए किनकि चाभेजको देशप्रतिको माया, ममता, जीवनको महत्वपर्ूण्ा समय राष्ट्रको लागि योगदान गरेको हुनाले पनि मृत्यु स्वीकार्नु असम्भव नै थियो तर हुने हार दैव नटार भने झैं हुन पुग्यो । १४ बर्षशासनकालमा चाभेजको लोकप्रियतालाई हर्ेर्ने हो भने विवादस्पद छवि निर्माण गरे तापनि जनताको मनमष्तिष्कमा बस्न सफल बन्न पुगे । विशेषगरी अमेरिकालगायत उसको र्समर्थक राष्ट्रहरुप्रति विपक्षीमा उभिएर राष्ट्र, राष्ट्रियताको पक्षमा खरो रुपमा उत्रिन सकेको हुनाले पनि उनीमाथि जन विश्वास बढ्दै गयो । जनतामा यस्तो छाप पर्यो कि यस्तो शुरो, बहादुर राजनेता कोही पनि छैनन् भन्ने । हुगो चाभेजको जन्म भेनेजुएलाको बारिनास राज्यअर्न्तर्गत् साबानेटा भन्ने गाउँमा सन् २८ जुलाई १९५४ मा भएको थियो । सामान्य परिवारमा जन्म लिन पुगेका चाभेज सात सन्तानमध्य दोस्रो सन्तानको रुपमा थिए । उहाँको बुवाआमा लोस राष्ट्रोहोस भन्ने गाउँमा शिक्षण पेसामा आबद्ध थिए । गरिबीको कारण दाइ आदान र हुगो चावेजको बाल्यकाल हजुरआमा रोसाको घरमा बितेको थियो । कुनै बेला खानको निम्ति केही पनि हुँदैन थियो । तैपनि गरिबी र भोकसँग जुध्दै गाउँकै एलिमेन्तरि स्कुलमा प्रारम्भिक शिक्षाको लागि भर्ना भए । स्कुल भर्ना भएदेखि चित्र कोर्न पेन्टिङ्ग, इतिहास, बेसबलमा विशेष रुचि राख्ने चावेज १९ औँ शताब्दीका संघीयतावादी नेता एसेकेल सामोराप्रति झुकाव राख्दथे । सन् १९६० मा हजुरआमासहित सावानेताबाट बारिनास सहरमा बर्साई सरेपश्चात माध्यमिक तहको स्कुलमा भर्ना हुन सफल भए किनकि माध्यमिक तहको स्कुल उक्त क्षेत्रमा त्यो एक मात्र थियो । १७ वर्षो उमेरमा मिलिटरी विज्ञान विषय पढ्ने निर्ण्र्ाागरेर राजधानी काराकसस्थित भेनेजुएलिअन अकादेमी अफ मिलिटरी साइन्सेजमा भर्ना हुन् पुगेका चाभेज उक्त एकाडेमीमा आन्द्रेस बेजो प्लानअर्न्तर्गत् पहिलो दर्जाको सदस्य बन्न सफल भए । आन्द्रेस बेजो प्लान राष्ट्रवादी, प्रगतिशील मिलिटरी अफिसरहरुले पाठ्यक्रम पर्ुनर्गठनका निम्ति संचालन गरेको योजना थियो । केवल मिलिटरी शिक्षाले मात्र नागरिक शिक्षा पर्ूण्ा नहुने ठहर गरेर एकाडेमीमा भर्ना भएकाहरुका लागि अन्य विश्वविद्यालयबाट नागरिक शिक्षाका प्राध्यापकहरु ल्याउने व्यवस्था गरियो । जसले नागरिक शिक्षाको स्तरलाई बढाउने काम गर्यो । हुगो चाभेजको काराकस बसाइको क्रममा धेरैको संख्यामा गरिबहरु गरिबीसँग जुधेको दृश्य देखेका थिए । जसले आफ्नो बाल्यकालको गरिबीको पीडालाई स्मरण गरायो । जुन दृश्यले भविष्यमा सामाजिक न्यायको निम्ति लड्न ठूलो प्रेरणा दिलायो । त्यही दृश्य नै समाज उठानको निम्ति प्रेरणाको स्रोत बन्न पुग्यो । समयक्रमसँगै विस्तारै अन्य सामाजिक गतिविधिमा संलग्न हुँदै समाजसँग बढी नजिकिने, समाजमा परिचित बन्दै जान थाले मिलिटरी एकाडेमी बाहिर हुने कार्यक्रममा संलग्न भएर समय समयमा कविता, कथा, थियटरको लागि नाटक रचना आदि गरेर १९ औँ शताब्दीका दक्षिण अमेरिकी क्रान्तिकारी नेता सिमोन बोलिभारको जीवन र राजनीतिबारे गहिरो अनुसन्धान गर्न थाले । साथै मार्क्सवादी क्रान्तिकारी नेता चे ग्वेभाराको संस्मरण डायरी साथै अन्य धेरैथरिका पुस्तकहरु अध्यन गर्न थाले । सन् १९७५ मा मिलिटरी एकाडेमीबाट वर्ष टप ग्रयाजुएट पास गर्न सफल भए । ग्रयाजुएट सकेपश्चात् बारिनसस्थित ब्रि्रोही नियन्त्रणको लागि स्थापित इकाईमा संचार अधिकृतबाट मिलिटरी करिअर शुरु गरेका चावेज धेरै जसो समय इकाई छाडेर बाहिर निस्कन्थे । समाजमा केही न केही गतिविधि गर्न रुचि राख्ने चाभेज आफैँले स्थानीयस्तरमा बेसबल टिम स्थापना गरेर स्थानीयसँग बेस बल खेल्ने, स्थानीय समाचारपत्रमा स्तम्भ लेख्ने, बिङ्गो खेलको ब्यबस्थापनदेखि सौर्न्दर्य प्रतियोगितामा जज गर्नसम्म भ्याएका थिए । सन् १९७७ मा चाभेज कार्यरत इकाई अन्सोअटेकी स्तान्तरणपश्चात रेड फ्ल्याग पार्टर्ीीार्क्सवादी होक्सहैस्ट उग्रवादी समूहविरुद्ध लडाइँ चलिरहेको थियो । कथित ब्रि्रोहीहरुलाई अन्य सैनिकहरुले नियन्त्रणमा लिएपश्चात यातना दिएको दृश्यले चावेजको मनमा शंका उत्पन्न हुन पुग्यो सन् १९७७ मा, भविष्यमा कुनै दिन वामपन्थी सरकारको निर्माण हुने विश्वासका साथ सशस्त्र बलभित्रै क्रान्तिकारी अभियान शुरु गरेका थिए । भविष्यको योजना प्रस्ट पारेर अघि बढेका चाभेजको न्यान्सी कोल्मेनारेस नामक महिला मजदुरसँग विवाह हुन पुग्यो जसबाट तीन सन्तानको जन्म भएको छ । सन् १९९९ देखि निरन्तर भेनेजुएलाको राष्ट्रपति हुन सफल दक्षिण अमेरिकी वामपन्थी नेता हुगो चाभेज गत जुन महिनामा क्यान्सर रोगको उपचारको निम्ति क्युबास्थित अस्पताल भर्ना भएका थिए । त्यस बखत चाभेज र्समर्थकहरु धेरै दुःखी बन्न पुगेका थिए । घर-घरमा, चर्चमा चाभेजको स्वास्थ्य लाभको कामना गर्दै हजारौँ र्समर्थकहरुले मैन जलाएर पर््रार्थना गरेका थिए । नभन्दै चाभेजको क्यान्सर संक्रमित भागको सफल अप्रेसन भएको खबरले र्समर्थकहरुमा एकाएक खुशियाली छाएको थियो । दीपावली, आतेसबाजी गरेर खुसियाली मनाएका थिए । राष्ट्रपति चाभेज आमर्सवसाधारणमा कति लोकप्रिय थिए भन्ने राष्ट्रपति पदको लागि भएको निर्वाचनले देखाएको छ । निरन्तर तीन कार्यकाल सम्पन्न गरेर चौथो कार्यकालको लागि ७ अक्टोबर २०१२ मा भएको राष्ट्रपति पदको निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी हेनरिक काप्रिलेसलाई हराएर आफ्नो बर्चश्व, लोकप्रियतालाई प्रमाणित गरेर देखाएका थिए । चाभेजका विपक्षीहरुले चुनाबको दौरान राज्य कोषको व्यापक दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन् । चाभेजलाई भेनेजुएलन निम्न बर्गको अत्यधिक र्समर्थन रही आएको छ । चुनाबमा बिजयीपश्चात राष्ट्रपतिको सपथ कार्यक्रम १० जनवरी २०१३ मा तय गरिएको थियो । तर, राष्ट्रपति चाभेज फोक्सोमा भएको संक्रमणको उपचारको निम्ति क्युबामा रहेको हुनाले निर्धारित समयमा सपथग्रहण हुन सकेन । दोस्रो पटक चाभेज र्समर्थक, शुभचिन्तकहरुमा निराशा उत्पन्न गरेको थियो । आसन्न सपथ ग्रहण कार्यक्रम निर्धारित समयमा नहुने पक्का भएपछि विश्वको ध्यान भेनेजुएलातर्फकेन्द्रित भइरहेको थियो । विभिन्न अड्कलबाजी काटिँदै थियो । सपथग्रहण भएन भने के हुन्छ – चाभेजको स्वास्थ्य अवस्था निरन्तर यस्तै रही रहृयो भने के होला – आदि प्रश्न उब्जेको थियो राजनीतिक विश्लेषकहरु संसद्ले सल्लाह गरेर नयाँ निर्वाचन घोषणा गर्नसक्छ भन्दै आफ्नो आफ्नो तर्क प्रस्तुर गर्दै थिए भने नेसनल असेम्बलि भेनेजुइएलाका अध्यक्ष दीओक्सादो काबेसो भने सपथ ग्रहण कार्यक्रम स्थगित गरेर सर्वोच्च अदालतसँग राय माग्नु उपयुक्त हुने धारणा र्सार्वजनिक गरेका थिए । अन्ततः संविधानको सम्मान गर्दै सपथ कार्यक्रम स्थगन गरेर हुगो चाभेज नै राष्ट्रपति यथावत् रहेको घोषणा गरेको थियो । उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै भेनेजुएलाको सरकारी संचार माध्यमले राष्ट्रपति चाभेजको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बिज्ञप्ति जारी गर्दै र्समर्थकहरुलाई विश्वस्त बनाउने प्रयास गरेको थियो । छिमेकी मुलुकहरुमा राष्ट्रपति चाभेजको स्वास्थ्यको बिषयलाई लिएर दैनिक चासो र चर्चा हुने गरेको थियो । यतिबेला भेनेजुएला राजनीतिक बहसको केन्द्र बिन्दु बन्न पुगेको छ । अथाह पेट्रोल र ग्यास उत्पादनमा अग्रस्थानमा रहेको मुलुकमा गरिबी, बेरोजगार, महंगी, असुरक्षाको, समस्यामा रुमल्लिरहेको छ पुँजीपति बर्गहरु बिस्थापित हुने क्रम बढ्दै गएको छ । सन् २००८ मा संयुक्त समाजवादी पार्टर्ीीथापना गरेर अगाडि बढेका चाभेजमा अलौकिक शक्ति रहेको समेत विश्वास गरिन्छ जसको प्रमाण सन् २००६ मा चाभेजले आफ्नो कार्यकाल बारे २०१३ जनवरीसम्म मात्र हुने भिडियो र्सार्वजनिक गरेका थिए । वामपन्थी पृष्ठभूमिबाट विश्वव्यापी छाप बसाल्न सफल हुगो चाभेजप्रति हार्दिक श्रद्धाञ्जलि अल बिदा हुगो चाभेज ।

प्रतिक्रियाहरु