आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ब्यापार मेला आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ब्यापार मेला

२०६९ फाल्गुन २५ गते, शुक्रबार

काठमाण्डौं । आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ब्यापार मेला काठमाण्डौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । मेलाको प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अपरान्ह ४ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।मेलामा नेपालसहित भारत, पाकिस्तान, भुटान, बंगालादेश, अमेरिकालगायतका देशहरुको सहभागीता रहने आयोजक नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ । विभिन्न देशका उत्पादन तथा सेवाको प्रर्दशनी गर्न चार सय वटा स्टलहरु राखिने महासंघले जनाएको छ । नेपाललाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङको रुपमा प्रर्वद्धन गर्ने लक्ष्यसहित महासंघले गत वर्षदेखि अन्तर्राष्ट्रिय ब्यापार मेलाको आयोजना गर्न थालेको हो ।२९ गतेसम्म चल्ने मेलाले अन्तर्राष्ट्रिय स्तरमा व्यापारिक सम्बन्ध, व्यापार विस्तार, लगानी तथा प्रविधि प्रवद्धनमा सहयोग पुग्ने आयोजकको भनाई छ । मेलाको दुई लाख भन्दा धेरैले अवलोकन गर्ने र मेला अवधिभर झण्डै १५ करोड रुपैयाँको कारोवार हुने अपेक्षा उद्योग बाणिज्य महासंघको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु