कोरियामा नेपालीका दुःख o खेम कार्कीकोरियामा नेपालीका दुःख o खेम कार्की

२०६९ फाल्गुन २० गते, आईतवार

दक्षिण कोरियामा फेब्रुअरीको दोस्रो साता मात्र चार नेपालीहरुले ज्यान गुमाए । कारको ठक्करबाट रुपन्देहीका यज्ञमूर्ति पाण्डे, Åदयघातको कारण पाल्पाका खेमबहादुर ढेंगाको फेब्रुअरी १२ मा मृत्यु भयो । यसैगरी Åदयघातकै कारण सुतेकै कोठामा भैरहवाका सोमकुमार गैरे मृत अवस्थामा फेला परे भने कम्बोडियन कामदारको छुरा प्रहारबाट विर्तामोडका राजेशकुमार राईको हत्या भयो । एकै दिन दुई, दुई घटना भई एक सातामा ४ नेपाली दक्षिण कोरियामा मृत्युका शिकार भए । यस्ता मृत्युका घटना पछिल्लो समय बढ्दो क्रममा छ कोरियामा । मृत्युबाहेक छनानमा कारको ठक्कर दिदा टिकापुरका राजेश राव घाइते भए, कोरियाका कम्पनीमा नेपालीहरु दुव्र्यवहारको शिकार, कोरियाको कडा परिश्रमको मारमा नेपाली कामदार जस्ता दुर्घटना र विरामीको खबर पनि बढ्दो छ । यही घटनामध्ये दुईवटा दाहसंस्कार भइसके, एउटा नेपाल पठाउने प्रक्रियामा छ भने भैरहवाका सोमकुमार गैरेको आर्थिक अभावको कारण दाहसंस्कारसमेत हुन सकेको छैन । उनको मृत्यु पछि एक वर्षको काखेछोरो, ९ र १५ वर्षको छोरीको विचल्ली अवस्था रहेको उनको पारिवारिक स्रोतलाई उदृत गर्दै भैरहवाबाट दिलिप गैरेले जानकारी दिए । दक्षिण कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले उनको लास दाहसंस्कारदेखि श्रीमती आउन जान ४० लाख जति खर्च लाग्छ भन्दै भ्रमण भिसामा आएको हुादा सरकारी तर्फबाट गर्न नसकिने भन्दै संघसंस्थासाग अपिल गर्नुको विकल्प नरहेको जानकारी दिएका छन् । यतिबेला कोरियामा मृत्यु र दुर्घटनाको खबर बढिरहादा कोरियाका संघसंस्थाहरु भने दाहसंस्कार कसरी गर्ने भैपरि आउने समस्यामा कसरी लाग्नेभन्दा पनि आसन्न नेपाली सम्पर्क समितिको महाधिवेशनमा कसरी आˆनो जाति, पार्टी र संस्थाको मान्छेलाई माथि पुर्याउने भन्ने कसरतमा नै व्यस्त छन । जति सक्रियता यो संस्थागत कुर्सीको लागि संघसंस्था र दलका प्रतिनिधिहरुले देखाएका छन्, त्यही सहयोग देखाउन सके कोरियामा नेपालीहरुको समस्या समाधानमा धेरै सहयोग मिल्ने थियो तर त्यो हुन सकेको छैन । कोरियामा यत्तिको समस्या पर्दा हेर्ने जिम्मेवार निकाय भनेको नेपाली दूतावास नै हो । नेपाली दूतावासबाट पनि समस्याको समाधान नहुने स्थिति हुनु र अन्तिम अवस्थामा पनि संघसंस्थाको पदाधिकारीको संवेदनशील विषयमा सक्रियता र चासो नदेखिनु गम्भीर विषय पनि हो । हरेक संघसंस्थामा राजनीति, जातिय, क्षेत्रीय खिचातानीको लडाइा एनसिसिको अधिवेशनले प्रष्टैसाग देखाइसकेको छ । सत्ता भागबण्डामा कुनै कसुर बााकी नराख्ने नेपाली नेताहरुकै शैलीमा हिाडेका कोरियाका संघसंस्थाहरु यस्तो सामाजिक कार्यमा भने एक जुट हुन सकेका छैनन् । एउटा नेपालीको मृत्यु भयो भनेपछि यहाा सोधखोज हुन्छ, कुन जातिको, कुन पार्टीको, कुन क्षेत्रको वर्गको आदि । सुन्दा तितो लाग्न सक्छ तर यो यथार्तता कोरियाको नेपाली समाजमा नराम्ररी झाङ्गिदै गएको छ । जातीय र क्षेत्री आधारमा मात्र समवेदना व्यक्त हुनु अत्यन्त दुखद् विषय पनि हो । दूतावासले रकम अभावको अवस्था बताएपछि के गर्न भन्नेमा खोई त संघसंस्थाको सक्रियता रु पदको भागबण्डामा टाउको टेकेर लाग्नेहरु यस्ता सामाजिक काममा किन पछाडि रु. सोचनीय विषय छ । नेपाली दूतावासले गर्न नसक्ने भएपछि अब कसले गर्छ ? हिजो दूतावासले यो गर्न पर्यो त्यो गर्नपर्यो भन्दै ठूला कुरा गर्नेहरु यही पार्टी, जाति र क्षेत्रको साघुरो गल्लीबाट तैा चुप मै चुप भन्ने मूर्दा शान्तिबाट किन माथि उठ्न सकेनन् बुझ्न सकिएको छैन । कोरियामा रहेका नेपाली संघसंस्था र समुदायले राम्रा समाज सेवा र उदारहणीय सहयोगको काम पनि गरेका छन्, त्यसलाई हतोत्साहित गर्ने होइन यही राम्रो कामको बीचमा धमिलो पानी बनाउनेहरुसाग भने सावधान बन्नचाहिा जरुरी छ । प्रवासी भूमिमा यो र त्योभन्दा पनि नेपाली भन्ने मूल रुपमा हामी बढ्न सकेका छैनौ । म आफैा पनि एउटा संस्थाको पदीय हैसियतमा यस विषयमा नैतिक जिम्मेवारी छु । यो एकले अर्कालाई दोषारोपण गर्ने कुरा होइन हामी सबैले जिम्मेवारी बोध गर्ने कुरा हो । अरुको कमीकमजोरी मात्र औाल्याएर आफू केही नगर्ने मानसिकताबाट माथि उठ्नु पर्छ । हिजो लास अत्येष्टिको लागि उठाइएको रकममा समेत आˆनो नाम जोड्ने क्रममा भएको विवाद छर्लङ्ग छ । लासमाथि राजनीति होइन सबैको हितमा हुनेगरी कार्य गर्ने जरुरी छ । कोरियामा पीडित व्यक्ति, दुर्गम क्षेत्र, आपतकालीन कोषजस्ता नाममा रहेका रकम सार्वजनिक हुन सकेका छैनन् । कोरियामा आपतकालीन कोषकै नाममा बाग्लुङ सम्पर्क समितिले गएको चुसकमा सांस्कृतिक कार्यक्रम गरेको छ, आपतकालीन सेवा समितिले त्यस अगाडि चुसकमा आपतकालीन कोष भनेका र सांस्कृतिक कार्यक्रम गरेको थियो । यी उदाहरण मात्र हुन कोरियामा विभिन्न संघसंस्थाले गरेका सांस्कृतिक कार्यक्रम तथा सार्वजनिक रकमहरु सार्वजनिक हुन सकेका छैनन् । ब्रेन ट्युमरको बिरामी विज्ञान राईको सहयोगार्थ मोरङ डायनामिकको नाममा पनि उल्लेख्य रकम बााकी छ भने किम्हेबाट यही शिर्षकमा गरिएको सहयोग १२ लाख जति नेपाली दुतावोको कोषमा रहेको छ । कतिपय संस्थाहरुको रकम पनि हिनामिना भएका पनि सार्वजनिक भएका छन् । हिनामिना गर्ने र रकम सार्वजनिक नगर्ने दुवै दोषीको लागि केही उपाय पनि निकाल्न जरुरी छ । यसको लागि एउटा ‘संघसंस्था समन्वय समिति’ बनाएर जान सकिन्छ । नेपालीलाई भैपरी आउने खर्चको लागि संयुक्त परोपकार कोष बनाएर जान सकिने मोरङ डायनामिकका अध्यक्ष टंक बस्नेतको धारणा छ । यस्तै कोरियाको योङस्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठ कोरियामा रहेका सबै नेपाली समुदायका संघसंस्था समस्या हेरेर बस्ने मात्र नभई समस्या समाधानको लागि एक जुट भएर लाग्नुपर्ने बताउाछन् । कोरियामा रहेको रुपन्देही सम्पर्क समितिका अध्यक्ष रमेश बस्यालले मृतकको दाहसंस्कारका लागि सहयोग गर्न कोरियाका नेपाली समुदायलाई अनुरोध गरेका छन् । कोरियामा रहेका ७० का हाराहारीका संघसंस्था र पार्टीका पदाधिकारी र नेपाली समुदाय एकजुट भएर लाग्ने हो भने समस्या समाधानमा निकै पहलकद्मी गर्न सकिन्छ । एउटा संस्थाको भागबण्डामा ज्यान फालेर लाग्ने कोरियाका संघसंस्थाका पदाधिकारी यसमा जिम्मेवार हुनुपर्छ । नेपाली दूतावासको समेत सहभागितामा कोरियाको संघसंस्था सम्मिलित एउटा सामुहिक ‘कल्याणकारी कोष’ बनाउन सकियो भने सोमकुमार गैरे जस्ता आर्थिक अभावको कारण दाहसंस्कार गर्न समस्यामा परेका नेपालीको समस्या समाधान गर्न सकिन्थ्यो । यसमा दक्षिण कोरियाका नेपाली समुदाय गम्भीर भएर लाग्न जरुरी छ ।
कार्यस्थलमा इपिएस मजदुरका समस्या श्रमको आकर्षण गन्तब्य मानिएको इपिएसमार्फत् २००८ बाट इपिएसमार्फत् कामदार आएपछि श्रमिकको संख्या बढ्दो छ । हाल १९ हजार नेपाली रहेको नेपाली दूतावास दक्षिण कोरियाको अनुमान छ । जसमध्ये अधिकांश नेपाली श्रमिक नै रहेका छन् । सरकारी तवरबाटै कामदार कोरिया आए पनि व्यवस्थापन हुन नसक्दा समस्याको चाङ थपिएको थपियै छ । कोरियामा भाषागत समस्या, कडा परिश्रम गर्नुपर्ने, कार्यस्थलमा मजदुरबीच विवाद, कोरियन मालिकसाग मनमुटावजस्ता कारणले शारीरिकसागै मानसिक तनाव पनि भोगिरहेको भुक्तभोगी कामदारहरु बताउाछन् । केही समयदेखि लगातार कम्पनीमा हातपात भएको भन्दै नेपाली यज्ञनिधिले नेपाली दूतावास र कोरियाको संघसंस्थामा सम्पर्क गर्दा सहयोग नपाएको भन्दै आक्रोश व्यक्त गरे । गत साता मात्र कोरियाको दक्षिणी क्षेत्र किम्हेशेल्टरमा आएका तीन नेपाली आफूहरुलाई कम्पनीको मालिकले दुव्र्यवहार गरेको गुनासो पोख्दै थिए । यस्ता घटनाहरु प्रनितिनिधि घटनाहरु मात्र हुन् । यस्तै नेपालीहरु कोरियाको विभिन्न शेल्टरहरुको शरणमा रहेका छन् । परिवारलाई दुःख हुने भन्दै उनीहरुले आˆनो कुरा बाहिर ल्याउन नचाहे पनि भित्रभित्रै समस्या भयावह भन्दै गएका छन् । कोरियाको राजधानी सिउलमा नेपाली दूतावास छ । तर, शरण लिन नेपालीहरु विभिन्न शेल्टहरु तथा श्रमिक संगठन र अधिकारवादी संघसंस्थाहरुको शरणमा जाने गर्छन् । यीमध्ये कतिले दूतावास र कोरियाका संघसंस्थासाग कुरा गर्दा सहयोग नपाएको बताए भने अधिकांश त दूतावासको शरणमा जानै चाहेनन् । दूतावास जान सुझाउादा खोई साथीहरुले काम त्यहा काम हुदैनन् भन्ने गरेको बताए । यता कोरियामा इपिएस मजदुरहरुको समस्याको बारेमा आफूहरुले पहलकद्मी गरेको श्रम सहचारी अनिलकुमार गुरुङको दावी छ । गुरुङले भने ‘Åदयघातको कारणबाट सुतेकै अवस्थामा मृत्यु हुने जस्ता घटना देखिएका छन् । अलिकता संवेदनशील हुन सके यस्तो घटनामा कमी आउाछ । यसको बारेमा कस्तो सन्देश दिने भन्ने पनि विचार गर्दैछौ ।’
-लेखक नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा अध्यक्ष हुन

प्रतिक्रियाहरु