सिक्टा सिाचाइका लागि थप बजेट मागसिक्टा सिाचाइका लागि थप बजेट माग

२०६९ फाल्गुन २० गते, आईतवार

काठमाडौ । सिक्टा सिाचाइ आयोजनाको चालू आर्थिक वर्षमा लागि छुट्याइएको बजेट छ महिनामै खर्च भएपछि आयोजनाले एक अर्ब सात करोड थप बजेट माग गरेको छ । आयोजना प्रमुख दिलीप कार्कीले आयोजनाको काम तीव्र गतिमा गरिएकाले चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट छ महिनामै खर्च भएपछि थप बजेट माग गरिएको बताए । निर्माण कम्पनीले तेब्बर धेरै उपकरण तथा अत्याधुनिक मेसिन प्रयोग गरेर दिनरात काम गरेपछि वाषिर्क बजेट छ महिनामै सकिएको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा नहर निर्माणमा ८४ करोड रुपैयाा विनियोजन गरिएको थियो । १७ किलोमिटर मूल नहर खण्ड तीन वर्षभित्र निर्माण गर्न सीटीसीई कालिका कन्स्ट्रक्सनले ठेक्का लिएकोमा अहिलेकै गतिमा काम भए एक वर्षभित्रै सो नहर निर्माण पूरा हुनेछ । वाषिर्क योजनाको निर्माण कार्य छ महिनामै पूरा भई पैसा भुक्तानीसमेत भइसकेको आयोजना प्रमुख कार्कीले बताए । उनले भने, ‘बजेट सकिएकाले थप्ने प्रक्रिया सुरु भइसकेको छ केही समयमै थप बजेट आउला ।’ मूल नहरको १५ देखि ३५ किलोमिटर खण्ड सबैभन्दा महत्वपूर्ण मानिन्छ । सो नहर निर्माणमा एक सय ९२ वटा मेसिनरी उपकरण तथा करिब दुई हजार एक सय मजदुर परिचालन गरिएको कम्पनीका आयोजना निर्देशक युवराज क्षेत्रीले बताए । सिक्टाका लागि नेपालमै पहिलो पटक कंक्रिट सच्याउने दुईवटा प्यानल पेभर मेसिन प्रयोग गरिएको कम्पनीले जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले दुई साताअघि नहर निरीक्षण गरेपछि बजेटको समस्या नहुने प्रतिबद्धता जनाएका थिए । उनले कार्यप्रगति सन्तोषजनक रहेको जनाउादै बजेट थप गरिने बताएका थिए । सरकारले सिक्टा सिाचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएका कारण नहर निर्माणको कार्यलाई तीव्र पारिएको हो । सो आयोजनाले बाके जिल्लाको करिब ४३ हजार हेक्टर जमिनमा सिाचाइ सुबिधा पुराउने र आयोजना पूरा भएपछि बाकेको ‘मुहार फेरिने’ विश्वास गरिएको छ । मूल बाधदेखि सिाचाइ हुने स्थानसम्म प्रतिसेकेन्ड ५० क्युसेक्स पानी बग्न सक्ने करिब ५० किलो मिटर लामो मूल नहर निर्माण गर्ने लक्ष्य छ । आयोजना पूरा भएपछि हालको कृषि उत्पादनमा दोब्बर वृद्धि हुने र तीन लाख कृषकलाई प्रत्यक्ष फाइदा पुग्ने बताइएको छ । बााके जिल्लामा ३५ हजार ९ सय ७० हेक्टरमा धान खेती हुने भए पनि करिब १३ हजार ७ सय अर्थात् करिब २५ प्रतिशत क्षेत्रमा मात्रै सिाचाइ सुविधा छ । सिाचाइ सुविधा नहुादा बााकेका किसानहरु बर्सेनि आकाशे पानीको भरमा धान खेती गर्न बाध्य छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु